धरान । वडाले गरेको एक हप्ते मखमली जुता चप्पल बनाउने तालिमबाट धेरै कुरा सिकेको र यो तालिमबाट आत्मनिर्भर बन्न सकिने तालिममा सहभागी महिलाहरुले बताएका छन् । उनीहरुले सामुहिक रुपमा जुत्ता बनाउने फयाक्टूी सञ्चालन गर्न सके यहाँ सिकेको तालिम प्रभावकारी हुने बताउदै यसका स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । धरान उपमहानगरपालिका वडा नं. १६ ले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको एक हप्ते तालिम तालिममा सहभागीहरु महिलाहरुले प्रभावकारी भएको बताएका छन् । तालिम समापनका अवसरमा बोल्दै सहभागी विनाकुमारी पाँचकोटीले मखमली जुत्ता बनाउने तालिममा जनशक्ति बढी चाहिने भएकोले एक्लै नभई सामुहिक जुत्ता बनाउने फ्याक्टूी सञ्चालन गरे यहाँ सिकेको कुराको सदपयोगमात्र हैन, महिलाहरुले समेत आयआर्जन गरेर परिवारलाई सहयोग गर्न सकिने बताउनुभयो ।

यस्तै तालिममा सहभागी अर्की महिला लक्ष्मी राईले यो तालिम खाली तालिमको रुपमा नभई अवसरको रुपमा लिँदै सिकेको कुरालाई व्यवहार उतार्नुपर्ने बताउनु भएको छ । यी दुई महिला मात्र हैन २१ टोलसमितिमध्येबाट सहभागी १९ जना महिलाहरुले यस्तै कुरा बताएका थिए । जुत्ता बनाउने फ्याक्टूी एक्लै भन्दा पनि टोलमा रहेका महिलाहरुले सामुहिक रुपमा सञ्चालन गरे प्रभावकारी हुने बताएका थिए । वैसा २७ गतेदेखि एक हप्ता सञ्चालन भएको सो तालिममा सहभागीहरुलाई सिकेका कुरालाई व्यहारमा उतार्दै महिलाहरुले सामुहिक रुपमा फ्याक्टूी खोल्न धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले महिलाहरुलाई सुझाउनु भएको थियो । उहाँले सामुहिक रुपमा फ्याक्टूी दर्ता गरेरै सञ्चालन गरे वडाले आवश्यक पर्ने सामाग्रीदेखि लिएर सबै कुरामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिमको सहजीकरण मिन्दु वास्तोलाले गर्नुभएको थियो । तालिमममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । सो अवसरमा प्रशिक्षक वास्तोलाले सिकेका कुरालाई महिलाहरुले सही सदुपयोग गर्ने विश्वास व्यक्त गर्दै अन्य दिनमा पनि सहयोग गर्न जतिखेर पनि तयार रहने प्रतिबद्धता जनाउनु भएको थियो । तालिममा सहभागी महिलाहरुले उद्योमीको रुपमा अगाडि बढ्ने र सबैपक्षबाट सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।
