यतिबेला मुलुक वचरम अराजकतातर्फ उन्मुख भएको छ । मुलुक अराकजता र अस्थिरतातर्फ उन्मुख हुनुमा प्रमुख कारण सत्ता गठबन्धन राजनैतिक दलहरु नै हुन् ।
कुनै दलको भूमिका यसमा ज्यादा होला, कुनैको कम । तर मतियारहरु गठबन्धन दल नै हुन् । भर्खरैमात्र सम्पन्न उप निर्वाचनको परिणामले सत्ता गठबन्धन दलहरु स्खलितको दिशामा देखिएका छन् । सत्ता गठबन्धन दलका नेता, मन्त्री, सांसद कसैलाई कानुनी अंकुश लाग्दैन । उनीहरु कानुन भन्दा माथि छन् । अख्तियार यिनीहरुकै निगाहमा बाँचेको छ, अदालतभित्रका पात्रहरु यिनीहरुकै कोटाबाट नियुक्ति भएका छन् ।
लोकतन्त्र, प्रजातन्त्र या अन्य कुनै तन्त्र आफैमा पूर्ण हुँदैन । त्यसलाई पूर्णता दिने, मर्यादित बनाउने, जनतालाई विश्वास बनाउने काम तन्त्र हाँक्ने सुयोग्य पात्रले मात्र गर्न सक्छ । जबसम्म कुपात्रको आगमन हुन्छ त्यसपछि अराजकता र अस्थिरता मौलाउँदै जान्छ । छललकपटका साथ सत्तामा पुगेपछि आफ्नो स्वार्थका लागि मात्र सत्ता र शक्तिको प्रयोग हुन थाल्दा अराजकता र अस्थिरताले जरा गाँड्छ । मुलुक समृद्धिको मार्गचित्र वर्तमान गठबन्धन दलभित्रका कसैमा पनि पाइँदैन । अन्य देशका मुलुकलाई कसरी समृद्धिशाली बनाउने, युवाहरुलाई आफ्नै देशमा कसरी रोजगार दिलाउने, त्यसका लागि उद्योग धन्दाको समुचित व्यवस्थापन कसरी गर्ने, जनताका लागि राज्यकातर्फबाट प्रदान गरिने आधारभूत आवश्यकता कसरी पूरा गर्ने आदिका सम्बन्धमा वर्तमान गठबन्धनका मतियारहरुसँग कुनै योजना छैन ।
यिनीहरुलाई पाँच–छ पटक प्रधानमन्त्री, सांसद हुनुछ । यसैको आडमा लुट्नु छ । नेपाली काँग्रेसका सभापति ५ पटक प्रधानमन्त्री हुँदा के अविस्मरणीय काम गरे ? आफ्नै जिल्लामा सडक, अस्पताल, विद्यालय बनाउन सकेनन् । उनी कतिपटक प्रधानमन्त्री हुँदा आफ्नो जिल्लामा यी काम गर्न सक्छन् ? ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री बन्छस् भनेको छ भनेर कामलाई भमनदा पदर्ला प्राथमिकता कहिलेसम्म ? सत्ता बिना काँग्रप्ेस बाँच्नै नसक्ने अवस्थामा पुगेको छ । यसका लागि हिजो आफ्नै पार्टीका कार्यकर्ताको हत्या गर्ने, उनीहरुको श्रीसम्पत्ति कब्जा गर्नेहरुसँगै बिना संकोच, विना हिच्किचाहट गठबन्धन गर्छ । काँग्रेसको नेतृतवले गरेको यही गठबन्धनले काँग्रेसप्रति आम कार्यकर्ता, आम मतदाताहरुमा घृणा पैदा भएको छ । हैसियत र जनाधार नभएकाहरु काँग्रेसको वैसाखी टेकेर वैतरणी पार गरिरहेका छन् । तर अब त्यो अवस्था छैन । भर्खरै तनहुँ र चितवनको उप निर्वाचनको परिणामले काँग्रेसलाई सच्चिन सन्देश दिएको छ । नसच्चिए काँग्रेस सिद्धिन्छ । मुख्य नेतृत्व उप निर्वाचन अवधिभरि न तनहुँ गयो न चितवन झ¥यो । आम युवाहरुबीच थोरै आशाको रुपमा हेरिएका काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपनिर्वाचनसँगै घृणाका रुपमा मतदाताहरुले हेर्न थालेका छन् । यी दुवैले निर्वाचन अवधिभरि कहिल्यै एजेण्डा मतदाताबीचमा पस्केनन् । अन्य दलका उमेद्वारलाई गाली गरेरै यिनले समय व्यथित गरे । जसको परिणाम हाल देखिएको छ ।
