साना व्यवसायी राज्यबाट उपेक्षित

धरान । साना व्यवसायीहरुलाई राज्यबाट हेर्ने दृष्टिकोणमा कहिल्यै परिवर्तन नआएकोे व्यवसायीहरुले बताएका छन् । नेपाल साना उद्योग व्यवसायी संघ प्रधान कार्यालय धरानको २२ औ साधारणसभा तथा १० औ अधिवेशन कार्यक्रमका अवसरमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।धरान २० माछामारामा रहेको गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष झलकमान श्रेष्ठले साना व्यवसायिक अहिले पीडामा रहेको बताउनुभयो् । उहाँले कोरोना सक्रमणको असर अहिलेसम्म रहेको बताउनुभयो । उहाँले साना व्यवसायीको व्यवसायिक सुरक्षामा ध्यान दिन नसकेको गुनासो पोख्नुभयो
उहाँले यसको बाबुजुद पनि संघले अहिले ६ जिल्लामा शाखा खोलिसकेको बताउनुभयो । सानो लगानीमा सञ्चालनमा आएका यस्ता व्यवसायीहरुलाई राज्यबाट बढी कर असुली गर्ने, थेग्न नसक्ने गरी भएको घरभाडाका कारण व्यवसायबाट नै विस्थापित हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
यस्तै नेपाल साना उद्योग व्यवसायी संघका महासचिव उद्धव पौडेलले आन्तरिक राजस्व कार्यालयले आयोजना गरेका हरेक कार्यक्रममा साना व्यवसायीहरुको पीडाका विषयमा सुनाउने गरे पनि त्यसको सुनुवाई नहुने गरेको बताउनुभयो । साना व्यवसायीहरुलाई परेका पीडा, व्यवसायिक कठिनाई, व्यवसायिकको हक अधिकारका विषयमा समय समयमा सम्बन्धित पक्षसँग कुरा उठाएको भए पनि समस्या समधान नभएको बताउनुभयो ।सो अवसरमा ७ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा धार्मिक अभियन्ता तथा समाज सेवी पितरुमाल अग्रवाल, समाज सेवी अनिता अटल, समाजसेवी पण्डित केशव अधिकारी, समाजसेवी इन्द्रनाथ वास्तोला र सञ्चारकर्मी विनय प्रधानलाई सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया