वीपी प्रतिष्ठानलाई छाता ऐनमा लान नदिने मन्त्रि द्वयको प्रतिबद्धता

धरान । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि र शिक्षा प्रविधि तथा विज्ञान मन्त्रिले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन नखारी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिनु भएको छ । वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रिद्वयले प्रतिष्ठानको गरिमालाई उच्च राख्दै पूर्ण विश्व विद्यालय बनाउन आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको हो ।
स्वास्थ्य मन्त्री मोहन वहादुर वस्नेतले स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐन भित्र राख्न नहुने वताउनुभयो । मन्त्री वस्नेतले प्रतिष्ठानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन
परिकल्पना गर्न नकिने वताउनुभयो ।


‘तपाईहरुले उठाएको माग प्रति म सकारात्मक छु , प्रतिष्ठानको बारेमा म जानकार छु’,संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रि वस्नेतले भन्नुभयो, ‘प्रतिष्ठानको समस्या छाता ऐन होइन , चिकित्सा शिक्षा आयोगको हो ।’प्रतिष्ठानको समस्या छाता ऐन नभएको बताउदै उहाँले विभिन्न आयोगको नाममा बनेका विभिन्न नितिको कारण प्रतिष्ठान धारासायी बन्दै गएको वताउनुभयो । विभिन्न समयमा व्यक्तिगत स्वार्थमा बनेका नितिसँगै प्रतिष्ठानको आन्तरिक कारणले प्रतिष्ठानको अवस्था नाजुक बन्दै गएको मन्त्री वस्नेतको भनाई थियो । ‘आयोगले विद्यार्थी संख्या घटाउनु हुदैन थियो, प्रोफेसर कम भए थप्न सकिन्थ्यो’ उहाँले भन्नुभयो–‘अनुसन्धानसगै अध्ययन अध्यापनमा समेत देशकै उत्कृष्ट संस्थामा विभिन्न वहानामा देखाएर विद्यार्थी संख्या घटाउनु गलत कार्य थियो ।’ उहाँले आफू मन्त्री रहेसम्म प्रतिष्ठानको हित विपरित नितिगत या अन्य कुनै पनि कार्य हुन नदिने वताउदै धरानवासी समेत सचेत हुन आवश्यक रहेको वताउनुभयो । धरानको मात्र नभई देशकै गहनाको रुपमा रहेको प्रतिष्ठानको गरिमा जोगाइराख्न आफु सदैव लागिरहने मन्त्री वस्नेतको भनाई थियो । उहाँले सेवा, अध्ययन अध्यापन र अनुसन्धानमा समेत देशमा अग्रणी संस्थालाई जोगाउनु सबैको कतव्र्य भएको वताउनुभयो ।
यसैवीच नेपाल सरकारका मूख्य सचिव बैकुण्ठ अर्यालले संघर्ष समितिले उठाएको मागप्रति आफू सकारात्मक रहेको वताउनुभयो । संघर्ष समितिसँगको भेटेमा नेपालमा रहेका अन्य प्रतिष्ठान र वीपी प्रतिष्ठान फरक भएकोले सबैलाई एउटै वास्केटमा हाल्न नमिल्ने उहाँको तर्क थियो । शिक्षा प्रविधि तथा विज्ञान मन्त्रि अशोक कुमार राईले प्रतिष्ठानको छुट्टै पहिचान विशेषता रहेकोले यसलाई जोगाउन आफ्नो तर्फवाट लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउन म जस्तो सुकै पहल गर्न तयार रहेको छु ।’ राजनीतिक दल, नागरिक अगुवा, पुर्वजनप्रतिनिधिहरु रहेको संघर्ष समितिले शुक्रबार मन्त्री वस्नेतलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।विहिबार पूर्व पादाधिकारीहरुसँगको भेट गरेको समितिले शनिबार माइतीघर मण्डलामा धर्नासँगै काठमाडौमा रहेका धराने तथा सरोकारवालहरुसँग अन्तक्रिया कार्यक्रम समेत गरेको समितिका सदस्य सचिव ताजुव लिम्बुले वताउनुभयो ।

तपाईको प्रतिक्रिया