साहित्यको क्षेत्रमा योगदान पु-याउदै विमल गुरुङ पुस्तकालय

धरान । प्रविधिको विकाससँगै साहियित्क कार्यक्रमका गतिविधि पनि कम हुन थालेका छन् । तर थोरै यस्ता संस्था छन् जसले साहित्यिक गतिविधिलाई चलायनमामात्र बनाएका मात्र छैनन्, साहित्य गतिविधिमा लाग्नेहरुलाई प्रोत्साहन समेत गर्दै आइरहेका छन् । यो काम धरान १८ मा रहेको कवि विमल गुरुङ स्मृति पुस्तकालयले निरन्त गदै आएको छ । स्व. कवि विमल गुरुङको स्मृतिमा सञ्चालन भएको यो पुस्ताकालयले गत बर्षदेखि कवि विमल गुरुङ कृति  पुरस्कार प्रदान गर्दै आएको छ भने ३१ औं राष्ट्रिय कविता महोत्सव सम्पन्न गरी यही कार्तिक १९ गते ३२ औं राष्ट्रिय कविता महोत्सवको तयारी समेत थालेको छ । २०५२ साल कार्तिकमा निधन भएका कवि विमल गुरुङको नाममा उहाँकै पिता पूर्णबहादुर गुरुङले स्थापना गर्नुभएको कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान १८ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साहित्यकारलाई जोड्ने काम गरेको छ ।


छोराको अधुरो सपनालाई पूरा गर्न र साहित्य विद्याको उठानसँगै साहित्यकारहरुलाई सम्मान गर्न यो बुबा पूर्णबहादुर गुरुङले यो पुस्तकालयले खोल्नु भएको थियो । पुस्तकालय खोलेदेखि नै विभिन्न गतिविधि गर्दै आएको यो पुस्तकायले गत बर्षदेखि कवि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ भने  राष्ट्रिय स्तरको कविता महोत्सव गर्ने क्रममा ३१ औं संस्कारण भव्यताका साथ सम्पन्न गरी ३२ औं संस्करणको तयारी थालेको छ । पुस्तकालयले दिएको जानकारी अनुसार कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएको जनाएको छ ।
उत्कृष्ट साहित्यकारलाई २ लाखको पुरस्कारको घोषणा गरेको पुस्तकायलमा नेपाल लगायत भारतको दार्जीलिङ सिक्किम लगायतका नेपाली भाषी १०१ जना साहित्यकारहरुले कति पठाएका थिए । ती कृतिमध्ये २१ वटा छनौटमा परेको छ । छनौटमा परेका कृतिहरुको कार्तिक १९ गते हुने राष्ट्रिय कविता महोत्सका दिन उत्कृष्ट ७ कृति चयन गरिने र त्यसमध्ये एउटा सर्वोत्कृष्ट कृतिलाई पुरस्कार दिने पुस्तकालयले जनाएको छ । अहिले यो पुस्तकालयमा साहित्य, हरेक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुको जीवनी लगायतका ९७ हजार १ सय २४ पुस्तक संग्रहित छन् । अहिले आयोजना गरेको कृति पुरस्कारबाट थप १०१ पुस्तक थपिएको छ । पुस्तकालय सञ्चालन गर्न कठिनाई भएपनि जेनेतन सञ्चालनमा आइरहेको पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो । साहित्यिक गतिविधिलाई देश तथा विदेशका जुन स्थानमा बसेका नेपाली भाषी साहित्यकारहरुलाई समावेश गरेर आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई अहिलेको आर्थिक अवस्था जर्जर भएको अवस्थामा पनि निरन्ता दिने भएको छ । धरानको साहित्यलाई जीवन्तता दिन प्रयासरत यो पुस्तकालयलाई कार्यसमितिमा नरहे पनि साहित्यकारहरुले सहयोग पु¥याउदै आएको साहित्यकार
एवम् पत्रकार प्रदिप मेन्याङ्बो बताउनुहुन्छ । कार्तिक १९ गते पुस्तकालयको आफ्नै भवनमा आयोजन गर्न लागेको ंराष्ट्रिय कविता महोत्सव पुस्तकालयले कवि विमल गुरुङको जन्म जयन्तिको अवसरमा गर्ने गरेको छ । ३२ आंै राष्ट्रिय कविता पनि स्व. कवि विमल गुरुङको ५२ औं जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको  हो । राष्ट्रिय कविता महोत्सवमा प्राप्त ७४ कविताहरु प्रतिष्पर्धाका लागि आइसकेका छन् । त्यसमध्ये पनि उत्कृष्ट १० कविता छनौट भइसकेका छन् । महोत्सवमा छनौट भएका १० कविता वाचन गरिने छ । त्यसमध्ये प्रथम, द्वितीय र तृतीय छनौट गरिने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमश २१ हजार, १८ हजार र १७ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । छनौट भएका १० कृतिमा  सिरहाका अविनाश भट्टराई, दार्जिलिङ भारतका अजित वियोगी, काठमाण्डौंका एलिसा एकलास, सुनसरीका छविना लुंगेली मगर, गोर्खाका निशान निष्कर्ष, सुनसरीका भीम विरही राई, झापाका मौलश्री लिम्बु, ओखलढुंगाका  विरेन्द्र ग्याबा तामाङ, सिक्किम भारतका सन्ध्या सिंजाङ्गो सुब्बा र सुनसरीका भोजराज श्रेष्ठको कविता रहेका छन् ।  राज्यबाट सहयोग नभएपनि आफ्नै बलबुतोले साहित्यको प्रवद्र्धनमा लागेको कवि विमल गुरुङ स्मृति पुस्तकालयको कामलाई साहित्यकारहरुले सह्रानीय काम गरेको भन्दै प्रशंसा समेत गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया