आतंकै आतंकको सहर
धरान यतिबेला आतंकै आतंकको सहर भा’छ । एकातिर डेंगु आतंक छ भने अर्कोतर्फ गुइँठे आतंक । गुइँठे आतंकको स्वरमा हरेक हप्ता सार्वजनिक हुने सुपर हिट गीतहरुले कम्ता आतंक मच्चाएको छैन । गुइँठे गायकका स्वर पनि कम्ता सुरिलो छैन । सुनिरहुँ जस्तो लाग्ने । बोरा च्यात्दा निस्किएको ध्वार्र….आवाज जस्तै सुरिलो स्वर । चर्चित गुइँठे गायकलाई गीत पनि कति फुरेको ? शब्द चयन समेत ख्याल गजबका छैनन् । कहिले हा…थु, कहिले ओइ फटाहा, कहिले जस लिने तँ भन्दै गिटारका तारमा छ्याङ्ग पा¥या छ । जे होस् रमाइलो छ । धराने जनताले यो आतंक अझै गोडाचारेक बर्ष व्यहोर्नुपर्ने पक्का छ । त्यसपछि त साढेसति हँटेर जाला । कि कसो हौ ?

एक सय केजी सुन पितल
लेनदेन नमिलेर विवाद भएसी’ अँठ्याइएको एक सय केजी सुन रातारात पितल भएपछि चासो राख्नेहरु सबै जिल्लराम भएका छन् । खुबै आफैले पाउँला झै गरेर एकसय केजी सुन अँठ्याएछ भनेर उफ्रनेहरु थच्चिएका छन् । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन आउँछ भनेर एयर पोर्टबाट बाहिर पुगेपछि ती सबै एकाएक पित्तल हुन्छन् । पित्तल बनाउने मुख्य सुनारेमा अरथमन्तरी अँध्यारा शरण महत, घरेलु मन्तरी काजी लारायनले राष्ट्रिय भाउजुको आदेशमा पसल चलाएका छन् । पसल बर्षौदेखि धमाकाका साथ चलिरा’छ । चल्नु नि पर्छ । यतिबेला खप्परले साथ दिएको छ । यस्तो बेलाम नि धन्दो नचलेर भयो त ?
पक्राउ गर रे
हैन हौ नेपालीको बुद्धि तुरियो कि क्या हो ? गणतन्त्र छ भन्दैमा थुतुनोमा जे आयो त्यही फलाक्नु त भएन नि गाँठे ? अब हेरम न ललिता निवास प्लटिङ गरेर विक्री वितरण गर्न वहुलाराम भट्टराई र ठेउके माकुनेलाई गिराफ्तार गर भनेर एकथरि चिच्याएका चिच्याएै छन् । कि खान्छ आँटले कि खान्छ ढाँटले त्यसै भन्या हैन नि । पञ्चायत कालमा राजा महेन्द्रले अधिग्रहण गरिदिएको जग्गा गणतन्त्रमा किन
राख्नु ? वहुलाराम र ठउके माकुनेले सल्टाइदिए । तर सिहदबारमा कौडा खेलेर बसेको गाँडाहरु प्लटिङ्ग गरेको जग्गा खरिद गर्नेलाई धमाधम अँठ्याउँदै छ, टिप्पणी उठाउने तल्ला तहका कर्मचारीहरुलाई अँठ्याउदै छ । हुन त हाम्रा बाबु बाजेले भन्या कुरा सही रै’छ । चोरलार्इै चौतारी साधुलाई सुली । सुली ठोक्नु पर्ने बहुलाराम र गठ्ठे माकुनेलाई चौतरामा यो लगेर सरकारले कहिलेसम्म राख्छ होला ?
बाइस दिने मुखमन्तरी
कोशी प्रदेशका बाइसदिने मुख मन्तरी उद्वाउ साह«ै अभागन रै’छन् । विचराले २२ दिनमै मुखमन्तरीबाट चिप्लनुप¥यो । अदालतले यसो कर्र्के नजर लगाइद्यिा भए त यसो केही महिना खुट्टी हल्लाउथे । असती हिक्मतले खान दिएनन् । हतार हतार सर्वोच्च पुगेर मुद्धा कोची हालेछन् । हुन त थापा नि बेकामे नै हुन् । आफ्ना नन्दीभृँगी, ऐरे, गैरे, नत्थु खैरे सबै मिलाउदा नी वहुमत पुग्दैन भन्ने तिनलाई भलिभाँती ज्ञान थियो । तटस्थ बस्नुपर्ने सभामुखलाई समेत घसेटेर कनीकुथी बहुमत पु¥याएर मुखमन्तरी भा’थे । तर अदालतले कर्सुीबाट भुईमा झारेपछि तिनको चेत खुल्यो । बाइस दिने मुख मन्तरी अब के गर्छन् होला ? भीरको चिण्डो उँधो न उँभो ।
दाजु भाउजुको आर्शीवाद
पूर्व घरेलु मन्तरी दुई जोइका पोइ भुत्ला काले खाँड यतिबेला जेलमा गुलीफ्याक लगाएर मस्त उग्राएर बस्या छन् । भुटानी शरणार्थी प्रकरणमा पार्टीको नाकै काटेको खाँणलाई जोर लात्ती हानेर पार्टीको सदस्यताबाट पन्छाउनुपर्ने आवाज सबैतिर उठेको छ । वाल्वाटारे र्याले मुखियालाई कारबाही गर्न सबैले हार गुहार गरिराछन् तर र्याली मुखिया उँगेरै टारी दिन्छन् । चुई बोल्दैनन् । सुनेको नसुन्यै गर्छन् । भ्रष्टाचारीलाई र्याले काजीले पार्टीबाट कारबाही किन नगरेको होलान् ? हुन त र्याले मुखियालाई नि अप्ठेरै छ । कारबाही गरम भने आफ्नै जोइको नाम भुत्ला काले खाँणले वोमिट गर्दैलान् । नगरम भ्रष्टलाई समेत कारबाही नगर्ने भनेर टोकोसो सुन्नु प¥या छ । क्या फसादले आफ्नो जोइलाई जोगाउन र्याले मुखिया चुपचाप बस्या छन् । दाजु भाउजुको आर्शीवाद भएसी अरुले जुतिसुकै चिच्याए पनि केही लचारपाटो नलाग्ने रै’छ ।
महरा बाबु–छोरा
नायिकका रोशनी साही काण्डका चर्चित पात्र काले ब्रेभ महरा फेरि चर्चामा आएका छन् । गुमनाम भन्दा बदनाम ठिक भन्ने मान्यता राख्ने काले ब्रेभ महरा यस पटक आफूमात्र होइन छोरालाई समेत चर्चामा ल्याउन सफल भएका छन् । काले ब्रेभ महराको सैतानी दिमागलाई चाहिँ मान्नैपर्छ । अरुले बैंक सु भित्र धमाधम सुन ओसार्दा ती बाबु छोरालेचाहिँ चुरोटभित्र हालेर ल्याउने ग¥या रै’छन् । उनको धन्दाको पोल खुले पनि तिनलाई कस्ले अँठ्याउने ? आफ्नै पार्र्टीका अध्येक्षे पर्धानमन्तरी भएसी’सुनवाला चुरोट कस्ले अँठ्याउने ? सुन बोक्ने भरिया धमाधम पक्राउ परे पनि मालिक पक्राउ नपर्नुचाहिँ कनेक्सन उपरसम्मै भैरा’छ । गतिलो धन्दा गर्नु छ भने कनेक्सनचाहिँ उपरसम्मै बनाउनुपर्ने रै’छ । कि कसो हौ ?
माओवादीको ढाकरे
झालेमालेका अध्येक्षे खप्रओले भन्या काँग्रेस माउवादीको ढाकरे हो रे । खप्रओको कुरा सुन्दा पहिला त घण्टाघरलाई पत्यार लागेन । तर गृह्य कुरा बुझ्दै जाँदा ठीकै भन्या जस्तो लाग्यो । ३२ सिटेलाई मालिक मानेर ९० सिटे काँग्रेस लुरुलुरु पछि हिँडेसी ढाकर बोकेकै मान्नुप¥यो । ढाकरबोक्दा बोक्दा अब काँग्रेस न लोकतन्त्रको पक्षेमा बोल्न सक्छ न भ्रष्टाचारका विरुद्धमा । काँग्रेस त न भाले न पोथी भयो रे खप्रओले भन्या । अब लिंगकै पहिचान हुन छाडेछ त्यसबेला पहिचान पनि विस्तारै लाप हुँदै जाने त हो । हुन त अरुको भारी बोक्ने बानी परेपछि वातै खलास भैगयो नि ।
अन्तेमा
धरानमा यतिबेला डेंगी हैजा फैलिएको छ । अन्त कहीँ नभएको डेंगीले घरलौरी प्रवेश पाएको छ, केहीलाई घाटतिर पु¥याएको छ । नगरका मुखियालाई झगडा गर्दा, फेसबुकमा अरुलाई सक्तो सराप गर्दा नै फुर्सद छैन । अनि डेंगीले आफ्ना साम्राज्य वितार किन नगरोस् त ? साँच्ची त्यो नगरपालिकामा स्वास्य महाशाख पनि छ क्यारे । त्यो स्वास्थ्य महाशाखा निस्कियो, फेसबुक र टिकटक हे¥यो दिन वितायो । यस्ता बेलामा मन नआउने स्वास्थ्य महाशाखा कहिले काम आउला । बरु खारेज गरिदिउँ नरहे बाँस न बजे बाँसुरी । कि कसो हौ गुइँठे, थुक्छु ।
