अदालतको अवज्ञा गर्दै सभामुख

धरान । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने अभिव्यक्ति दिएका छन् । तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने सभामुख गौतमले पदीय आँचरण विपरीत उद्धव थापाको नेतृत्वमा बनेको गठबन्धन सरकारलाई विश्वासको मत दिएका थिए । अदालतको फैसला पश्चात गौतमले कोशी प्रदेशको सभामुखबाट राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढ्र्दै गएपछि आइतबार उनले राजीनामा नगर्ने बताएका छन् । दबाब बढ्दै गएपछि उनले मोवाइल समेत बन्द गरी सम्पर्कविहीन भएका छन् । स्रोतले दिएको जानकारी अनुसार सभामुख गौतम आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भट्न वालुवाटार काठमाण्डौ पुगेका थिए ।


वर्तमान गठबन्धन सरकारले कोशी प्रदेशको मुख्य मन्त्रीका लागि सभामुख बाहेक ४६ सांसद मात्रको समर्थन भएपनि सभामुख गौतकोसमेत हस्ताक्षर गराएपछि पूर्व मुख्यमन्त्री हिक्मत कार्की असार २२ गते सर्वोच्च पुगेका थिए । गठबन्धनबाट समेत ४६ र एमाले राप्रपाबाट समेत ४६ सांसद रहेको अवस्थामा ४० सांसद रहेको सबैभन्दा ठूलो दल एमाले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले मु्रख्यमन्त्री नियुक्ति गर्ने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया