घण्टाघरबाट हेर्दा

देखाइदिएछन् तोरीको फूल
धरानका गुइँठे सुध्रेलान भन्या त नसुध्रिने भए । सुध्रिने खालका गुइँठे भए पो सुध्रन्थे । अरुलाई भक्कु गाली गर्दा फुलेल हुने गुइँठे आफूलाई छिसिक्क कसैले केही भन्यो कि
रनक्क रन्कन्छन् । अरुलाई हिलो छ्यापेपछि मलाई नि एकदिन हिलो छ्याप्लान् भन्ने हे्रक्का राख्नु पर्र्दैन । आफूर्ले चोर औँला देखाउँदा चार वटा औलाले आफूलाई देखाइराख्या हुन्छ भन्ने कस्तो नबुझ्या ? कहिले अर्काको बारीमा गएर अराजकता जातका विरुवा रोप्या छ, कहिले घर भत्काइदिन्छु भनेर धम्की दिएको छ । कहिले धर्मको नाममा उचालेको छ, कहिले जातका नाममा उचालेको छ, कहिले के को नाममा उचालेको छ । जे होस् उचाल्ने मामलामा चाहिँ हाम्रा गुइँठेलाई मान्नैपर्छ । नाथे अदालत, नाथे पुलिस भन्थे अन्तमा तिनैले तोरीको फूल देखाइदिएछन् । –साइला


हावा…………
वाल्वाटाराँ जिपिएस गरेर बस्दा ललिता निवासको जग्गा डकार्ने माकुने र बाउराम बाजेले उन्मुक्ति पाउने भा’छन् । ललिता निवास जग्गा काण्डबाट सर्वाङ्ग नांगिएका यी दुईलाई नेपालका वर्तमान हावा प्रधानमन्तरी र अण्डरपेन्ट बिगार्ने घरेलु मन्तरीले उन्मुक्ति दिने मात्र हैन नयाँ कपडा भिराइदिएका छन् । अरु मन्तरी र कर्मचारीहरुलाई घोप्ट्याउँदै खोरमा जाक्ने अनि ती दुईलाई गहुँत पानी छर्केर चोख्याउनु छ भएन नि † संसदाँ राप्रपाका ज्ञानेन्द्र शाही बुरुक बुरुक उफ्रेर देशाँ दुुईवटा कानुन बनाम । सत्तामा बस्ने, सत्तामा बसिसकेका, तिनका स्वास्नी, छोरा छोरीले जतिसुकै बदमानी गरे नि कानुन नलाग्ने अरुलाईचाहिँ आदेश नमान्दा नि कानुन लाग्ने । ठीकै भन्या साहीले दुई वटा कानुन बनाइदिए लन्ठै साफ । –हर्के ।
सद्भाव कायमै गरौ रे
दक्षिणतिर बगाएर उत्तरतिर खोज्नुपर्ने व्यहोरा भएका नेपालका हावा, र्याले नेताहरुले अस्तिका दिन सबैलाई कुरी कुरी लाग्ने विज्ञप्ती निकालेछन् । धरानमा आपसी सद्भाव कायम राखौ भनेर तिनले विज्ञप्ती निकाल्या रै’छन् । हैन हौ वाल्वाटारे हावा र बुढानिलकण्ठे र्यालेलाई विज्ञप्ती निकाल्न सरम लागेन ? हंगीसक्यो अनि दैलो देख्यो भनेझै तिनै वाल्वाटारे हावाले हिजो गोजीबाट फुत्त फुत्त निकालेर सद्भाव भड्काउने सन्देश बाँड्या होइनन् ? अनि वाल्वाटारे हावालाई बुढानिलकण्ठे र्यालेले काँधमा बोकेर हिड्या सबैले देखेकै छन् । भडुवाहरुले नाकट पनि कति साहर्«ो गर्न जान्या
हँ ? म पिटे जस्तो गर्छु त रुहे जस्तो गर भन्या यही हो । –भाग पर भाग
भारी नबोक्ने रे
कोशी प्रदेशका मुख मन्तरीले गति छाडाको हदै पार गर्दिए । गतिछाडाका लागि तिनको नाम गिनिज बुकमै नाम लेखिने निश्चित छ । पहिला सर्वोच्चले मुखमन्तरी चिलिम बनाइदेसी’ चेतेहोलान भन्या त किन चेत्थे ? मुख मन्तरीका लागि हात धुएर लागेका थापा काजीले फेरि त्यही गल्ति दोहो¥याए । सर्वोच्चले काम चलाउको हैसियतमा फेरि झार्दियो । काम चलाउ मुख मन्तरी र चप्रासी उस्तै उस्तै
हो भन्ने कुरा काजीलाई कस्ले बुझाइ दिने ? लाँग्रेसका संस्थापन इतरले त हाक्काहाक्की भन्दियो अंसवैधानिक कामको आफूहरु भारी बोक्न सक्दिनम् भनेर । हुन त सर्वाङ्ग नाँगैै भएसी वैधानिक होस कि अवैधानिक बाल मतलब । कि कसो हौ काजी साहेव ?– बिर्खे
मोजा सुघाइदिने रे
धरानका सबैभन्दा ठूला स्वघोषित मनुवाले अस्तिका दिन गज्जबको घोषणा गरेछन् । धरानका ती ठूला स्वघोषित मनुवा आफ्ना विरोधीहरुलाई सामाजिक सञ्जालबाटै तह लगाउने ल्याकत राख्छन् । यस्तो ल्याकत जो कोहीमा कहाँ हुन्छ ? सर्वगुण सम्पन्न ती स्वघोषित ठूला मनुवाले अस्तिका दिन नेपालका पूर्व सचिव भीम उपाध्यायलाई आफ्नो गन्हाएको मोजा सुँघाउने कार्यक्रम बनाएछन् । उनको गन्हाएको मोजा कहिले सुघाउने भन्ने कुराको तिथिमिति भने घोषना ग¥या छैनन् । सेड्युअल बनाउँदै होलान ? यसभन्दा अगाडि पनि अरु कसैलाई सुघाइदिने घोषणा ग¥या थिए । धराने जनता व्यग्र प्रतीक्षामा छन् तिनले आफ्नो गन्हाउने मोजा कहिले सुघाउँलान भनेर । –कभीनहीँ सुध्रेंगे
गति छाडाहरुको रोइलो
नेपालका गतिछाडा सांसदहरुको यतिबेला रोइलो चल्या छ । किन नचलोस् त ? सांसद कोषको नाममा बर्षमा पाँच करोड बजाउने सपना जो सर्वोच्च अदालतले ढुँस बनाइदिएको छ । आफ्नै हात जगन्नाथ भनेझै जनतासँग छल गरेर पाँच बर्षसम्म फल खान पल्केकाहरु छट्पटाउनु स्वभाविक हो । गरिब जनताले तिरेको करबाट जम्मा भएको रकम सांसद कोषको नाममा आफ्ना साला साली, भाई भतिजा, आउरे भाउरेहरुलाई मन खुशी बाँड्दै आएका थिए । साँसदले त ऐन, कानुन पो बनाउने हो त मुस्सीझै आफन्तलाई पैसा बाँड्ने हो र ? सर्वोच्चले तिनको मनलाग्दी कोष  रोृेक्देसी यतिबेला तिनीहरु मर्नु भन्दा े बहुलाउनु निको भन्दै हिँड्न थाल्या छन् ।– छेस्के
अन्तत ः गलेछन् भडुवाहरु
सु्न तस्करी प्रकरणमा अन्तत ः आठ दलीय भडुवाहरु गलेछन् । झापाली कुमाई खप्रओले सबैलाई हल्लाई दिएछन् । आखिरी झापाली कुमाई न परे । अन्तका दशजना चिलिम हुँदा एउटा झापालीको जन्म हुन्छ भन्ने हो रै’छ । दश बर्षसम्म बम बारुद खेलाएका, घाट घाटको पानी पिएका हावा पर्धानमन्तरी, पाँच पटक पर्धानमन्तरी भाका र्याले काजी, ललित निवासबाट टन्नै आर्जन गरेका माकुने र अरु छिचिमिराहरुलाई खप्रओले एक्लै हल्लाईदिएछन् । उच्च स्तरीय छनविन आयोग बनाउन तिनका नौ नारी नै गलाइ दिएछन् । हेरम उच्च स्तरीय छानविन आयोगले के लछारपाटो लगाउँदो रै’छ । –गतिछाडा साइला
अन्तेमा
हिजोआज राष्ट्रिय भाउजु कुना पसिन कि क्या हो ? उस्तो चहलपहल देखिदैन । हुन त विचरीले यसो गरिखाएको थिइन् । सबैले अगुल्टाले हान्न थाले । अगुल्टाले हान्न थालेसी कुना त पस्नै प¥यो । राष्ट्रिय भाउजुकै नाताले भुटानी शरणाथी प्रकरण, सुन काण्ड, टिकट वितरण काण्ड लगायत दजनौ काण्डमा मुछिए पनि कसैले अँठ्याउने आँट गर्न सक्या छैनन् । विचरी अरु कुनै काण्डको योजना लाग्या होलिन् । आय आर्जन गर्नेलाई डिस्टटव गर्नु पनि त भएन । –र्याले काजी

तपाईको प्रतिक्रिया