परिवर्तनका लागि सामाजिक अभियानको ३९ औं संस्करण सम्पन्न

धरान । परिवर्तनका लागि सामाजिक अभियान धरानले विभिन्न सामाजिक कार्यलाई अगाडि बढाए पनि यो संस्थाले स्वास्थ्यमा केन्द्रित रहेर धेरै काम गरेको छ । स्वास्थ्यका पहुच नपुगेका, अस्वस्थका कारण अस्पतालसम्म पुग्न नसेकाहरुलाई घर टोलमै पुगेर मुटुरोग विशेषज्ञ डा. प्रशासन्त साहको सहयोगमा निःशुल्क उपचार र औषधि वितरण गर्दै आएको छ । यसले लक्षित वर्ग सबैभन्दा लाभान्वित भएका छन् । सस्थाले ३९ औं संस्करण भर्खरमात्र सम्पन्न गरेको छ ।


यो संस्था गठन भएपश्चात दुई बर्ष अगाडिदेखि धरानका विभिन्न लक्षित समुदायमात्र हैन झापा, सुनसरीको इनरुवा, बराहक्षेत्र लगायतका स्थानमा स्वास्थ्य क्लिनक सञ्चालन गर्दै आएको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा परिक्षणमा आएकाहरुलाई मुटुसम्बन्धी, मधुमेह, उच्च रक्तचाप लगायतका चेकजाँच गर्ने गरिएको छ । ७० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्यको पहुच पु¥याउन घर घर तथा टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताउनुभयो । पछिल्लो समय यो संस्थाले धरान १६ साँगुरी चौकमा रहेको जोरसखुवा भुल्के बाबु समूहको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । बाबु समूहका उपाध्यक्ष भीम बराइलीले ज्येष्ठ नागरिकका लागि केही सहयोग पुगोस् भनेर बाबु समूह गठन गरिएको बताउनुभयो । सामाजिक कार्यसँगै ज्येष्ठ नागरिकको स्वास्थ्यमा समेत केन्द्रित भएर स्वास्थ्य शिविरको आयोजना गरिउको बराइलीले बताउनुभयो । उहाँले शिविरले यहाँका ज्येष्ठ नागरिक लाभान्वित भएको बताउनुभयो । मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो उपाय भएको बताउदै विद्यालय स्तरबाट स्वास्थ्यसम्बन्धी सचेतनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सचेतनाको कमीैकै कारण खानविन र जीवनशैलीकै कारण अहिले ३०(३५ बर्षकै उमेरमा उच्चरक्तचाप, मधुमेह तथा मुटुरोग भएको पाइएको बताउनुभयो । उहाँले यो शिविर चेकजाँचमा मात्र सीमित नभई स्वास्थ्यसम्बन्धी चेतनामूलक सन्देश समेत दिँदै आएको बताउनुभयो । परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्यलाई लक्षित गरी थालेको अभियानले सैयौ लक्षित वर्ग लाभान्वित भएका छन्, अस्पतालसम्म पुग्न नसक्ने, आर्थिक अभावका कारण उपचार गराउनबाट बञ्चित हुने बढी लाभान्वित भएका छन् । उनीहरुका लागि टोल टोल तथा घर घरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यलाई यो संस्थाले निरन्तता दिँदै आएको छ । यो  निरन्तताले सार्थकता परिणाम समेत ल्याएको आभाष उपचारमा आएकाहरुले समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया