मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१७ ईस्लामपुर स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान ८ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री बिराटनगर महानगरपालिका–१८ का ३० बर्षीय शुसिल मण्डललाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकचाँज गर्दा उनको साथबाट १२ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
