धरान । धरानमा रहेका जीर्ण सडकहरु धमाधम मर्मत हुन थालेका छन् । सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरानका विभिन्न स्थानमा सडक स्तरोन्नति हुन थालेको हो सडक बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक टूाफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो ।

धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठले धरान उपमहानरपालिकालाई सडकबोर्डले दिएको १ करोड १५ लाख रुपैया सिलिङ बजेट छुट्याएको बताउदै यसमा ४ वटा बाटो मर्मतका लागि दिएको बताउनुयभयो । उहाँले काम धमाधम भइरहेको बताउनुभयो । धरान उपमहानगरपालिकाका इन्जिनियर किरण भुजेलले आएको बजेटलाई सही सदुपयोग गदै गुणस्तरीय काम गरेको दाबी गर्नुभयो । उपमहानगरपालिकाले बजेटबाट एउटा सडकलाई स्तरोन्नति काम गरेको छ । सडकको गुणस्तरका लागि मर्मतसँगै अनुगमनलाई समेत तिब्रता दिएको भुजेलले जानकारी दिनुभयो ।
