संखुवासभाको खाँदबारीमा हिमालय किरण पब्लिक क्याम्पसको उद्घाटन

संखुवासभा (खाँदबारी) । भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न कोशी प्रदेशको संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको गत बुधबार पराराष्ट्रमन्त्री नारायण प्रकास साउद र भारतीय  राजदुत नविन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नव निर्मित क्याम्पस भवन उद्घाटनका क्रममा संखुवासभा जिल्लाका राजनैतिक दलका नेता, सांसद दिपक खड्का, स्थानीय समाजसेवीहरु, नेपाल सरकारका विभिन्न कार्यालयका कर्मचारीहरु, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
नव निर्मित क्याम्पस भवन नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार ३ करोड ७४ लाख लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण सम्पन्न भएको हो । तीन तले उक्त क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, वैठक हलहरु रहेका छन् । क्याम्पस भवन निर्माण जिल्ला समन्वय समिति संखुवासभाले कार्यान्वयन गरेको हो ।


सो अवसरमा बोल्दै परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले भारतले नेपाल र नेपाली जनताको हितमा पु¥याएको योगदान प्रशंसनीय छ । नेपालले  भारत जस्तो छिमेकी पाउनु नेपालका लागि गर्वको विषय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सनिश्चित गर्ने र उनीहरुको करियरमा सहयोग पु¥याउने भएकोले विशेष महत्व रहेको छ । परराष्ट्रमन्त्री साउदले नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा समेत उहाँले गर्नुभयो । यसैगरि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले यो  परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । यो सहकार्यले हालैका बर्षहरुमा नेपाल  सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको छ । उहाँले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुसार विकास  साझेदारीलाई निरन्तता दिन भारत सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो । हिमालय मिडिल स्कुलको रुपमा सन् १९९४ मा स्थापना भएपछि विस्तारै हिमालय किरण पब्लिक क्याम्पसको रुपमा सञ्चालन भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न विद्यालयको स्तरोन्नति गरिएकोथियो । हाल उक्त क्याम्पसमा ६ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जसमा ६० प्रतिशत छात्राको संख्या रहेको छ । हाल उक्त क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा, स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन भइरहेको छ । स्थापना कालदेखि नै क्याम्पसले गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेख्य सफलता हाँसिल गर्दै आएको छ । सन् २००३ यता भारतले नेपालमा ५ सय ५० वटा उच्च प्रभाव साुदायिक विकास परियोजना अगाडि बढाएकोमा ४ सय ८३ वटा सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न स्थानमा गरी ८४ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरुलाई र शैक्षिक संस्थालाई ९ सय ७४ एम्बुलन्स र २ सय ३४ वटा बस उपलब्ध गराइएको छ । भारत सरकारल संखुवासभा जिल्लामा १३ वटा एम्बुलेन्स र गत जुलाईमा उक्त क्याम्पसलाई प्रदान
गरिएको एक स्कुल बस गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया