कवि प्रदीप आचार्यको ‘मनको वहाव’ कविता संग्रह विमोचन

धरान । नेपाली कविताको फाँटमा एउटा कृति थपिएको छ । धरान निवासी कवि प्रदीप आचार्यको ‘मनको वहाव’ कविता संग्रहको आइतबार विमोचन भएसँगै नेपाली साहित्यमा एउटा कविता संग्रह थपिएको हो । आचार्यको यो पहिलो कविता संग्रह हो । नेपाली भाषा शास्त्री प्रा.डा. टंकप्रसाद न्यौपाने र प्रदेशसभा सांसद यसोदा कायस्थले नव प्रकाशित कविता संग्रह ‘मनको वहाव’ विमोचन गर्नुभएको थियो । मनको वहाव कविता संग्रहमा १०१ वटा कविताहरुलाई कवि आचार्यले संग्रहित गर्नुभएको छ । विभिन्न कालखण्डमा मनका तरंगित भावनाहरुलाई लिपीबद्ध गर्दागर्दे मनको वहाव कविता संग्रह प्रकाशित भएको स्वयम् कवि प्रदीप आचार्यले बताउनुभयो ।


गद्य शैलीमा कविताहरु भएपनि हेर्दा पद्यजस्तो देखिने हरेक हरक मिलाइएको छ । कविता पढ्दा एक प्रकारले सफल भएको जस्तो देखिन्छ । आचार्यले समय र परिस्थितिलाई हेरेर कविताहरुको रचना गरेको प्रष्ट हुन्छ । उहाँले कोरोनाका सम्बन्धमा , सत्ता अर्थात कुर्सी मोहका सम्बन्धमा, दाम्पत्य जीवनका सम्बन्धमा ..कविताहरु कोरिएका  छन् । विमाचित पुस्तकमा साहित्यकार गिरिराज आचार्य, प्रा.डा. गोपाल भण्डारी, महानन्द तिम्सिना, हरिप्रसाद दाहाले आफ्ना दुई शब्द कोर्नु भएको छ । विमोचन समारोहमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतषनका बरिष्ठ हाडजोर्नी विभागका प्रा.डा. पशुपति चौधरी, आनन्द आचार्य लगायतको सहभागिता रह्को थियो भने कविता संग्रहप्रति टिप्पणी महानन्द सापकोटा, हरिप्रसाद दाहाल, गिरिराज आचार्यले गर्नुभएको थियो भने प्रकाशिका श्रीमति अम्बिका आचार्य घिमिरे रहनु भएको छ ।

तपाईको प्रतिक्रिया