घण्टाघरबाट हेर्दा

हरलिठ्ठक सांसद
अस्तिका दिन एक जना सांसदले संसदमा ताइ न तुइँको गफ हान्दिछन् । हुन त हरिलठ्ठक सांसदहरु गफ हान्नकै लागि सांसद भएका त हुन् । तिन्ले भन्या देशमा सेनाको कुनै काम छैन रे । काम नभएसी सेनाको संख्या घटाउनुपर्छ रे । त्यस्की आमाको कीरा परेको खप्पर । सेनाको संख्या बढाउ सांसदको संख्या घटाउ भन्नुपर्नेमा सेनाको संख्या घटाउ रे । देश बेच्न हातमा लालपूर्जा लिएर बसेका सांसदहरुलाई नेपाली सेना ठूलै बाधक भएजस्तो छ । आषाढको बेला मानो खाएर मुरी उ्रब्जाउनुपर्ने हुन्छ तर हाम्रा कुर्रौटे हरिलठ्ठक सांसदहरु संसदमा गफ छाँटेर बस्या छन् । जनताका घरमा गएर रोपाई गर्न साभमुखले ह्वीप जारी गर्नुपर्ने हैन ? साँडहरुलाई संसदमा गफ जोतेकै भरमा भत्तो पचाउन त दिनु भएन नि
निराश छन् रे


नेप्लिज लाँग्रेसका महामन्तरी गनगने थापाले अस्तिका दिन धरानमै आएर आफ्नै थुतुनोले काँग्रेस सत्तामा हुँदा नि काँग्रेसकै कार्जेकर्ता सन्तुष्ट नभएको स्वीकारे । गनगने थापाले कुराचाहिँ गाँठी नै ग¥या हुन् । सत्तामा बस्दा नि जनताको कुरा त परै जाओस कार्जेकर्ता नि सन्तुष्ट बनाउन सकिदैन भने फुइøयाँ खान सत्तामा बस्नु ? गडतन्त्रमा काँग्रेसले कार्जेकर्तालाई कहिलेचाहिँ सन्तुष्ट बनाएको छ र ? काँग्रेसका मुखिया माने र्याले काजीले प्रचण्डाउ, माकुन्याउलाई सन्तुष्ट बनाएकै छन् । तिनलाई सन्तुष्ट बनाएसी’ बातै खलास । नब्बे सिटेले ७२ सिटेलाई देशका पटबारी बनाएर आफ्नो आसेपासे केहीलाई मन्त्री मण्डलमा कम्तिया नियुक्त गर्न पा’छन् । ती कम्तियाबाट दीगो आर्जन भैरा’छ । कार्जेकर्ता भाँडमा जाओस् बाल मतलब ? कि कसो हौ र्याले वा †
लभ प¥या छ रे
बाह« हन्डर बाउन्न ठक्कर खाएर लाँग्रेसका नेता भा’ हाम्रा शेखराउले पनि कहिलेकाँही सत्य गफ हान्दिछन् । अब हेरम न अस्तिका दिन शेखराउले भन्या प्रचण्ड र ¥याले काजीको बीचमा गहिरो लाभ प¥या छ रे । होलानी, कस्तुरीले आफ्नो नाभीमा भएको बिनायोको सुगन्ध थाहा नपाएर चारैतिर दौडिएझै सबैभन्दा धेरै सांसद आफ्ना हुँदाहुँदै लिखुरे दलका मुखियालाई पर्धानमन्तरी किन स्वीकाथे त ? लभ र युद्धमा सबै कुरा जायज हुन्छ त्यसै भन्या होइन । लभै परिसकेसी’ वातै खलास । प्रचण्डाउसँग लभ गरेर ¥याले बाले काँग्रेसको इज्जतै फाले गाँठे ।
सिण्डिकेट जोगाउदै
पाँच जना पूर्व पर्धानमन्तरीको सिण्डिकेटले मुलुकको यतिबेला पुरुषलाई नारी र नारीलाई पुरुष बनाउने धन्दो चलाएको छ । धन्दो नि राम्रैसँग फस्टाएको छ । हुन त धन्दो फस्टाउनै सिण्डिकेट बनाएका हुन् । अब हेरम न ललिता निवास जग्गा प्रकरणमा मोही कायम गरेर बेचबिखन गर्ने निर्णयकर्ताहरु ठाँटसँग बस्या छन् । उनेरको निर्णय अनुसार टिप्पणी उठानेहरु धमाधम पक्राउ परेर हावा खाँदै छन् । ललिता निवास जग्गा प्रकरणमा मु्ख्य मतियार अराष्ट्रिय पार्टीका पटबारी माकुने, आयाराम गयाराम पार्टीका स्घोषित अध्येक्षे बाउरामलाई वर्तमान सिण्डिकेटे सरकारले कुखुरीको चल्ला छोपेझै छोपेर राख्या छ । टिप्पणी उठाउनतेचाहिँ जेल जाने प्लटिङ विक्री गर्नेचाहिँलाई छँुदै नछुने ? समान कानुन लागू भन्या यही रै’छ । घण्टाघर जस्तो गठ्ठेले बुझ्ने कुरै भएन ।
फोटो पोस्ट्याउने प्रतिष्पर्धा
शनिवार धरानको लाँग्रेसमा गतिलै प्रतिष्पर्धा देखियो । सुद्धिकरण अभियानमा लाग्या यहाँका स्वघोषित वडा काँग्रेसले फोटो पोस्ट्याउने प्रतिष्पर्धाको आयोजना गरेछन् । हुन त तिनको धन्दै काँग्रेसभित्र त्यसैगरी चल्या छ । पार्टीको पद भँजाएर घर धन्दा चलाउँदै आएका बबुराहरुको दोष पनि खै के भन्नु ? थुतुने महामन्तरी गनगने थापा धरान आएका मात्र के थिए फोटो शेसन गरेर फेसबुकमा पोस्ट्याउनेहरुको बिगबिगी देखियो । गनगने थापासँग फोटो खिचेर पोस्ट्याउनेहरुले आफूहलाई पहुँचवाला सम्झेर मख्ख प¥या होलान् । गजक्क फुलेका होलान् । तर क्यार्नु विचराहरुको हैसियत गोडा गोर्चालाई नि थाहा छ । जतिसुकै सुद्धीकरण अभियान चलाए नि हम कभी नै सु्ँध्रेगे भन्या यही हो, कि कसो हौ ?
धन्दो पनि गज्जबकै रैछ
हैन हौ मान्छेले के सम्म जान्या हँ ? हिजोआज ठग्ने, लुट्ने, ढाँट्ने
रोग महामारीका रुपमा फैलिएको छ । कोही पार्टीको झोला बोकेर धन्दो चलाउँछन्, कोही धर्मको झोला बोकेर धन्दो चलाउँछन्, कोही एनजिओको झोला बोकेर धन्दो चलाउँछन् । सबै एउटा न एउटा धन्दोमा संलग्न छन् । हुँदा हुँदा अब त भाषा पढाउने इन्स्टिच्युटले पनि गजबको धन्दा चलाएछन् । अब हेर्रौ न काठमाण्डौको एउटा भाषा इन्स्टिच्युटका मालिक साजन थापाले कोरियन भाषा भनेर मगर भाषा सिकाएर धन्दो चलाएछन् । आठ दश जना बाहुन क्षेत्रीहरु यतिबेला मगर भाषाको ज्ञाता भएका छन् । आखिरी भाषा त भाषै हो मगर होस् कि कोरियन ? कि कसो हौ ?
आन्दोलन गर्ने रे
नेपालँ फेरि एउटा आन्दोलन हुने भा’छ । हुन त अरुपनि धेरै आन्दोलनहरु यहाँ चल्दै आएका छन् । अबको आन्दोलनचाहिँ ¥याले काजीकी श्रीमति आरजु र पूर्व घरेलु मन्तरीकी ल्याइते श्रीमति मञ्जु खाँणलाई पक्राउ गरेर कारबाही गरियोस् भनेर गर्ने रे । ए बाबा किन गर्नुप¥यो ? भुटानी शरणार्थी प्रकरणमा रकम दिने दोषी कि लिने दोषी छुट्टिनु प¥यो नि । दिएपछि खान्छन् त ? अब दुईटीलाई अँठ्याएर कारबाही गर भनेर भुत्राको आन्दोलन गर्नु ? वात करता है ।
अन्तेमा
आफूले खाइपाइ आएको कुरा अर्कोले बीचैमा खोसेपछि कस्को कन्सिरी तात्दैन ? कोशी प्रदेश सरकार भंग गर भनेर झालेमालेले प्रस्ताव पारित गरेछन् । जाबो प्रस्ताव पारित गर्दैमा सरकार भग हुने हो र ? त्यसो भए त कसैका विरुद्धमा कसैले प्रस्ताव पारित गर्दिए भैगयो नि । हिजो आफूले खाँदा अरुले टुलुटुलु हे¥या थे । आज अरुले खाँदा किन औडाहा हुनु । कहिले सासूको पालो कहिले बुहारीको पालो । एक्लै हसुर्न खोज्नु त भएन नि ?  आखिरी गाँठतन्त्र भन्या पालैपालो हसुर्ने व्यवस्था त हो । कोही अघि कोही पछि फरक यत्ति नै हो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया