धरान । साहित्य, कला, सँस्कृति प्रतिष्ठान धरान उपमहानगरपालिका वडा नं. १३ को आयोजनामा आषाढ १५ र १६ गते दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको आयोजना हुने भएको छ । गत बर्षको प्रथम अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको सफलताबाट उत्साहित भएका आयोजकले यसलाई पुन : निरन्तरता दिन लागेको हो । साहित्य, कला सँस्कृति प्रतिष्ठानको संरक्षकमा वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, कार्यक्रम संयोजक बरिष्ठ कवि बम देवान, अध्यक्ष गोपाल प्रयास श्रेष्ठ, उपाध्यक्ष मनि राई गोठाले, सचिव विष्णुप्रसाद चौलागाई, सह–सचिव पूजा घिमिरे, कोषाध्यक्ष रितु राई, सदस्य कृष्णकुमार लावती रहनु भएको छ भने सल्लाहकारमा प्रा.डा. टंक न्यौपाने, प्रा. शरणकुमार राई, प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. भीम खतिवडा, कुन्ता शर्मा र बम देवान रहनु भएको छ ।

महोत्सवमा आउनु हुुने भारत, भुटान, बर्माका कवि कवियत्रीहरुलाई आयोजकले आषाढ १४ गते नेपालको पूर्वी नाका काँकडभिट्टा पुगेर स्वागत गर्ने भएको छ । उहाँहरुसँग दमकमा छोटो साहित्यिक कार्यक्रम, मोरङको बेतनामा साँस्कृतिक कार्यक्रम र मोरङकै झोडाहाटमा पुन ः छोटो. साहित्यिक कार्यक्रम गरी धरान आइपुग्ने भएको छ । आषाढ १५ गते धरानको छाताचौकबाट विभिन्न साँस्कृतिक झाँकीसहित कार्यक्रम स्थल लक्ष्मी बैंककेट्ससम्म पुगि कार्यक्रम शुभारम्भ हुने भएको छ । समुद्घाटनका अवसरमा पुस्तक विमोचनसँगै शुभकामना आदानप्रदान र चैनपुरको खैजडी नृत्य प्रस्तुत गरिने भएको छ । छिमेकी नगरपालिकाहरुबाट आउनु भएकाहरुबाट थारु साँस्कृतिक कल्चर नृत्य ुहुने भएको छ । संस्थाबाटै प्रकाशित गरेको इन्दु नेपाल योञ्जनको अन्तिम सेलो कविता संग्रह विमोचन गरिने भएको छ । त्यसपछि धरानमा साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । पहिलो दिनको दोस्रो चरणको कार्यक्रममा नेपाल र नेपाल बाहिरबाट आउनु भएका कविहरुको कविता वाचन, कार्यपत्र प्रस्तुत र टिप्पणी हुने र रातमा गजल सन्ध्या हुने भएको छ । दोस्रो दिन धरानका धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन पछि पुस्तकमाथि टिप्पणी, बहस, कार्यपत्र माथि टिप्पणी र साँस्कृतिक कार्यक्रम सहित १ नं. प्रदेशका कविहरुको कविता वाचन रहेको छ । आषाढ १७ गते पर्यटकीय क्षेत्र भेडेटार पुगेर समापन गरिने भएको छ । भारतबाट ४५ जना, भुटानबाट १ जना, बर्माबाट २ जना साहित्यकारको आगागमन हुने भएको छ । यसका अलावा नेपालको सातै प्रदेशबाट २ सय जना भन्दा बढीको सहभागिता रहने छ । बजेटको व्यवस्थापन सम्बन्धमा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मुख्य सहयोगी रहनु भएको छ भने छिमेकी नगरपालिका सहयोगी हुनु भएको छ भने धरान उपमहानगरबाट हालसम्म सहयोगको आश्वासन पनि दिनु नभएकाले धरानबाट सहयोग हुने कुरामा आशावादी नरहेको उहाँले बताउनुभयो ।
