सरकारको अराजक शैली, सर्वसाधारणले एकसयको सामानमा भन्सार तिर्नुपर्ने मन्त्री, सचिव, भन्सार कर्मचारीको मिलेमतोमा करोडौको सामान बोकेका कन्टेनर बाहिरिन्छ

काँकडभिट्टा (झापा) । पछिल्लो पटक सरकारको अराजक गतिविधिले आम सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । भारतीय बजारबाट नेपाली उपभोक्ताहरुले खरिद गरेका एकसय भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने निर्णय गरेको छ भने तिनै भन्सार नाकाबाट मन्त्री, सचिव, भन्सार कर्मचारीको मिलेमतोमा करोडौका सामान बोकेका कन्टेनर निर्वाध बाहिरिने गरेको छ । पछिल्लो पटक साउन १२ गते मेची भन्सार कार्यालय काँकडभिट्टा झापाबाट एक करोड भन्दा बढी मूल्यका सामान बोकेका कन्टेनर भन्सार नतिरी बाहिरिएको घट्नाले मिलेमतोको पुष्टि गरेको छ । मेची भन्सार नाकाबाट बाहिरिएको कन्टेनर प्रहरीसँगको कमिशनमा भागबण्डा नमिल्दा समातिएको थियो । त्यस्ता कन्टेनर सेटिङ्गमा मासिक रुपमा कति बाहिरिन्छन् भन्ने कुराको अनुमान गर्न समेत गाह«ो पर्छ ।
गत शुक्रबार बाहिरिएको कन्टेनरमा कोको जेल ६० कार्टुन, अÏजल ८० कार्टुन, काँसका झ्याम्टा (वौद्धमार्गीहरुले प्रयोग गर्ने) २ हजार ४ सय ६५ केजी, कालो साबुन २५ कार्टुन लगायतका रहेका थिए । यी सम्पूर्ण सामानको मूल्य एक करोड १ लाख २७ हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भन्सार नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरीसँगै सुराकीहरु समेत रहेको् अवस्थामा ती मूल्य बराबरका सामान भन्सार परिषरबाटै बाहिरिनुले सरकारी संयन्त्रको धज्जी उडाएको काँकडभिट्टाका होटल व्यवसायी सुदिप राईले बताउनुभयो । उहाँले भन्नुभयो भन्सार नाकामा एक दुई केजी चिनी बोकेर आउने, दुई चार वटा घरायसी कपडा खरिद गरेर आउने, पाँच दश केजी खाद्यान्न सामाग्री लिएर आउने, दुई चार लिटर खाने तेल खरिद गरेर आउनेहरुलाई मात्र कडाइ हुने गरेको छ । उहाँले भन्नुभयो हरेक उपभोक्ता आफ्नो दैनिकी तथा गर्जो टार्न किफायति मूलयकै खोजीमा हुन्छन् । अहिले त्यस्ता सामान भारतीय बजारबाट बोकेर आउनेहरुलाई लखेटी लखेटी प्रहरीले सामान खोस्छ, तथानाम अपशब्द बोल्छ, सकभर समान जफत गर्छ नत्र भन्सार तिराउँछ । तर सेटिङमा आएका करोडौको सामान निर्वाध बाहिरिन्छ । सकभर त्यस्ता सामान बोकेका कन्टेनर तथा मालवाहक ट्रकलाई प्रहरीले नै स्कर्टिङ्ग गरेर पु¥याउने गरेको छ । काँकडभिट्टाका अर्का किराना व्यवसायी सोनु गुप्ताको कथन पनि राईको भन्दा फरक छैन । सबैलाई थाहा छ भन्सार सेटिङ्गमा चलेको छ ।


जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोललीले शुक्रबार मेची नगरपालिका वडा नं. ६ स्थित ट्राफिक पोष्ट नजिकैबाट कन्टेनरलाई साँझ ७ बजे नियन्त्रणमा लिएको थियो । यसै सम्बन्धमा बुझ्न मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रवक्ता पूर्णप्रसाद लम्सालसँग पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन भने कार्यालय प्रमुख रामप्रसाद रेग्मीले समेत फोन उठाएनन् । चौतर्फी रुपमा करोडौको सामान बोकेको कन्टेनर समातिएको घट्नापश्चात आशंका बढेपछि साउन १३ गते भन्सारका सूचना अधिकृत तथा प्रवक्ता पूर्णप्रसाद लम्सालले एक विज्ञप्ती प्रकाशित गरेका थिए । प्रकाशित विज्ञप्तीमा लम्सालले बिना भन्सार सहितको कन्टेनर बाहिरिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा प्रसारित समाचारप्रति मेची भन्सार कार्यालयको ध्यानाकर्षण भएको जनाएका छन् । उनले विज्ञप्तीमा भनेका छन् सञ्चार माध्यममा उल्लेख भए अनुसारको ना ६ ख ४९०२ नम्बरको खाली ट्रक साउन १२ गते दिनको १ः३२ बजे नेपालतर्फ भन्सार यार्डमा प्रवेश गरी सोही मितिमा भन्सार कार्यालयमा सन्तोष खवास प्रोपाइटर रहेको स्वभिमान सन्स एण्ड सप्लायर्स, एग्जिभ कोड नं. ६०१२७१५४८०१५५ ल्ए का नाममा काँकडभिट्टा सम्म लौजाने
गरी भन्सार एजेन्ड डकेन्द्र कार्की  (एजेन्ट नं. १०७८) बाट पैठारीका लागि दर्ता भएको प्रज्ञापन पत्र नम्बर M १००८५ २०२३ । ०७ ।२८ बाट Buddist Hand cymbals-1281 Pairs  (कासका झ्याम्टा) २५६२ पिस, Black soap 200 kg (कालो साबुन २ सय किलो) र Hookh coal 360 k.g हुक्कामा प्रयोग हुने कोइला ३६० किलो) समेतका सामान १, ५६,७९० (एक लाख छपन्न हजार सात सय नब्बे) राजस्व रकम बुझाई भन्सार जाँचपास भएको देखिन्छ । विज्ञप्तीमा भनिएको छ उल्लेखित मालसामान ना ६ ख ४९०२ नम्बरको ट्रकमा लोड गरी साँझ ६ः२४ बजे भन्सारगेटबाट Exit Note सहित बाहिरिएको भन्सार कार्यालयको अभिलेखमा देखिन्छ । भन्सार यार्डबाट बाहिरिसकेपछि भन्सारमा सामान पुग्ने भनी घोषणा गरिएको क्षेत्र भन्दा बाहिर उक्त ट्रक पक्राउ परेको र अनुसन्धानको क्रममा रहेको बुझिन आएको हुँदा अनुसन्धान गर्ने निकायको अनुसन्धान पछि सो सम्बन्धी यथार्थ विवरण बाहिर आउने नै छ । हाल भन्सार कार्यालयले कानुनको पूर्ण पालना गरी चोरी पैठारीलाई निरुत्साहित गरेको कडाइबाट विचलित भई विषयान्तर गर्न खोजिएको प्रोप्रोगाण्डबाट सचेत रहनुको साथै कानुन कार्यान्वयनका लागि भन्सार कार्यालयलाई सहयोग गर्न समेत विज्ञप्तीमा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया