धरान । नेपाली काँग्रेस कोशी प्रदेश सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले विधानले दिएको अधिकार प्रयोग गरी क्षेत्रीय सदस्य, आमन्त्रित क्षेत्रीय सदस्य र सल्लहकार थप गर्नुभएको छ ।
आइतबार क्षेत्रीय समितिले आयोजना गरेको एक औपचारिक कार्यक्रममा थप गरिएका सदस्य र सल्लाहकारहरुलाई जिम्मेवारी सहितको पत्र प्रदान गरिएको थियो । सुनसरी उद्योग वाणिज्य संघको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा धरानका २० वडाका वडाध्यक्ष, क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो । थप गरिएका क्षेत्रीय सदस्यमा मोनित क्षेत्रीय सदस्यमा १३ जना, आमन्त्रितमा ५५ जना र सल्लाहकारमा ६५ जना ्ररहेका छन् । सो अवसरमा नेपाली काँग्रेस कोशी प्रदेशका महहामन्त्री उमेश थापा, पूर्व नगर सभापति एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव माधव घिसिङ लगायतको समेत उपस्थिति रहेको थियो ।

यसैबीच नेपाली काँग्रेसले परिवर्तनको शुरुवात आफैबाट गरौ भन्ने नाराका साथ एक हप्ते अभियान सोमबारदेखि सञ्चालन गरेको छ । पहिलो दिन धरान १४ स्थित रहेको् मठ मन्दिर, धरान ३ स्थित जामे मस्जिद, धरान १५ को अनुग्रह चर्च, धरान ८ स्थित हिमालय छोलिङ गु्म्बा सरसफाई गरेको छ ।
