भारत सरकारको सहयोगमा कार्यान्वयन हुने चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा परियोजनाको समझदारी पत्रमा साउन १९गते द्विपक्षीय हस्ताक्षर भएको छ । आगामी दिनमा भारतीय सहयोगमा कार्यान्वयन हुने चार वटा परियोजनाहरुमा शिक्षा क्षेत्रका तीन वटा र खानेपानी आपूर्ति तथा  सरसफाइ एक रहेको छ । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा ती चारवटा
परियोजना अगाडि बढाउन भारतीय राजदुतावास काठमाण्डौ र नेपाल  सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच साउन १९ गते शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । ती चारवटा परियोजनाको अनुमानित लागत १७ करोड रहेको नेपाल स्थित भारतीय राजदुतवासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


शिक्षा क्षेत्र अन्तर्गत शैलशिखर नगरपालिकास्थित गलैनाथ माध्यामिक विद्यालको भवन निर्माण, दार्चुला जिल्लाको ब्यास गाउँपालिकास्थित हिमालय माध्यामिक विद्यालयको भवन निर्माण, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको भवन निर्माण रहेका  छन् । यसैगरी उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ  परियोजनाको कार्यान्वयन क्रमश ः शैलशिखर नगरपालिका, ब्यास गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिको गर्ने भएका छन् ।  यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानोपानी सरसफाइ सुविधा उपलब्ध गराउनुको साथै नेपाली जनताको जीवन स्तरमा सुधार ल्याउने विश्वास विज्ञप्तीमा गरिएको छ । सन् २००३ यता भारत
सरकारले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टीभिटी, सरसफाईका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणका ५ सय ४६ वटा उच्च प्रभाव सामुदायिक विकास
परियोजनाहरु अगाडि बढाइसकेको छ । यसमध्ये ४ सय ८३ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् बाँकी ६३ वटा परियोजनाहरु निर्माणााधीन अवस्थामा रहेका छन् । यी सबै परियोजनाहरुको लागत नेपाली रुपैया १२२० करोड (भारु ७६२ करोड) रहेको छ । यी सम्पूर्ण परियोजनाहरु नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएका र हुँदैछन्, विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया