धरान । खेलाडीलाई सहयोग गर्नका लागि पूर्व खेलाडीहरुले व्यक्तिगत रुपमा अक्षयकोष स्थापना गरिदिएका छन् । धरानका पूर्व खेलाडी केन्द्र लिम्बु र धरान फुटबल क्लबका कोच समेत रहेका सागर घिमिरले संयुक्त रुपमा १ लाख ५० लाखको स्थापना गरिदिनु भएको हो । अक्षय कोषमा केन्द्र लिम्बुले १ लाख र सागर घिमिरेले ५० हजार जम्मा गनुभएको हो । विशेष गरेर फुटबल खेलाडी खेल्ने क्रममा घाइते भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको अक्षयकोषका परिकल्पनाकार सागर घिमिरेले बताउनुभयो । धरान १० फुड गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एिन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष, कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले समेत परिकल्पनाकार लिम्बु र घिमिरेले स्थापना गरेको अक्षय कोषलाई १ लाख दिने प्रतिबद्धता जनाउनु भएको थियो ।

सो अवसरमा बोल्दै राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीले नेपालमा फुटबल खेलको विकासमा समस्या भएको बताउनु भएको थियो । उहाँले नेपालमा व्यवसायिक फुटबल खेलाडी बन्न कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘१२ महिनामा ३ महिना फुटबल प्रतियोगिता हुन्छ, बाँकी समय त्यतिकै खेर गइरहेको छ । नियमित प्रतियोगिता गरेर व्यवसायिक रुपमा अगाडि बढाउन सकेमात्र खेलाडी बाँच्न सक्ने अवस्था हुन्छ ।’ एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले खेलमा पनि राजनीतिक हावी भएका कारण खेलको विकास हुन नसकेको बताउनुभयो । उनले खेलाडी उत्पादनसँगै खेलाडीलाई व्यवसायिक बनाउन सकेमात्र फुटबल खेलको विकास हुने बताउनुभयो । सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नविन राईले जिल्लाले धेरै टुर्नामेन्ट गरे पनि खेलाडीहरु सहभागी हुन नआएको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले खेलाडी आफैले अक्षय कोष निर्माण गर्नु सह्रानीय काम भएको बताउदै यसले खेलाडीहरुलाई थोरै भएपनि सहयोग पुग्ने बताउनुभयो । स्थापना गरिएको कोषलाई कोशी प्रदेश स्तरीय बनाइने परिकल्पनाकार
घिमिरेले बताउनुभयो ।
