मिस्र ग्राण्ड नेपालको प्रतिष्पर्धामा धरानकी दृष्टि मगर

धरान । आरके इन्टरटेन्मेन्ट काठमाण्डौको आयोजनामा छैठौ मिस ग्राण्ड नेपालको अन्तिम चरणको १६ जना प्रतिष्पर्धीमा धरानकी दृष्टि मगर समेत छानिएकी छन् । आरके इन्टरटेन्मेन्टको छैठौ संस्करणमा मिस ग्राण्ड नेपालका लागि ३ सय व्युटिसियनहरु प्रतिष्पर्धामा रहेका थिए । हाल सम्म अडिसन राउन्ड हुँदै सेलेक्ट भएर ओरिटिएसन डे, रजिष्ट्रेशन डे भएर टप १६ जना छानिएको र १६ जना एकै पटक भाद्र पहिलो हप्ता अन्तिम चरणको प्रतिपर्धामा सहभागी हुने भएका छन् । त्यसबाट टाइटल जितेर ५ जना इन्टरनेशनल विनरहरु सेलेक्ट हुनेछन् । टप १६ मा धरान बगरकोटकी दृष्टि मगर समेत टाइटलको प्रतिष्पर्धामा रहेकी छन् । तपाइलाई मिस ग्राण्डको प्रतिष्पर्धामा आउन कसले प्रेरित ग¥यो भन्ने सवालमा प्रतिष्पर्धी मगरको कथन छ मेरो आफ्नै सपना थियो । मलाई यसमा प्रेरणा दिनेहरु पनि हुनुहुन्छ । त्यही प्रेरणालाई आत्मसात गरेर आफ्नो सपना पूरा गर्न म मिस ग्राण्डमा प्रतिष्पर्धा गर्न गएँ । तपाईलाई मिस ग्राण्ड नेपाल जित्छु भन्ने कत्तिको विश्वास छ भन्ने सवालमा मगरले भन्नुभयो मलाई पूर्ण आत्म विश्वास छ । म मिसग्राण्डको टाइटल जित्छु । टाइटल जितेपछि के गर्नुहुन्छ ? टाइटल जित्नेहरु ५ जना इन्टरनेशनल विनरहरु हुन्छन् , पाँचै जना इन्टरनेशनलमा गएर आफ्नो देशलाई चिनाउने काम गछौं । त्यहाँबाट फर्किएपछि एक बर्षसम्म पूर्ण रुपमा आयोजककै रुल एण्ड रेगुलेसनमा बस्नुपर्छ । उहाँहरुको अनुमति बिना अन्य ठाउँमा जान पाइँदैन । विभिन्न कम्पनीहरुले ब्राण्ड एम्वेस्टडर बनाउँछन् । उहाँहरुको उत्पादनलाई राम्रोसँग चिनाउने काम हुन्छ ।


तपाईलाई टाइटल फाइब जित्न भोटिङको पनि महत्वपूर्ण भूमिका हुन्छ हैन ? हो, म  धरानकै भएकोले मलाई यस प्रतियोगितामा धरानका आमा, दाजु भाईले भोटिङ गरिदिनु आग्रह गर्दछु । प्रतियोगितामा ४० प्रतिशत भोटिङ्गबाटै जितिने हो । हाल म काठमाण्डौमा बस्दै आएकी छु । तर म त्यहाँ बस्दा पनि धरानकै लागि काम गर्छु मगरले भन्नुभयो ।

तपाईको प्रतिक्रिया