बीपीमा पिआरपी रगतको अभाव

धरान । रगत अभावका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु उपचारमा कठिनाई हुँदै आएको छ । प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालनमा ल्याएको रक्त सञ्चार सेवामा समेत रगतको अभाव चुलिएको छ । रगत अभावकै कारण अहिले रक्त सञ्चार सेवाले विभिन्न संघ संस्थासँग सहकार्य गरेर रक्तदान कार्यक्रलाई तिबता दिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमणका कारण प्लेटलेस भएका विरामी धेरै आउने गरेका छन् । चिकित्सकले डेंगुको संक्रमण आउने वित्तिकै सिविसी चेक गराउने गर्छ । सिविसी चेकबाट विरामीको टोटल प्लेटलेट काउन्ट थाहा हुन्छ । एउटा स्वस्थ मानिसमा प्लेटलेट काउन्ट १ लाख ५० हजारदेखि माथि र ४ लाख सम्म हुने गरेको छ । तर अहिले प्रतिष्ठानमा आएका विरामीहरुमा १० हजार भन्दा कम भएको पनि पाइएको छ । यो अत्यन्तै खतरनाक अवस्था घोषणा गरिन्छ । यसलाई ताजा रगत चाहिन्छ । विरामीको ब्लड ग्रुप अनुसार ताजा रगत पाउनै कठिन हुन थालेको छ । यसैलाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी सुनसरी अन्तर्गतको रक्त सञ्चार सेवाले सबै संघ संस्थासँग सहकार्य गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको हो ।


प्लेटलेट कम भएको विरामीलाई फ्रेस होल्ड ब्लडको आवश्यकता पर्छ । अर्थात पिआरपी रगतको आवश्यकता पर्छ । यो रगत रक्तदातबाट लिएको ७२ घण्टापछि प्रयोग गरिसक्नुपर्छ । तर अहिले प्रतिष्ठानमा यो रगतको अत्यन्तै अभाव भएको छ । यसका लागि भएपनि रक्तदानलाइ तिब्रता दिइएको हो । प्लेटलेट कम भएका एक जना विरामीलाई ४ देखि ५ पोकासम्म रगत आवश्यक पर्छ । पिआरपी रगत अहिले पर्याप्त नहुदा विरामीलाई समस्या भएको रक्त सञ्चार सेवाका प्राविधिक सुरेन्द्र साह बताउनुहुन्छ । पिआरपी रगतको अभाग भएपछि पछिल्लो पटक धरान उपमहानगरपालिका ३ नं. वडा समितिलाई  अनुरोध गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको प्राविधिक साहले जानकारी दिनुभयो । बीपीमा ताजा रगतको अत्यन्तै आवश्यक भएपछि धरान ३ मा रहेका आठवटा टोल विकास समिति, राजनीतिक दल तथा स्थानीयहरुलाई आग्रह गरेर वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष विद्या शाक्यले बताउनुभयो ।
डेंगु नियन्त्रणका प्रयासहरु भइरहेका छन् तर पनि धरानमा डेंगु संक्रमण दिनप्रतिदिन बढिरहेका छन् । धरानमा स्थानीय तहहरुले फगिङ गर्ने, लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्दे आएका छन् । आइतबार पनि धरान उपमहानगरपालिकाले २० वटा वडा कार्याललाई विहान ७ बजेदेखि डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्न अभियान चलाउन सर्कुलर नै जारी गरेको छ । डेंगु लागेर उपचार गराउनु भन्दा डेंंगु लाग्न नदिनु नै राम्रो उपाय भएको उपमहानगरपालिकाले यो अभियानलाई तिब्रता दिएको हो । डेंंगु संक्रमण भएकाहरुलार्ई रगतको अभाव हुन नदिन रक्तदानक कार्यक्रम र नियन्त्रणका लागि सच एण्ड डिस्ट्रोय अभियानलाई तिब्रता दिइएको वडा सदस्य मनिष खड्गीले बताउनुभयो ।
यो अभियानलाई अभियानको रुपमा अगाडि बढाउन सरोकारवाला पक्ष समेत गम्भीर देखिएाक छन् । धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार शुक्रबारसम्म धरानमा सञ्चालित विभिन्न शिविरबाट १३ हजार ८ सय ९८ जनाको डेंगु टेष्ट गरिसकिएको छ । यसमध्ये ९ हजार ८ सय ६ जनामा डेंगु सक्रमण भएको पाइएको छ । यो सम्पूर्ण टेष्टको ७१ प्रतिशत हुन आउँछ । धरानमा हालसम्म १० जनाको डेंगुकै कारण मृत्यु भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया