प्रदेश फुटबलमा किशोर

धरान । अखिल नेपाल फुटबल संघको मानार्थ उपाध्यक्ष, नेपाली काँग्रेस धरान उपममहानगर समितिका पूर्व सभापति एवम् सामाजिक अभियन्ता किशोर राई कोशी प्रदेश फुटबल संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।


कोशी प्रदेश फुटबल संघको आइतबार सम्पन्न प्रथम अधिवेशनले राईलाई आगामी कार्यकालमा लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसैगरी कोशी प्रदेश फुटबल संघको उपाध्यक्षमा मणिकुमार लिम्बु,, समिर राई सफल किराँत, खड्गबहादुर श्रेष्ठ, शिव न्यौपाने र कविरमान तुम्वाफो निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरुमा लक्ष्मीप्रसाद काफ्ले, मनोज दाहाल, शम्भु प्रधान, महानन्द भक्तराज, रन्जन कार्की, शारदा लिम्बु, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेमप्रसाद तामाङ, कुवेर आङ्देम्बे लिम्बु, गोकर्ण भट्टराई रहनु भएको छ ।

तपाईको प्रतिक्रिया