दशैको किनमेलका लागि गोरखा डिपार्टमेन्ट स्टोर उपभोक्ताको पहिलो रोजाइमा

इटहरी । नेपालीहरुको राष्ट्रिय पर्व वडा दशै नजिकिदै गर्दा गोरखा डिपार्टमेन्ट स्टोरमा उपभोक्ताहरुको चहलपहल ह्वात्तै बढेको छ । चौतर्फी आर्थिक मन्दीले नराम्रोसँग गाँजे पनि आफ्ना चाडपर्व, परम्परा र सँस्कृति धान्न उपभोक्ताहरुले अग्रिम जोरजाम गर्न थालेको अनुभूति यतिबेला गोरखा डिपार्टमेन्ट स्टोर पुग्ने जोकोहीले पनि गर्न सक्छन् । सोमबार गोरखा डिपार्टमेन्ट स्टोरमा मोरङको नेताचौकबाट आएकी सुमित्रा भुजेल ग्रोसरी स्टोरमा दशै लक्षित सामान खरिद गर्न व्यस्थ थिइन् । खाद्यान्नदेखि लिएर जिरा, धनिया, विभिन्न प्रकारका ड्राइ फुड्स उनको खरिद सूचिमा रहेका थिए । यतिका सामान खरिद गर्नुभएछ । घरमा पसल सञ्चालन गर्नुभएको छ भन्ने जिज्ञासामा भुजेलले भन्नुभयो छैन । दशै आउन लाग्यो । आज भन्यो भोलि भन्यो आइहाल्यो । एकै पटक सबै कुराको जोरजाम गर्न गाह«ो हुन्छ । अलि अलि गर्दै खरिद गर्न थालेको नि ।


सुमित्रा भुजेलमात्र हैन सुनसरीको बकलौरीबाट आफ्ना छरछिमेकका साथ ग्रोसरी स्टोरमै पुगेकी रमिला कटुवालको कथन पनि त्यस्तै थियो । भर्खरै खेतिपातिको काम सिद्धिएको छ । घरमा दुई वटा खसी विक्री गरेर दशैँको जोरजामका लागि छिमेकी सँगै आएकी हुँ । कटुवालले पनि दशै लक्षित तेल, मसला, ड्राइ फुड्स लगायतका सामान खरिद गर्नुभएको थियो । भुजल र कटुवाल जस्ता दर्जनौ महिला र पुृरुषहरु यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा दशैको जोरजाममा लागेका छन् । स्टोरका अन्य शाखाहरुमा समेत ग्राहकहरुको उल्लेखनीय भीड देखिन्छ । अधिकांश ग्रोसरी, किचन आइटम, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान खरिद गर्नेहरु उल्लेख्य  रहेको कर्मचारीले बताएका छन् । यसैगरी लत्ता कपडा, स्वदेशी तथा विदेशी ब्राण्डका जुत्ता चप्पल, टाइनेटिक घडी खरिद गर्नेहरु समेत ह्वात्तै बढेको स्टोरका कर्मचारीले बताए । दशै लक्षित सामाग्री खरिद गर्न परिवारका साथ धनकुटाको उत्तरपानीबाट गोरखा डिपार्टमेन्ट स्टोर पुगेका मोहन बस्नेत भन्छन् बजार भन्दा यहाँ सामान अत्यन्तै सस्तो छ । बजारमा एक केजी चिनीको मूल्य र यहाँको मूल्य दाँज्दा थाहा भइहाल्छ । इलेक्ट्रोनिक्स सामान पनि त्यतिकै सस्तो छ । जहाँ राम्रो र सस्तो पाइन्छ उपभोक्ताहरु त्यही जाने त हुन् ।

ग्राहकहरुको पहिलो रोजाई गोरखा किचन

सुविधा सम्पन्न, तारे होटलहरुको स्वाद पाइने गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचन पूर्वेली ग्राहकहरुका लागिमात्र नभएर वाह्य ग्राहकहरुको लागि पनि पहिलो रोजाइ हुने गरेको छ ।
भारतको मिरिकबाट काठमाण्डौको यात्रामा निस्किएका थुप्तेन लामा आफ्ना परिवारका साथ सोमबार गोरखा किचनमा भेटिए । मिरिकबाट विहान ६ बजे निस्किएका उनी १० बजे गोरखा डिपार्टमेन्टको गोरखा किचनमा आइपुगेका रहेछन् ्। लामाले भने घरबाट हिँड्दा गोरखा किचनमै पुगेर खाना खाने सल्लाह भएको थियो । पारिवारिक भेटघाटका लागि नेपाल आइजाई गरि रहने थुप्तेनले सुनाए विगतमा एक्लै आउँदा पनि खाना खाने जक्सनचाहिँ मेरो  गोरखा किचन नै हो ।


बाटोमा अरुपनि स्तरीय होटलहरु छन्, गोरखा किचनमै आइपुग्नुको मुख्य कारणचाहिँ के हो त भन्ने जिज्ञासामा उनले भने गोरखा किचनको खानाको स्वादै बेग्लै छ । स्पेशल खाना, नेपाली थाली , थकाली खाना, खानासँगै मुस्ताङ्गको कालो दाल, मुस्ताङ्गी चामलको स्वाद आफनै प्रकारको छ । खानासँगै अन्य खानपिनका  भेराइटीहरु माग बमोजिम तयार गरेर उपलब्ध हुन्छ । हुन त थुप्तेनमात्र होइन नेपालकै पहाडी जिल्ला धनकुटाको उत्तरपानीबाट विराटनगर हिडेका दिवस चौहान पनि  तराई झर्दा गोखा किचन नै  रोज्ने बताउँछन् ।

ग्राहकको माग बमोजिम सामान उपलब्ध गराएका छौैं

नेपालीहरुको महान पर्व वडा दशै आउन झण्डै दुई महिना छ । तर उपभोक्ताहरु अग्रिम जोरजाममा देखिन थालेकोप्रति गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यसँग यसपटक हामीले केही जिज्ञासा राखेका छौं । प्रस्तुत छन् आचार्यसँग गरेका वार्ताका सम्पादित अशं :
केही दिन यता उपभोक्ताहरुको चहल पहल स्टोरमा उल्लेखनीय देखिन थालेको छ हैन ?


–अहिले चहल पहल गत महिनाहरुमा भन्दा बढेको छ । उहाँहरुले खरिद
गरेको समान देख्दा दशै लक्षित नै छ ।
के कस्ता समानहरु उपभोक्ताले बढी खरिद गर्ने गर्नुभएको छ ?
–खास गरेर दैनिक उपभोग्य समान ज्यादा छ । त्यसपछि इलेक्ट्रोनिक्स आइटम, किचेन वायर, जुत्ता चप्पल, लत्ता कपडा र गिÏट आइटमहरु ज्यादा देखिन्छ ।
गोरखा डिपार्टमेन्ट स्टोर अब पुरानै शाखमा फर्कन लागेको हो ?
–कोभिड पछिको बर्ष पश्चात यस पटक उपभोक्ताहरुले बढी सामान खरिद गर्नुभएको छ । तर पुरानै शाखमा फर्कन अझै केही बर्ष लाग्छ । बैंकको ब्याज दरको ज्यादति अझ बढेको छ । कतिपय डिपार्टमेन्ट स्टोरहरुले तीन चार महिनादेखि आफ्ना कर्मचारीहरुलाई तलब समेत खुवाउन नसकेको, कर्मचारी कटौती गरेको भन्ने सुन्नमा आएको छ । गोरखा डिपार्टमेन्ट स्टोरले त्यो अवस्थाचाहिँ व्यहोर्नु परेको छैन । प्रतिकूल अवस्थामा पनि गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराएकै छ । धान्न सकिएन भनेर कुनै पनि कर्मचारीलाई कामबाट विमुख गराएका छैनौं ।
हाल दशै लक्षित के कस्ता सामानहरु आयात गर्नुभएको छ ?
–गोरखा डिपार्टमेन्ट स्टोरमा ६ लाख भन्दा बढी प्रकारका समानहरु रहेका छन् । कुनै न पनि ग्राहकले आफूले खोजेको सामान पाइएन भनेर गुनासो गर्नुभएको छैन । यतिमात्र होइन उहाँहरुले खरिद गरेका सामानको मूल्यमा समेत कुनै गुनासो गर्नुभएको छैन । हामीकहाँ उपभोक्ताहरुलाई नै लक्षित गरेर स्वदेश तथा विदेशी ब्राण्डका समानहरु उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया