धरान १४ मा जनश्रमदान शुरु

धरान । बाढीको उच्च जोखिमलाई मध्यनगर गरी धरान उपमहानगरपालिका वडा नं. १४ को अगुवाई स्थानीयको सक्रियतामा खोलामा तट्बन्धन कार्य शुरु गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा प्रत्येक शुक्रबार सरसफाइ अभियान गर्दै आएका वडाबासीले अब भने प्रत्येक शनिवार श्रमदान गर्ने भएका हुन् । धरान १४ लाई पर्यटककको रोजाइमा पार्नका लागि अब नियमित श्रमदान गर्ने जनाइएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा श्रम सँँस्कृतिको विकास गरेसँगै वडाहरुले पनि त्यसको अनुशरण गर्न थालेका छन् । केही समय अगाडि धरान ४ का स्थानीयहरुले धरान ४ र १४ को सीमामा रहेको सेती खोलामा श्रमदानबाट तटबन्दनको काम गरे लगत्तै धरान १४ ले पनि सोही क्षेत्रमा तटबन्धन शुरु गरेको हो । जोखिम न्यूनिकरणका लागि स्थानीयबासी सक्रिय भएर तटबन्धनलाई निरन्तता दिएको वडा सदस्य  झरना मुखियाले बताउनुभयो ।


श्रमदानमात्र हैन खेलामा लाग्ने जाली, जेसिभी सहयोग समेत स्थानीयहरुले गरेका छन् । तटबन्धनमा लाग्ने १७ वटा जाली धरान १४ कै याख्या समितिका अध्यक्ष निरकुमार राई र सचिव केवी राईले सहयोग पु¥याएका हुन् भने जेसिवी स्थानीय नविन केसीले सहयोग पु¥याउनुभएको हो । बर्खाका आएको बाढीबाट क्षति न्यूनिकरण गर्न सहयोग गरिएको सहयोगी दाताहरुले बताएका छन् । धरान १४ बाट ४ जोड्ने सडकहरु धेरै भएपनि जीर्ण भएको उहाँहरुको भनाई छ । स्थानीय सरकारले यहाँकै ढुंगा, बालुवा लगायतका निर्माण सामाग्रीमा चाहिने कुराहरु प्रयोग गरेपनि सडकको स्तरोन्नति गर्ने काममा भने तदरुकता नदेखाएकोसहयोगी दाता निरकुमार राई र केवी राईको भनाई छ । प्रत्येक हप्ता गरिने यो श्रम अभियान अन्तर्गत विभिन्न प्रकारका वृक्षरोपण गर्ने र सँगैसँगै संरक्षण गर्दै लाने योजना अगाडि बढाइएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । भविष्यमा यस ठाउँमा जलकुण्डसहितको रमाइलो पार्क, पञ्चकन्या जंगलमा मिनी जु लगायतका परिकल्पना समेत गरिएको छ । स्थानीय सरकारमा बजेट कम भएका कारण श्रमदानबाट नै यस्ता कामहरुलाई निरन्तता दिदै जाने वडा कार्यालयले जनाएको छ । यो खोलामा एउटा झोलुंगे पुल रहेको छ । यसले धरान १४ र ४ लााई जोड्ने काम गरेको छ । धरान १४ विजयपुरसँग धरान ४ को घोर्लेनी, हर्दिया, दानाबारी लगायतका ठाउँलाई जोड्ने गरेकोले भविष्यमा यसलाई पक्की सडकसँगै पुल निर्माण गर्ने योजना समेत अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया