बिनासकाले विपरीत बुद्धि
मैथिली भाषामा एउटा उखान छ रौवा पादे रौवा हाँसे । रौवा भन्ने जन्तुले आफै पादेर आफै हुरुक्क हुने गरी हास्छ रे । यतिबेला धरानको मुखियाको आनीबानी रौवा भन्दा फरक दृखिदैन । रौवाले आफै पादेर आफै हास्नु उसको प्राकृत गुण हो । धरानका मुखियाको पनि यस्तै होला । धरानेले खाने पानीमा दिशाका जिवाणु ३५ प्रतिसतसम्म रहेको ल्याब टेष्टले प्रमाणित गरिसक्दा पनि मुखियाचाहिँ खित्का छाडेर हाँसेका छन् । कहिले म ल्याबको रिपोर्ट मान्दिन भनेर कडकिन्छन, कहिले मलाई नसोधी किन ल्याबटेष्ट गरेको भनेर पडकिन्छन् । हुँदा हुँदा त धरानेले खानेपानीमा कोलिफर्म भेटिएको हल्ला पानी व्यापारीले चलाएको भनेर उग्राउन थाल्या छन् । जे होस् धरानका मुखिया गज्जबका छन् । हुन पनि हो मुखियालाई नसोधी ल्याब टे्ष्ट गनै हुने थिएन । आफखुशी गरेको परीक्षणलाई मुखिया बाले किन मान्ने ? बिनाशकाले विपरीत बुद्धि भन्या यही हो ।

माफियाले उन्मुक्ति पाउदै
नेपालको कानुन दैवले जानुन भनेर हाम्रा अग्रजहरुले त्यसै भन्या हैन । चोरलाई चौतरा साधुलाई सुली दिने देश न ठहरियो । अब हेरम न ललिता निवासका जग्गा दलालहरु सबैले उन्मुक्ति पाउन भा’छ । दलालहरुका लागि यो भन्दा अर्को खुशीको कुरा हुनै सक्दैन । ललिता निवासको जग्गा खरिद गर्नेहरु सबैले उन्मुक्ति पाउने भएका छन् । ज–जस्ले खरिद गरेका छन् तिनले फिर्ता गरेमा तिनलाई मुद्धा पनि नचलाइने, कुनै धरपक्कड समेत नगर्ने रे । क्या गज्जब । चोरले चोरेका सामान फिर्ता गरेमा उसलाई कुनै कारबाही नगर्ने जस्तै भएन र ? जग्गा फिर्ता गरे पनि जग्ग खरिद गर्नेलाई गोर्खेलौरी कसे पो फेरि फेरि उसले अर्को ललिता निवास प्रकरण गर्दैन त । यो देशाँँ दुई चार जना स्वाँठहरु बसेर निर्णय गरेसी सिद्धियो ।
मुखमन्तरीलाई स्वागत
कोशी प्रदेशका मुखमन्तरी उद्धव थापालाई अस्तिका दिन गर्धनभरि माला झुण्ड्याइ दिएर मुस्लिम संघले स्वागत गरेछ । वित्थाँ किन ग¥या होला ? एक महिने आयु बोर आएका मुखमन्तरीलाई त्यससरी तामझाम गरेर किन स्वागत ग¥या होला ? घुमीफिरी रुम्जाटार भन्या स्वागत गर्नेहरुले भुसुक्कै बिर्सिएछन् । यस भन्दा अगाडि २२ दिने मुखमन्तरी भा’थे । अब एक महिने हुने भए । जे. होस् गोडा १२ सेक दिन यसपटक थापा काजीले मुख मन्तरीको कुुर्सीमा बसेर खुट्टो हल्लाउने भए । एक महिनापछि चिप्लेटी खेल्नु छ छँदैछ । क कसा हौ मुखमन्तरी ज्यू्र ?
उत्तराधिकारी खोइ रे
बुढुवा सडियाले गोले भनेझै माउवादी पार्टी पनि अब सडियल भएछ । माउवादीमा प्रचण्डाउको उत्तराधिकारी खोइ भनेर पार्टीका केही सण्ड मुण्डहरुले आवाज उठाएछन् । किन चाहियो उत्तराधिकारी ? प्रचण्डाउ बाँचुन्ज्याल ज्यान गए पनि कुनै सण्ड मुण्डलाई उत्तराधिकारी बनाउने वाला छैनन् । कहिले बुढो चिलिम फर्केला र राज गरमला भनेर र्याल चुहाएर बसेका सण्ड मुण्डहरु उत्तराधिकारीका लागि चेपे दौडमा लाग्या छन् । प्रचण्डाउले आफ्ना परिवार भन्दा बाहिरकालाई उत्तराधिकारी देलान् जस्तो छैन । वित्थामा साँढेको राजधानी झर्ला र खाउला भनेझै गरे नदौडिएकै बेस । प्रचण्डाउले उत्तराधिकारी तोक्नै परे पाण्डे, पर्धान्नीजस्ता छोरीहरु छँदैछन् नि । कि कसो हौ ?
सुनबुढा र छोरालाई उन्मुक्ति
यतिबेला सुनबुढा भनेर चिनिने माउवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र तिनका छोरालाई कस्ले छुन सक्ने ? बाबु छोराले बर्षौदेखि सुनको व्यापार गर्दै आएका जन जनलाई थाहा छ । व्यापार पनि तोला र किलोमा हैन क्विन्टलमा । अवैध ढंगले सुन ल्याए भनेर बाबु छोराको उछित्तो काढियो । तुरुन्तै पक्राउ गर्नुपर्छ भनेर डाहा गर्नेहरु पलाक्या फलाक्यै छन् । कसले छुने ? लौ त हेरौ ? आफ्नै पार्टीको पर्धानमन्तरी छन् । आफ्नै पार्टीैको पर्धानमन्तरी हुँदा नि जाबो क्विन्टलका क्विन्टल सुन ल्याउन नसके के फाइदा ? जसले हान्यो त्यसले जान्यो त्यसै भन्या होइन । आफ्नै पार्टीको मान्छे पर्धानमन्तरी हुँदा नि दुई चार पुस्तालाई पुग्ने आर्जन गर्न नसके त श्रीमतिले समेत जोर लात्ती बजाउँछे । जे होस जसले जतिसुकै चिच्याए पनि महराका बाबुछोरालाई उन्मुक्ति दिएछन् । व्यापार निरन्तर चल्ने भयो ।
वैधवाले नि दिएछन् दनक
मान्छेले अति भएसी सहँदैन भन्या हो रै’छ । यतिबेला गाँडतन्त्रका मुखियाहरुले चौतर्फी उत्पात मच्चाएका छन् । हिजो राणा, पञ्चहरुले जगेर्ना गरेर राख्देको जग्गा जमिन, मन्दिरका गजुर, वन जंगल, उद्योग, कलकारखाना, गाँडतन्त्रे मुखियाहरुले एकपछि अर्को गरेर आफ्ना नाममा लुड्याउन थालेसी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका मोहन वैधले अस्तिका दिन दनक दिएका छन् । संवधौनिक
राजतन्त्र स्थापित हुने हो भने गाँडतन्त्र फाल्न आफूहरु तयार भएको अभिव्यक्ति दिएछन् । वैधवाको अभिव्यक्तिपछि गाँडतन्त्रको नाममा लुट मच्चाएर उग्राउनेहरुको यतिबेला अपानवायु बन्द भएको छ ।
माकुनकोे कन्तविजोग
अराष्ट्रिय पार्टीका अध्येक्षे माकुनेको यतिबेला कन्तविजोग भएको छ । झालेमालेबाट चोरचार गरेर ल्याएका कार्जेकर्ताहरु धमाधम आफ्नै घर फर्किन थालेसी माकुनेको पुतली जुँगे थुतुनो गल्न थाल्या छ । विचराको पीडा कस्ले बुुझिदिने ? खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । अब झालेमालेमै फर्किउँ भने खप्रओले टिकिखान दिने होइनन् । गठबन्धनभित्रै बसौ भने र्यालेकाजी, प्रचण्डाउको डोको बोकेर भरियामात्र हुने । अस्तिका दिन त उनले फाइफुई गर्दे थिए । प्रचण्डाउले शितल निवासको फाइल खोल्दिउँ भनेर हप्काएका थिए । विचराको पीडा कस्ले बुझिदिने ? बखतमा बुद्धि बिग्रदा दुःख पायौ नि माकुने ।
अन्तेमा
नेप्लिज लाँग्रेसको केन्द्रीय प्रचार विभाग चकडी र चौकण्डीहरुको जमातै रै’छ । वडा सदस्य समेत जित्ने हैसियत नभएका पूर्व झालेमालेलाई राष्ट्रिय भाउजुको कृपाले बनाएसी चाकडी र चौकण्डीहरुको जमातबाट राष्ट्रिय भाउजुलाई धोइधाई गरेर गाइ बनाउने काम मात्र हुने भएको छ । अस्तिका दिन त्यसका संयोजक मिन विकले केन्द्रीय नेताहरुको विरोध गर्न नपाइने, सामाजिक सञ्जालमा लेख्न नपाइने भनेर प्रस्तावै पास गराएछन् । चाकडी भन्या त यो पो हो त ? प्रजातन्त्रमा आफ्ना नेताले गरेको गल्ति औँलाउन नपाइने भए फुइँøयाँको प्रजातन्त्र ? पञ्चायतमा समेत खुलेर विरोध गर्न पाइन्थ्यो । शरणार्थी प्रकरणमा राष्ट्रिय भाउजुलाई जोगाउन विकले राम्रै ट्रिक लगाएछन् ।
