धरान । धरानमा डेंगु संक्रमित विरामीको संख्या बढ्दै गएको छ । संक्रमित विरामी बढ्दै जाँदा विरामीलाई चाहिने रगतका अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा अभाव छ । डेंगु संक्रमण बढ्दै गएपछि अहिले रक्त सञ्चार केन्द्रले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न आग्रह गर्दै आएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान लगायत आसपासका जिल्लाबाट अत्याधिक डेंगुका विरामी आउन थालेका छन् । विरामी बढेकै कारण विरामीलाई चाहिने रगत रक्त सञ्चार केन्द्रमा अभाव छ । अहिले केन्द्रले धरानका सामाजिक सघ संस्थासँग सहकार्य गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ ।
एक दिन अगाडि रक्त सञ्चार केन्द्रले मधेशी सेवा समाजलाई अनुरोध गरेर रक्तदान कार्यक्रमको आयोजना ग¥यो । सो रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भयो । यस्तै त्यसको भोलिपल्ट सुनसरी उद्योग वाणिज्य संघसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गर्दा ५३ पिन्ट रगत संकलन भयो । धरानमा मात्र ३ हजारको हाराहारीमा डेगुका विरामी रहेका छन् भने बीपीमा अन्य ठाउँबाट पनि डेंगुका विरामी आउने गरेका छन् । डेंगु विरामीलाई प्लेटलेस हुदा विरामीलाई तत्काल रगत चढाउन ब्लड बैंकमा रगत नभएको रक्त सञ्चार केन्द्रले सञ्चालन गरेको ब्लड बैंकका प्राविधिक सुरेन्द्रकुमार साहले बताउनुभयो । बीपी आफैले सञ्चालन गरेको रक्त सञ्चार सेवा र रेडक्रसले सञ्चालन गरेको केन्द्रमा रगतको अभाग चुलिदै गएपछि केन्द्रले रक्तदान गर्न अनुरोध गरेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामस्वरुप शर्माले बताउनुभयो र्। बीपीको रक्त सञ्चार केन्द्रमा सबै खालका ब्लड ग्रुपको अभाव रहेको छ । अहिले विरामी अत्याधिक बढेपछि बीपीले डेगु विरामीका लागि छुट्टै स्थानबाट उपचार थालेको छ । विगतको कोभिड अस्पताललाई डेगु डेडिकेट अस्पतालको रुपमा उपचार शुरु गरेको हो । तर त्यहाँ आउने विरामीले पाउने सुविधाका विषयमा विरामीहरु भने सन्तुष्ट छैनन् । बीपीमा आउने विरामीहरु सबै उमेर समुदायका हुने गरेका छन् । अधिकांश वच्चामा समेत अहिले डेंगु संक्रमण देखिएको प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंह बताउनुहुन्छ । उहाँले ज्वरो आएर चेकजाँच गराउन आउने ९० प्रतिशत बच्चामा डेंगु देखिएकोले चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्ने बताउनुभयो । सबै समूहका विरामीलाई लक्षित गरी डेंगु डेडिकेट अस्पताल सञ्चालन गरे पनि रगतको भने चरम अभाव छ । रगतको परिपूर्ति गर्न भने प्रतिष्ठानलाई समस्या भएको छ ।
