इलाम । राष्ट्रिय खेलकुद सङघ नेपाल र स्पोट्र्स फर अल क्लबको संयुक्त आयोजनामा दोस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता इलाममा हुने भएको छ । प्रतियोगिता आगामी असोज २४ देखि ३१ गतेसम्म इलामको फिक्कलस्थित करफोक उच्चमाध्यमिक विद्यालयको मैदानमा हुने दुवै आयोजक अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए । प्रतियोगितामा १० पुरुष टोलीसहित भारत र भुटानका टोलीलाई पनि आमन्त्रण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले एक लाख रुपैयाू पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाू पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब रु १२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
