एक्लै हिडे््न नहुने भयो रे
हाक्काहाक्की हाम्ले उद्योगधन्दा बेचेर खाको हो भनेर बडो गर्वका साथ भाषन ठोक्ने थाँग्रेसका सह महामन्तरी माने र्याले काजीका भृंगीलाई नुवाकोटका एक युवाले खपप्राँ छड्के प्रहार गरेछन् । जादवलाई प्रहार गरेसी अरु गणे नेताहरुको यतिबेला त्रासले गाँड गर्दन दोब्रिएको छ । धन्न जादवलाई छड्के प्रहार भयो । कही आफूहरुमाथि सिधा प्रहार भयो भने त………। त्यसैले गणे नेताहरुमा छट्टपट्टी शुरु भएको छ । ती जोडजोडले चिच्याउन थाल्या छन् । अब एक्लै हिड्न नहुने भयो । हाम्रो सुरक्षा गर्दिनु प¥यो घरेलु मन्तरी ज्यू रे । डकार्ने बेलामा गिलोमा मानव नर्क र साह«ोमा ढुंगाबाहेक केही छोड्या छैनन् । अनि यिन्लाई सुरक्षे चाहियो रे ? अब किन बाहिरफेर हिड्नु प¥यो ? कोठामै थच्चिदा भैगयो । घरेलु मन्तरीले सुरेक्षा देलान र हिडडुल गररमला भन्दा हुन् । –विर्खे माइला
मुखमन्तरीहरुको चिहान

पर्देशतिरका मुख मन्तरीहरुका लागि काठमाण्डौमा आलिसान चिहानहरु निर्माण भएछन् । पर्देशमा पनि आलिसान आवास छँदै थियो । काठमाण्डौमा किन चाहियो ? पर्देशतिर घरवाली राख्ने काठमाण्डौतिर बाहरवाली राख्ने हो कि ? नत्र पर्देशका गुइँठेहरुलाई राजधानीमा किन त्यत्रा त्यत्रा चिहान चाहियो ? विदेशीहरुसँग ऋण लिएर, आफ्नै नागरिकलाई अनेकौ कर थोपरेर निचोरेर पर्देशका गु्इँठेहरुलाई त्यत्रा त्यत्रा चिहान बनाउनै पर्थेन । पर्दैशका गुइँठेहरुका लागि त्यत्रा त्यत्रा चिहान बनाउनुको सट्टा यसो उद्योग सुधोग खोल्देको भए युवाहरु आँशु झार्दै विदेश जाने त थिएनन् । विनाशकाले विवपरीत बुद्धि भन्या यही हो । – हर्क महाराज
जसरी नि चुस्ने भए
लिंगको पहिचान नभएको वर्तमान सरकारले जसरी भए नि नागरिक चुस्ने, डकार्ने, ढाडिने नीति लिया रै’छन् । अब हेरम न कहिले जनादेशको नाममा सिंहददरबार छिरेर वाल्वाटारमा पसारिएका छन्, कहिले परमादेशको नाममा सिंहरबारमा लिसो टाँसिएझै टाँसिएका छन्, कहिले अध्यादेशको नाममा राष्ट्रिय ढुकुटीमा रत्यौली खेल्या छन् । जनादेश, परमादेश, अध्यादेश भन्ने शब्द नै हँटाउनु पर्ने भयो । सत्ताबाट खुत्तियो परमादेश, बजेट चाहियो अध्यादेश । क्या गज्जब छ । लिंगको पहिचान नभए पनि खप्पराँचाहिँ लिएर आएका रै’छन् । – वीरबहादुर
काजी गए पाजी आए
कोशी पर्देशमा काजी र पाजीको रोचक क्स्ती प्रदर्शन अस्तिका दिनदेखि अलिकति मत्थर भा’छ । मत्थर भा’ मात्र होला । कहिले काजी माथि चढ्ने पाजी पछारिने, कहिले पाजी माथि चढ्ने काजी पछारिने खेलले पर्देशका जनताले कम्ता मनोरञ्जन लिएका थिएनन् । एउटा खेलको नियम विपरीत एम्पायरलाई नै साथमा लिएर हिँड्ने, अर्कोचाहिँ दौडिएर अदालत गुहार्न पुग्ने । यतिबेला कोशी पर्देशमा परमादेशको सरकार चल्या छ । पाजीले परमादेशको सरकारको स्टरिङ्ग घुमाउन थाल्या छन् । काजी भने गुलिफ्याक भएर हिड्या छन् । आखिरी सवाल खानेको हो । वित्थाँमा किन पौठेजोरी खेल्नु ? मिलेर बजाउँदा दुवैको विन विन पनि हुने । –सकुनी
प्रश्न नसोध्नु खोरमा जाइएला
यतिका दिन भैसक्दा नि हाम्रा धरानका मेयरलाई कसैले चिनेकै रै’नछन् । गठबन्धन दलका चण्डमुण्ड, नन्दीभृँगी झोलेहरु त उनका अगाडि ठाडो शिर पारेर बोल्न सक्दैनन् । अरु जाबो पाहाहरुको के कुरा गर्नु ? सर्वगुण सम्पन्न, कुनबेला के गर्नुपर्छ, कस्का वारीमा कतिबेला विरुवा रोप्नुपर्छ, कस्का धारामा कोलिफर्म भएको पानी पठाउनुपर्छ……उनलाई सबै कुरा थाहा छ । अब यस्ता सर्वगुण सम्पन्न
भएका मेयरलाई जथाभावि प्रश्न गरेपछि त्यसै कन्सिरी रन्ँिन्कीहाल्छ नि । धरान १५ का अशोक लिम्बुले गल्ति गरेकै हुन् । त्यसरी प्रश्न सोध्न मिल्थेन । लागू औषध विरुद्धको अभियान लिएर हिड्या मेयरलाई डेगुले मान्छे मर्न लाग्या छ । केही गर्नु पर्दैन भन्नै हुन्थेन । उहिताकी बुहारी भटमास खाएकी, मेयरले तत्काल आदेश फर्माएछन् । विचरा नगर वफादारले नि अँठ्याएर प्रहरीलाई जिम्मा दिएछन् । न उजुर, न बाजुर प्रहरीले नि नुनको सोझो गरेछ । खबरदार अब आइन्दा पानी मरुवाहरुले मेयरलाई प्रश्न नगर्नु होला । –वकचोदी
डम्मरुको अनुहार हेर्न भीड
नेपालीमा एउटा उखान छ नाम होस चाहे बद्नाम होस तर गुमनामचाहिँ नहोस् । झापा दकम नगरपालिकाका कार्यकारी अधिकृत रहेका बेला एकजना महिलासँग रंगिला फिल्म सुटिङ गरेका डमरु निरौलाको दिव्य मुहार हेर्न यतिबेला सिंहदरबारका कर्मचारीहरुमा तँछाड मछाड चल्ने ग¥या छ रे । ताप्लजुङमा बस्दा नि रंगिला फिल्म नै सुटिङ गरेर धाइफल तोड्या थिए, धरानमा बस्दाको त कुरै नगरम, झापाको चन्द्रगढीमा बस्दा नि त्यस्तै । अन्तेमा दमकको रंगीला फिल्मचाहिँ सुपरहिट भएछ । रातारात उनलाई सिंहदरबारबाट अफर आएछ । विचरा माक्स नलगाई त हिड्नै सक्दैनन् रे । अनुहार देख्यो कि Ïयानहरुले घेरी हाल्छन् रे । अबचाहिँ दरबारतिरै सुटिङ गर्ने सुरसार कस्या होला् । लौ अग्रिम बधाई छ ।–हरिलठ्ठक
माकुने छक्क परे रे
हिजोआज माकुने आच्या माधव कुमार नेपालको बजार सुन्यमा झरेको छ । किन नझारोस् त अर्काको बुई चढेर फ्रि भिषा र फ्रि टिकटको ध्वाँस पिटेसी । ललिता निवासमा काँधमा बोक्नेले बोकाको मुत छर्केर चोख्याइ दिए । तर तिनको सर्वाङ्ग ठ्याँस ठ्यास्ती गन्हाएर वरपरबस्नै नसक्ने भएसी’ विचरा कौडीमा नि बिक्री नहुने भा’छन् । काठमाण्डौका मेयर बालेन साहका साह«ा युवाहरुले प्रशंसा गरेको देख्दा विचराको छाती भत्तभत्ती पोल्छ रे । आव माकुनेको जमाना नै छे । वात बुझ्नुमा छ ।–तीखे
अन्तेमा
आजकल नेपाली युवाहरु अलि ज्यादै आक्रोसित बन्न थालेछन् । देशका चोर नेताहरुलाई देख्दा चुट्न र हान्न मन लाग्छ रे । भ्रष्टहरुले दिन दुईगुना रात चौगुना कमाएको धन देख्ला लुट्न मन लाग्छ रे । काम न काजका तुलिगााडा नेताहरुको वकम्फुसे भाषन सुन्दा थुक्न मन लाग्छ रे , तस्कहरुले हिड्ने बाटो भत्काउन मन लाग्छ रे । तर क्यार्नु मन लागेरमात्र भएन । तस्कर, नेता, भ्रष्टाचारी कानुनभन्दा माथि छन् । प्रश्न ग¥यो भने थुन्ने आदेश दिन्छन् । विचरा युवाहरुले कि त डल्लो परेर बस्नु् प¥या छ कि विदेशतिर कुले ठोक्नु प¥या छ ।–बिर्खे
