घण्टाघरबाट हेर्दा

ज्यान गए नि नबोल्ने रे
नेप्लिज लाँग्रेसका र्याले मुखिया कर्सैले बोल्नुस न भनेर कोट्यायो भने बोल्दिन किन बोल्ने भनेर जवाफ दिन्छन् । हुन त र्याले मुखियालाई बुढेशकालमा टेन्सनै भा’छ । हुन त पहिला पहिला हाम्रा बाजे बराजुहरु भन्थे श्रीमति गतिली परिन भने साह«ै टेन्सिन हुन्छ  भन्थे । हो रै’छ । बडेमानको थुतुनो भा’ की श्रीमति फेला पारेछन् र्याले मुखियाले । कहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौ बजाइ द्या छ, कहिले निर्वाचनमा टिकट बाँड्दा, कहिले मन्त्रीमा सिफारिस गरिदिँदा, कहिले मन्त्रालयका सचिव सरुवा गर्दा, कहिले प्रहरीका बरिष्ठहरुलाई सरुवा गर्दा करोडौ बजाइद्या छ यतिञ्जेल त र्याले मुखियाकी जोई भनेर सबै घट्ना सुनेको नसुन्यै गर्दैकै हो तर यतिबेला देशैभरि ह्वास्सै गन्हाएर सबैका नाक टट्याउन थालेपछि खोरमा खाँदेर कारबाही गर्न माग बढ्या छ । आफ्नै जोइका विरुद्धमा सबैले बोल्न थालेसी’ र्याले मुखिया विचराले के बोलुन ? कुरा बुझ्नुमा छ ।


बल्ल गृह्य कुरा था भयो
पशुपति नाथ मन्दिरमा लगाएको जलहरीमा नि भुटानी नक्कली  शरणार्थी प्रकरण भए छ कि क्या हो ? अस्तिका दिन पशुपति मन्दिरमा लगाइएको जलहरी पनि पित्तलको हो भन्दै संसदा’ प्रचण्डाउका नन्दीहरु उफ्रेका उफ्रेइ थिए । नक्कली हो कि सक्कली हो भन्ने कुरा छुट्याउन सोनारेलाई लगेर देखाए भै गो । किन घाँटी चिरिउन्ज्याल संसदा चिच्याउनु ? ट्याम्को भर्ने सवालमा तीनवटै पार्टीका साँडेहरु हम किसिमे कम नही छन् । आजसम्म झालेमाले, माउवादीले इश्वरका नाममा संसदको सपथ किन नखाएका रैछन् भन्या त वात यस्तो रै’छ । ईश्वरको नाममा सपथ खाए माल खान नपाइने । क्या गज्जब छ । जेहोस् खप्रओ बा’लाई चाहिँ सामाजिक सञ्जालमा सुनबुढा नै बनाइदिएका छन् ।
भटाभट घण्टी हल्लाउन थाले
हैन हौ नेपाली काँग्रेसमा हिजो आज के हुन लाग्या हँ ? जताततै पहिरो गयो मात्र भन्छन् त ? पहिरो पनि किन नजाहोस् त ? एउटाले लगानी गरेर अर्को चपरचण्डालले सुटसहितको व्याज खाएपछि । न आफू भन्दा अग्रजको मान मर्याद छ । न पुछताछ छ । दा’ र राष्ट्रिय दाजु भाउजुको नाम भँजायो खल्ति भ¥यो । धन्न सहनेले सहेका रै’छन् । अति गर्नु अतिचार नगर्नु त्यसै भन्या होइन । अन्तेमा घण्टी हल्लाएरै हिड्देछन् । सबै घण्टी हल्लाएर बाटो लागेसी खैँडजीहरुले अन्तरक्रिया गरेछन् । लास्टाँ १०÷१२ जनाको बीचमा आफै गाँड कोराकोर गरेछन् । क्या गज्जब †
पाइप तान्न आमन्त्रण
ससदमा ङ्यार ङ्यार र ङुरङुर गरेर दन्तबझान गरेर उफ्रने भातमारा सांसदहरुलाई हाम्रा धराने मेयरले कोकाहा खोलामा पाइप तान्न आमन्त्रण गर्दैछन् । कोही त्यसै बेगारी बसेको हाम्रा मेयरलाई निको लाग्दैन । श्रमबाट समृद्धि सृमृद्धिबाट समाजवाद आउँछ भन्ने मेयर साहवलाई अस्तिका दिन संसदमा अर्थतन्त्र सुदृढ गर्ने भन्दै उफ्रनेहरुलाई पाइप तान्न बोलाका  छन् । मेयर साहवले भन्या १६ है आना ठीक हो । विनाश्रम अर्थतन्त्र ई सदृढ हुन्छ । श्रमको महत्व बुझाइदिनेसम्म विचरा सांसदलाई आजसम्म कोही रहेनछ ।
बेहोरेकी बेहोरेनन् ?
बुढोशकालमा पशुपतितर्पर्m दर्शन गर्न जानुपर्नै बेलाका मान्छे शिलत निवासतिर छिरेसी’ फजुल खर्च त त्यसै भैहाल्छ । यसो पेटमा गाइँगुई भएर मलद्वारामा कष्ट भएसी’ रातारात अढाइ करोडको उपचार गरेका तनहुँका पौड्याल बाजेले पनि गति छोडेछन् । राज्यको ढुकुटीबाट अढाइ करोडको उपचार गरेसी सबैले धारे हात लगाए । सहनै नसक्ने भएसी उपचार खर्च अढाइ करोड आफै व्यहोर्छु भनेर बडो फुइँ लगाएका थिए । आजसम्म बाजेले  व्यहोरेको पत्तै भएन । व्यहोरेको भए कुन कुन मितिमा व्यहोरे सबैले चाल पाउनु प¥यो नि । लिँदा बजाएर लिने अनि दिँदा चै गोप्य दान दिए जसरी त बाजेले त पक्कै दिएनन् होला ।
पटक पटक बलात्कार
अबचाहिँ गणे नेताहरुलाई दशा लागे जस्तो छ । किन नलागोस् त ? यो देशका सबैभन्दा सर्वोच्च मान्छे । गणे संविधान यिनैले बनाका हुन् । तर यसको पालना राजा ज्ञानेन्द्र साहले मात्र गरेका छन् । गणे नेताहरुले त आफ्नो स्वार्थ अनुकुल गणे संविधानको बलात्कार गरे, कहिले शरणार्थी प्रकरणमा बलात्कार गरे, कहिले निर्मला काण्डमा बलात्कार गरे, कहिले ललिता निवास काण्डमा गणे संविधानको बलात्कार गरे त कहिले के काण्डमा मिलाएर बलात्कार गरिरहेका छन् । गणेहरु आफूलाई सुप्रिम भन्छन् । सामान्य चिया पसलमा बसेर चिया पिउनु हुँदैन, सार्वजनिक यातायातमा हिड्नु हुँदैन, सामान्य घरमा बस्नु हुदैन, वाह † गणे नेताहरु † एक दिन भ्याकुरा झै खेदिँदा थाहा पाउँछौं ।
आलोचनाबाट डराउ“दैन
हाम्रा राष्ट्रिय दाजुले भन्या नेपाली लाँग्रेस आलोचनाबाट  डराउँदैन रे । नडराउने भए राष्ट्रिय भाउजुको शरणार्थी प्रकरणमा माल खाएको अडियो बारिहिँदा न्वारान देखिको बल लगाएर सेटिङमा विपक्षीसँग किन घिस्रिएको होला ? जहिल्यै प्रजातन्त्रको नाममा भँजाएर खाँदा अब त घैटो चर्किसक्यो छ । । अब प्रजातन्त्रको नाममा धन्दा नचल्ने भएसी’ विचरालाई कम्ता फसाद प¥या छैन । अब धन्दो नचलेर मन्दी भएसी’ राष्ट्रिय भाउजुले नि तारा देखाइ दिेलिन् । क्या फसाद †
अन्तेमा
हिजोआज घण्टाघरलाई ्रराजनैैतिक पार्टीका नेताहरुको अनुहार हेर्दा गायक पशुपति शर्माको गीत याद आउँछ । यहाँ त नेताले जनतालाई आश्वासन दिएर लुट्छन्, पुलिसले कानुनको नाम लिएर लुट्छ, डाक्टरले उपचारको नाममा लुट्छ, पुजारीले भगवानको नाममा लुट्छ, नीजि विद्यालयले गुणस्तरीय शिक्षा ? को नाममा लुट्छ, कर्मचारीले सवाको नाममा लुृट्छ, वकिलले न्यायको नाममा लुट्छ, टाठाबाठाले धर्मको नाममा लुट्छ, पसलेले चाडपर्वमा विशेष छुटको नाममा लुट्छ….। आखिरी यहाँ सबैले लुटनलाई एउटा धन्दाको लाइसेन्स लिएका छन् । अनि फुइøयाँ बन्छ देश ?

तपाईको प्रतिक्रिया