धरान/गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक, पूर्वाञ्चलमै एक सफल व्यवसायीको रुपमा परिचित समाजसेवी बलराम आचार्यले रु ५ लाख रुपैयामा भुकम्प प्रतिरोधी घर निर्माण गर्नुभएको छ ।
वैसाख १२ गतेको भुकम्प र त्यससागै आएका शक्तिशाली पराकम्पका कारण हजारौ सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको, लाखौ घाइते भएको तथा अरबौको भौतिक संरचना ध्वस्त भएपछि बसोबासका लागि ठूला संरचना उपयुक्त नहुने सोचले आÏनै प्रयोजनका लागि जापानिज स्टाइलको घर बनाउनु भएको हो । इटहरी
तरहरा खण्डको कोशी राजमार्ग पश्चिमपट्टि बनाइएको भवन आकर्षकमात्र नभएर बसोबासका लागि समेत सुविधायुक्त रहेको आचार्यले बताउनुभयो ।
पााच दिनमै निर्माण सम्पन्न भएको उक्त घरमा आल्मोनियम कम्पोजिट प्यानल, जीक्सम बोर्ड, प्लाइउड, कर्कटपाता आदि प्रयोग
गरिएको छ । यसरी बनाइएको घरको आयु कति हुन्छ भन्ने सवालमा आचार्य भन्नुहुन्छ, प्राविधिकका अनुसार ३० देखि ४० बर्ष । न भुकम्पको डर न हावा हुरीको डर । घरको भौतिक निर्माण ५ लाखमा सिद्धिएको छ भने भित्री डेकोरेशन आफ्नो आवश्यकता अनुसार गर्ने हो, आचार्यको कथन छ ।
