घण्टाघरबाट हेर्दा

टुरिष्ट मन्त्रीलाई विपत्ति
भर्खरै नियुक्त भएका पर्यटन माने टुरिष्टमन्त्री कृपासुर शेर्पामाथि कुनै महाविपत्ति आउला जस्तो छ । नाम कृपासुर भे’नि खप्रओको भन्दा अरुको कृपा साह्रै पर्‍याजस्तो छैन । विचाराले भर्खरै टुरिष्टमन्तरीको सपथ के ल्या थे टुप्लुक्क बाहिरी छोरो देखा पर्‍यो । जवानीमा यी अलि रंगिलै खालका थिए रे । जवानीको जोशमा होस गुमाउादा एक दलित महिलाको कोखबाट जन्मेको छोरो यतिबेला लक्का जवान भएछ । मन्त्री भा’कै भोलिपल्ट वाहरवालीबाट जन्नेको छोरो अंश माग्दै राजधानी पुगेसी’ कृपासुरको होसहवासै गुम भे’छ । अहिले पनि बाहिरवाली महिलाले कृपासुरको तस्विर आफ्नो
सिरानीमाथि झुण्ड्याएकी रै’छिन् । आदर्श पत्नी भएर त्यै एउटा छोरो कुरेर बस्या रै’छिन् । यता कृपासुरचाहिा ज्यान गएनि त्यो केटो मेरो छोरै हैन बरु डिएनए परीक्षण गराउाछु भन्दा रै’छन् । अब जे हुनु भै’गो । जोरीपारी किन हासाउनु ? हुन त कृपासुरको आÏनै टुंगो भने छैन । टुरिष्ट मन्त्री न हुन् । यसभन्दा अगाडि दुईजना टुरिष्टमन्त्री चिप्लिसकेका छन् । हुन त टुरिष्ट भन्या दुई चार दिनका पाहुना त हुन नि । आउाछन्, बस्छन्, खान्छन्, डुल्छन् अनि फर्कन्छन् ।
वित्थाको बहस
काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेझौ देशाा यत्रो विपत्ति आइलग्या छ तर खप्रओ, प्रचण्डाउ, बाउराम र मधेशी केही नताहरु
राष्ट्रिय सरकार बनाउन कानेखुसी गर्न थाल्या छन् । यो राष्ट्रिय सरकार भन्या के हो घण्टाघरको दिमागमा अहिलेसम्म घुस्न सकेको छैन । धन्न पल्लाघरे दाइलाई सम्झाए मिलीजुली भाग शान्ति । बल घण्टाघरको घौटामा घाम लाग्यो । कहिले देशाा महाविपत्ति आइलाग्दा र राष्ट्रिय सरकारको महाभारत मच्चाउला भनेर सुर हेर्‍या रै’छन् । यो राष्ट्रिय सरकार भनेर सोझासाझा नेपालीको दिमागमा भुट्नुभन्दा मिलीजुली भागशान्ति
सरकार भन्द्या भे भै हाल्थ्यो नि । यस्तावाह्र सत्ताइसको गफ किन गर्नु पर्‍या हो ।
सिके र गिरीको इलुइलु
कस्लाइ के को धन्दा कस्लाई के को धन्दा घर ज्वाइलाई खानकै धन्दा भनेझै यस्तो महाविपध्किा बेला त्यो सिके राउत र सरिता गिरीलाई के को इलु इलु गर्नु पर्‍यो हो । दुवै बीचमा यतिबेला दह्रो सम्बनध जोड्या छ रे । होला पनि दुवैमा इलु इलु नपर्‍या भे दुवैका बोली कसरी ठ्याक्कै मिल्थ्यो त ? इलु इलुका लागि रोमान्टिक वातावरन हुनुपर्छ भन्ने क्यै रै’नछ । सिकेले जे बोल्छन् गिरीले त्यै बोल्छिन् । नारिएर दुवैको बोली एकैपटक बाहिर आएसी’ कुनचाहिा आाधाले गुह्य कुरो नबुझ्ला र । झन हिजो आजका केटाकेटी उम्रन्दै तीनपात हुन्छन् । जे होस् भुकम्पले दुवैलाई नजिक्याइ दिएकोमा घण्टाघर कम्ता गद्गद
छैन ।
कस्ले छुने ?
सत्ता भन्ने कुरा चानचुने हैन । सत्तामा बस्नेलाई त कुरै छडौ त्यसको वरिपरि घुम्नेलाई पनि कसैले छुन सक्दैन । अब हेरौ न अर्थमन्त्री
रामशरन महतका भतिजा उर्फ पिए रमेश महतलाई । कुनै दाताले नुवाकोटमा बााड्न चारसय बण्डल जस्ता पाता दे’छन्, उनी जस्तापाता लिएर नुवाकोट पनि पुगेछन् । पचास बन्डल आफ्ना आसेपासेलाई बााडेछन् ५० बण्डल आफ्नै घरमा थन्क्याएछन् अनि बााकी रहको ३ सय बण्डलचाहिा ट्रकमा लोड गरी राजधानीतिरै ल्याउदै रै’छन् । यतिबेला राहत भनेसी पीडित जन्ताले गन्धले नि थाहा पाउाछन् भन्ने कुराको ज्ञान महतलाई भएनछ । तीनसय वण्डल जस्तापाता बोकेको ट्रक पीडितले कर्‍याप्पै समाते । महत भने चम्पट । आखिरी गुहय कुरा त उही त रै’छ २० हजार ट्रकलाई भाडा दिने गरी कोटेश्वरका एक व्यापारीलाई माल लिएर उन्ले सुइाक्याइसकेका रै’छन् । अब मन्त्रीकै पिए भतिज भएसी कसले छुने ? कि कसो हौ ?
व्यापारी मालामाल
नेपालका व्यापारी यतिबेला मालामाल भा’छन् । उनीहरुमा कात्रो बेच्ने देखि राहतका समाग्री थन्क्याउने सम्मको चटारो छ । किसानलाई मंसिर पुषमा अन्न थन्क्याउादा जुन चटारो पथ्र्यो व्यापारीलाई त्यस्तै भा’छ । विभिन्न देशले पठाएका राहत समाग्रीले यतिबेला व्यापरीका गोदाम भरिभराउ छ । व्यापरीका खेतलाका रुपमा मन्त्रीदेखि सभासद, प्रशासन, दलका कार्जेकर्ता देखिएका छन् । बाहिरबाट आएका राहतका सामाग्री लिएर उनीहरु व्यापारीको गोदाममा थन्क्याएर पारिश्रमिक बुझेर फर्कन्छन् । भुकम्पले त क्या मालामाल गर्दियो–गर्दियो । कोरिया पनि यही, मकाउ पनि यही, दुवई पनि यही भने जस्तै भा’छ यतिबेला राहत हजमकर्ताहरुलाई ।
निरिक्षण
सबैले राष्ट्रपति रामवरन जादवलाई हावाको राष्ट्रपति भन्थे सााच्चैको हावाकै राष्ट्रपति हुन कि क्या हो ? यिन्को वेÏवााकको शान देख्दा हिजोका राजाहरुका भन्दा धेरै उाचो छ तर काम भने शून्य । अब हेरौ न अस्तिका दिन यी भुकम्प प्रभावित क्षेत्र भक्तपुरतिर वेÏवााकको लावालस्कर लिएर गवएछन् । भत्केका घरहरु एकछिन् हेरि टोपले छन् अनि सडकै जाम गरेर शितल निवास फर्किएछन् । भक्तपुरका पीडितहरुले ती बाट केही आशै
गरेका रै’नछन् । त्यै भेर कसैले
राष्ट्रपति साग क्यै पनि मागेनछन् । कहिल्यै दिन नजान्ने तर लिनचाहिा कही नछोड्ने राष्ट्रपतिले वित्थामा पीडितहरुको घरद्वार फुइय्याा खान निरिक्षण गर्नु ? मजदुरले मजदुरी गरेकोबाट राहत दिएका छन्, पियन, मुखियाहरुले समेत आफ्नो तलब काटेर राहत द्या छन् । तर
राष्ट्रपतिबाट यत्तिका दिनसम्म पीडितहरुका लागि सुको झर्‍या छैन । कि कसौ हौ ?
अन्तेमा
घरेलुमन्तरी बाउदेउ गौतमले भन्या मिडियाका कारन बाहिरी देशबाट राहत रकम आउन छाड्यो रे । घरेलु मन्तरीलाई कत्रो छट्टपट्टी राम राम । अरबौ रुपैयाा मिडियाकै कारण आएको घरेलु मन्त्रीलाई के थाहा ? मिडियाकै कारण आएको
रकम पीडितसम्म नपुर्‍याई गोल्याम गोल्याम खाएको स्वाद घरेलु
मन्तरीले विर्सेछन् । पीीडतले नपाएसी सरकारलाई रकम नदिएर आफै पुनस्र्थापनामा विदेशीले सघाउने बताएसी घरेलु मन्तरी तिल्मिलाएर मिडियालाई दोष दिादै हिड्या छन् । नाच्न जान्दैन आागन टोढो भन्या यही हो ।

तपाईको प्रतिक्रिया