प्रधानमन्त्रीको चीन भ्रमण कर्मकाण्डमै सीमित

उत्तरी छिमेकी चीनको नेपाल हेर्ने दृष्टिकोणलाई गहिरिएर भन्दा पनि सतही रुपमा बुझ्दा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण कर्मकाण्डमै सीमित भएको छ । संयुक्त राष्ट्र संघीय महासभामा भाग लिएर सिधै चीन भ्रमणमा हान्निएका दहालले चीन समक्ष कुनै नविन योजनामा चीनलाई सहमत गराउन सकेनन् । पुराना र विगतका सरकारले अघि सारेका योजनालाई कार्यान्वयनका लागि आग्रह गर्नुको विकल्प उनीसँग थिएन ।
सोमबार चिनियाँ प्रधानमन्त्री लि छ्याङ्गसँग भएको वार्तामा प्रधानमन्त्री दाहालले विवादित वेल्ट एण्ड रोड इनिसिएटिन (विआर आइ) कार्यान्यन गर्न नेपाल प्रतिबद्ध रहेको धारणा राखेका थिए । वास्तवमा भन्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ समक्षीसँग प्रस्तुत गर्ने एजेण्डाकै अभाव देखिन्थ्यो । झण्डै एक महिनादेखि चीन भ्रमणको तयारीमा रहेका दाहालले के कस्ता योजना, सहयोग माग गर्नै भन्ने सम्बन्धमा पर्याप्त गृहकार्य गरेकै देखिएन । प्रधानमन्त्री दाहालले आफ्ना समकक्षी लि छ्याङ्गसँग यस भन्दा अगाडिकै सरकारले चीन भ्रमणका क्रममा नेपाल–चीन सीमापार विद्युत व्यापार, विआरआइ अन्तर्गत चिनियाँ ऋण तथा अनुदान, केही परियोजना माग्ने मनस्थितिमै दाहाल र उहाँका साथमा गएका विज्ञ टोली सीमित भएको थियो ।
विगत केही बर्षदेखि चर्चामा रहेको झापाको दमकस्थित औद्योगिक पार्क निर्माण सम्बन्धी एजेण्डालाई प्रमुखताका साथ उठान गर्ने प्रधानमन्त्री दाहालले ध्वाँस पिट्न भ्याए । आइतबार चीनको वेइजिङ्गस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रममा उनले त्यस्तो ध्वाँस पिटेका थिए । काम भन्दा पनि हल्ला गर्ने प्रवृत्तिका कारण नेपाली राजनीतमा आलोचित दाहाल यस भन्दा अगाडि दुई पटक प्रधानमन्त्री हुँदा दुवै पटक चीनको भ्रमण  गरेका थिए । दाहालले सोमबार चीनको हाङचउमा चिनियाँ राष्ट्रपति सि चिनफिङ्गसँग भेटघाट गरे लगत्तै बेइजिङ पुगेका थिए । सोमबार चिनियाँ प्रधानमन्त्रीसँग भएको भेटवार्तामा नेपालमा लगानी, व्यापारिक सन्धी पुनरावलोकन, नेपालसँग सीमा जोडिएका उत्तरी सीमानाका सडकको विस्तार, विआरआई अन्तर्गतको किमाथांका संखुवासभा हिले सडक निर्माण, किमाथांका लगायत अन्य सीमा नाकाहरुमा एकीकृत जाँच चौकी निर्माणमा सहयोग, कृषि, ऊर्जा, प्रविधिका क्षेत्रमा चिनियाँ सहयोग आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया