अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित

विगत केही दिनयता मुलुकको तराई, भित्री मधेशसँगै पहाडमा समेत अत्याधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । खास गरेर दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने, विद्यालय जाने बालबालिका, लामो तथा छाटो दूरीको यात्रामा निस्किएका सर्वसाधारण लगायत गर्मीबाट सबैभन्दा बढी प्रभावित भएका छन । तराईमा ४० डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ भने यसको अंक घट्ने छनक कहीँ कतै देखिएको छैन ।
झण्डै १५ दिनदेखि मुलुकको तापक्रम र राजनीति एकाएक गर्र्माएको छ । राजनीतिक गर्माउँदा एउटा निश्चित वर्गलाई मात्र स्वार्थबस प्रभावित पारेको हुन्छ भने तापक्रम बढ्दा सर्वसाधारण प्रभावित भएका छन् । अत्याधिक गर्मीकै कारण मधेश क्षेत्रमा मात्र हैन अन्न्यत्रका विद्यालयहरु समेत एक हप्ताका लागि बन्द गरिएका छन् । अचाक्ली गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले कोशी प्रदेशका झापा, मोरङ, सुनसरीका पालिकाहरुले एक हप्ता विद्यालय बन्दको घोषणा गरेका छन् । विगतमा यस्तो स्थिति कहिल्यै देखिएको थिएन । गर्मीकै कारण विद्यालय बन्द भएका घट्नाहरु थिएनन् । धरान उपमहानगरपालिकाले समेत अत्याधिक गर्मीकै कारण जेष्ठ १८ देखि २४ गतेसम्मलाई विद्यालय बन्द गर्ने प्रमुख स्तरीय निर्णयबाट विद्यालय बन्द गरेको छ । धरान उपमहानगरपालिकलले सम्भवत ः यस भन्दा अगाडि गर्मीकै कारण विद्यालय बन्दको घोषणा गरेको थिएन । गत मंगलबार पूर्वी तथा मध्य तराईको तापक्रम ४० डिग्री सेल्सियस पुगेसँगै स्थानीय निकायले विद्यालय बन्दको निर्णय धमाधम गरेका हुन् । मंगलबार यता तापक्रम घट्नुको सट्टा झन झन बढ्दै गएको छ । विहीबार मधेश तथा भित्री मधेशको तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ । तराईका २२ वटै जिल्लामा तापक्रम सरदर ४० डिग्री भन्दा माथि पुगेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालसम्म मौसममा सुधार हुने लक्षण देखिएको छैन । अत्याधिक गर्मीका कारण मानिसहरुको चलहपल पातालिएको छ । यस प्रकारको तापक्रम आषाढसम्म सम्म रहने मौसमविद को भनाई छ । आकाशबाट पानी पर्ने सम्भावना वैसाख, जेष्ठ, असारसम्म न्यून रहेको जनाइएको छ । जसका कारण बालीनाली लगाउने मुख्य सिजन जेष्ठ, असार साउनमा कम बर्षा हुने वा हुँदै नहुन सक्ने मौसम विद्हरुले बताएका छन् । साँच्चै नै परिस्थिति यसैगरी अगाडि बढेमा आगामी बर्ष डरलाग्दो खडेरीका कारण भुखमरी निम्तिनेप्रति मौैसमविद्हरुले चिन्ता व्यक्त गरेका छन् । यहाँ स्मरणीय कुरा के छ भने यतिबेला नेपालमा उत्पादित विद्युत आन्तरिक खपतका लागि पर्याप्त भएर भारत निर्यात समेत हुन थालेको छ तर गर्मीको समयमा झ्याप्प झ्याप्प बत्ती गएर जनजीवन झन झन कष्टकर बन्दै गएको छ । यसो हुनुको प्रमुख कारण गर्मीमा विद्युतीय उपककरणको प्रयोग एकाकएक बढेपछि विद्युतलाई स्थिर राख्न प्राधिकरणले छिनछिनमा विद्युत अवरोध गर्ने गरेको छ । जसबाट जनजीवन थप जटिल बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया