धरान/नियतिको खेल भनौा या दैवको उपहास † विध्वंसकारी भुकम्पले तहसनहस बनाउदै सैयौको ज्यान लिएको गोरखा जिल्ला घर भएकी र हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एवम् अध्ययनरत डा. रञ्जना देवकोटा अब उनलाई चिन्ने र जान्नेका लागि स्मृति पटलमा मात्र रहन पुगेकी छन् ।
गत शनिवार अर्थात जेठ ९ गतेको आाधी तुफानमा प्रतिष्ठानभित्रकै रुख ढलेर किच्दा अविवाहित डा. देवकोटाको घट्नास्थलमै मृत्यु भएको थियो । गोरखामा आफन्त गुमाएर पनि विरामीहरुको सेवा र आफ्नो अध्ययनलाई अगाडि बढाइरहेकी डा. देवकोटाका लागि उक्त दिन सााझमा आएको आाधी तुफान जीवनै समाप्त पार्ने हुन पुग्यो ।
सााझ करिब ८:३० बजे प्रतिष्ठानको प्रसुतिगृह दक्षिण रहेको अजंगको बूढो सिरिसको रुख ढल्नासाथ स्व. देवकोटासागै क्वार्टरतिर जाादै गरेकी उनकी बहिनी अन्जना देवकोटा र अर्की एकजना बहिनी भने भाग्न सफल भए तापनि रन्जनाका लागि त्यो रुख काल बनिदियो । रुख ढले नजिकै क्वार्टर भएका प्रतिष्ठानको कम्प्युटर शाखामा कार्यरत सन्जिव कर्ण त्यसदिनको घट्ना सुनाउदा पनि जीउ थर–थर काप्ने गरेको बताउनुहुन्छ । आत्तिदै प्रतिष्ठानमै तेस्रो बर्षमा अधयनरत स्व.डा. रन्जनाकी बहिनी अन्जना र अर्की एक बहिनी क्वार्टरमा आउनुभयो । उहााहरु दिदीलाई बचाउनुस, दिदीलाई बचाउनुस् भन्दै थर्थरी काप्दै चिच्याउनुभयो । हावा चलिरहेको थियो, मुसलधारे पानी बर्सिरहेको थियो र बत्ती नभएर अन्धकार थियो । म लाइट लिएर रुख ढलेको छेउमा पुग्दा अन्जना वेहोस हुनुहुन्थ्यो । रुखको हाागाले टाउको फुटाएकै कारण रगत बगिरहेको थियो । बोलाउादा एकपटक हा भन्नुभयो, नाडी चलेको थियो । त्यसपछि तुरुन्तै सबै जम्मा भएर त्यहााबाट निकाली इमरजेन्सीमा पुर्यायौ । तत्कालै इमरजेन्सीमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाश, शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. अरविन्दा सिन्हा, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, विभागीय प्रमुखहरु भेला भए । डा. रन्जना देवकोटालाई बचाउन हर सम्भव प्रयास गरिए तापनि अन्तत : सफल हुन सकेन ।
स्व. रन्जना देवकोटाको निधनप्रति आइतबार प्रतिष्ठानले गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्तावमा भनिएको छ, स्नात्तकोत्तर कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०१४ मा :क ब्लबतयmथ मा भर्ना प्रथम बर्षमा अध्यनरत गोरखा मुचोक गाविस वडा नं. ४ घर भएकी देवकोटाको प्राकृतिक विपत्तिका कारण अप्रत्यासित एवम् असमायिक निधनले प्रतिष्ठान परिवारलाई मर्माहत र स्तब्ध तुल्याएको छ । प्रतिष्ठान आफ्नो एक होनेहार विद्यार्थी एवम् चिकित्सक गुमाउनु परेको पीडालाई शब्दमा व्यक्त गर्न असमर्थ छ ।
शोक प्रस्तावमा भनिएको छ स्व. डा. रन्जना देवकोटा सन् २००६ मा एमविविएस अध्ययनका लागि प्रतिष्ठान परिवारमा सामेल भई सन् २०१२ मा एमविविएस सफलतापूर्वक उत्तीर्ण गरी सन् २०१४ मा प्रतिष्ठानको स्नात्तकोत्तर कार्यक्रम अन्तर्गत एम.एस. एनाटोमीमा भर्ना भई अध्ययनरत रहनुहुन्थ्यो । डा. देवकोटाको एक कुशल चिकित्सक भई समाज एवम् राष्ट्रको सेवा गर्ने प्रतिवद्धतालाई अहिले समरण गर्दा उहााको निधनले उहााको परिवार र प्रतिष्ठानलाई मात्र नभई राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको छ । उहााको अध्ययनप्रतिको लगनशीलता, चिकित्सा क्षेत्रमा उहााको प्रतिबद्धता, स्वालम्बी स्वभाव, सद्व्यवहार एवम् असल गुण हाम्रा लागि सदा स्मरणीय रहनेछ, शोक प्रस्तावमा भनिएको छ ।
