नापीचन्द्र महावीरको नव निर्मित भवनको उद्घाटन

काठमाण्डौ । भारत सरकारको बित्तीय सहयोग एवम् कला र साँस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टको प्राविधिक सहयोग तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकार्ई (भवन तथा आवास) द्वारा कार्यान्वयन गरी पुनः निर्माण सम्पन्न ललितपुर महानगरपालिका वडा न. ११ इखाछे स्थित नापीचन्द्र महाविहारको सोमबार भारतीय राजदुत नविन श्रीवास्तव र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।


नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनः निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भुकम्प पछिको पुनः निर्माण अनुदान अन्तर्गत नेरु ३.५ करोडको लागतमा नापीचन्द्र महाविहारको पुन ः निर्माण भएको हो । उक्त समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय जनप्रतिनिधि, परियोजना व्यवस्थापन परामर्श दाताको प्रतिनिधिको साथै नेपाल सरकार र
भारतीय दुतावासका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भुकम्पपछिको पुर्ननिर्माण अनुदान अन्तर्गत यो
परियोजनाको निर्माण भएको भारतीय दुतावासद्वारा सोमबार जारी विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा भनिएको छ २०७२ सालको विनासकारी भुकम्पले क्षति पु¥याएको नापी विहारको भारत सरकारले उपलब्ध गराएको नेरु ३.५ करोड रकमबाट विहार थप आकर्षण देखिएको छ । विहारको नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागवको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले परियोजनाको कार्यान्वयन गरेको विज्ञप्तीमा जनाइएको छ । सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भन्नुभयो भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दे यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको छ । यसैगरि ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आम रुपमा नेपालको साँस्कृतिक परियोजना निर्माणमा सहयोग  गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभएको थियो । उहाँले भन्नुभयो भारत र नेपालको ऐतिहासिक, साँस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि सरक्षण गर्न आवश्यक छ । तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने हाम्रो साझा प्रयास रहेको छ । भारतले विगतमा पनि साँस्कृतिक सम्पदा क्षेत्रको पुनस्र्थापनाको लागि नेपालसँग मिलेर काम गरिसकेको छ । यो हातेमालो हामीबीचको मैत्री सम्बन्धलाई थप मजबुत बनाउनुको साथै यसले हाम्रो साझा सँस्कृतिलाई पनि प्रतिविम्बित गर्दछ, प्रमुख महर्जनले भन्नुभयो । विज्ञप्तीमा भनिएको छ भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदाको  संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । यसका अतिरिक्त भुकम्प पछिको पुर्ननिर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोटमा ५० हजार वटा निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था र दश जिल्लाका १३२ वटा स्वास्थ्य संस्थाको पुर्ननिर्माणमा सहयोग गरेको छ । हाल निर्माण सम्पन्न भएको परियोजनाको भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै भुकम्प पछिको पुर्ननिर्माणमा नेपाल  सरकारले गरेको प्रयासमा टेवा पु¥याएको छ ।

तपाईको प्रतिक्रिया