संविधान दिवसमा मेयरको वक्तव्य प्रहरीप्रति आक्रोस

धरान । धरानमा पनि संविधान दिवस भव्यताका साथ मनाइयो । धरान उपमहानगरपालिकाको आयोजनामा विहान प्रभाव फेरिको आयोजना गरिएको थियो । उपमहानगरपालिकाको प्रांगरणबाट निस्केको निकालिएको ¥याली पुरानो बजार हुदै भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । मुलुकमा जुन परिकल्पना गरेर नेपालमा २०७२ असोज ३ गते आजकै दिन संविधान जार गरेको थियो त्यो अनुरुप आठ संविधान जारी भएको आठ बर्ष वितिसक्दा पनि नेपाली जनताले त्यो महसुस गर्न पाएका छैनन् । संविधानले जारी गरेको तीन तहको अवधारणा अनुरुप मुलुक सघीय ढाँचामा गयो, तर तीनै तहमा पूर्ण रुपमा कानून बन्न सकेको छैन जसले गर्दा तीनै तहको भूमिकामा .सहकार्यको कमी छ, यसलाई पुष्टि धरानमा मनाइएको संविधान दिवसको अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुभकामना दिने क्रममा बोलेका अभिव्यक्तिले प्रष्ट पारेको छ ।


मेयर साम्पाङले झण्डोत्तलनपछि बोल्ने क्रममा अधिकांश समय प्रहरी प्रशासनले  गरेको काम कारबाहीप्रति प्रश्न चिन्ह खडा गर्नभयो । शान्ति सुरक्षामा गम्भीर नभएको, स्थानीय सरकारसँग समन्वय नगरी आ आफ्नो ढंगले काम गरेको लगायतका आरोप लगाउँदै इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्ल धरानको लागि असक्षम प्रहरी प्रमुख भएको आक्षेप लगाउनुभयो ।
सर्दुजलाधार क्षेत्रमा वृक्षरोपण गर्न जाँदा अदालतको पूर्ण निर्णय नआए पनि मेयर साम्पाङले धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको जग्गामा वृक्षरोपण गर्दा अधिकारीले आफूमाथि अपशब्द बोलेको, धरान १५ का अशोक राईले सार्वजनिक स्थलमै अपशब्द बोल्ने काम गरेको र उपमेयर अइन्द्र विक्रम बेघाको घरमा ढुंगामुढा गर्दा प्रहरी समयमै नपुगेको भन्दै केही समय अगाडि डिएसपी मल्लको सरुवाको माग गर्दैै धरान उपममहानगरपालकाको लेटर प्याड प्रयोग गर्दै गृह मन्त्रालयसँगै जिल्ला प्रशासन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीमा बोधार्थ पठाउनु भए पनि डिएसपी मल्लको सरुवा नभए पछि उनी दिवसको दिन विषयवस्तुबाट अलग्गिएर प्रहरीको आलोचना गर्न पुग्नुभएको थियो । त्यसै क्रममा उहाँले देशमा लोकतन्त्र वहालीपछि भ्रष्टाचार, वेथिति, अराजकता मौलाएको बताउदै आफू मेयर नहुदा अर्थात अभियन्ता हुदादेखि नै एनसिसी लगायतका राष्टूघातीमा एक्लै लडाइ लड्दै आएको प्रष्ट पार्नुभयो उहाँले पछिल्लो धार्मिक तथा जातीय सद्भाव भड्काएको आरोप खेप्दै आउनु भएका मेयर साम्पाङले अहिले पनि धार्मिक र जातीय सद्भाव कायम राख्ने कुरामा अडिग रहेको र यस्ता आरोप निराधार भएको प्रष्ट पार्नुभयो । उहाँले अब देशमा कृषि क्रान्ति ल्याउन आवश्यक रहेको बताउनुभयो । हुन त पछिल्लो समय जनताले लोकतन्त्रबाट जुन अपेक्षा लिएका थिए त्यो पूरा गर्न नसक्दा २०७९ को स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उमेद्वारले धेरै ठाउँमा विजय प्राप्त गरेका थिए । लोकतन्त्रमा दलहरुको हालीमुहाली बढेको जनतालाई पाच्य नभएपनि सवक सिकाउन स्वतन्त्रलाई जिताएका थिए । यो अवस्था दलहरुकै सत्तामोह,  आन्तरिक कलह लगायतका कारण रहेका छन् ।  देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्टूपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला प्रधानमन्त्री भएको समयमा संविधान जारी हुदा नेपालले भारतले गरेको नाकाबन्दीको सामाना समेत गर्नुपरेको थियो ।
त्र

तपाईको प्रतिक्रिया