धरान । पूर्वाञ्चल विश्व विद्यालयको आइतबार भएको ११ औं दिक्षान्त समारोहमा ६ हजार ५ सय १३ जना विद्यार्थी दिक्षित भएका छन् । दिक्षित हुनेहरुमा स्नाकोत्तर तर्फ १ हजार ४५, स्नातकतर्फ ५ हजार ४ सय ६२ र एमफिल तर्फका ६ जना रहेका छन् । मोरङको सुन्दर हरैचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयका विभिन्न ६ वटा संकायतर्फका ती विद्यार्थीहरु शनिवार दिक्षित भएका हुन् । जसमा कला संकायतर्फबाट स्नातकमा ९२, स्नाकोत्तरमा ४३ जना, शिक्षातर्फ स्नातकमा ३ सय ५४, स्नाकोत्तरमा १ सय ४४८, कानुनतर्फ स्नातकमा १ सय १९, स्नाकोत्तरमा १ सय ७, व्यवस्थापनतर्फ स्नातकमा १ हजार २ सय ४२, स्नाकोत्तरमा ६ सय २४, चिकित्सा शास्त्र संकायतर्फ २ हजार १ सय १४, स्नाकोत्तरमा १०, विज्ञान तथा प्रविधितर्फ स्नातकमा १ हजार २ सय ६१, स्नाकोत्तरमा १ सय २३ जना विद्यार्थी दिक्षित भएको विश्व विद्यालयले जनाएको छ । हाल पूर्वाञ्चल विश्व विद्यालयमा ३५ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

सो अवसरमा बोल्दै पूर्वाञ्ल विश्व विद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताएका थिए । प्रदेश नं १ मा प्रदेशको नमांकनलाई लिएर आन्दोलन गर्दै आएका पहिचानवादीहरुको आन्दोलनलाई मध्यनजर गर्दैै कडा सुरक्षाको व्यवस्थाका बीचमा बोल्दै प्रधानमन्त्री दाहालले आगामी शैक्षिक सत्रदेखि एमविविएसको कक्षा सञ्चालन गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने समेत बताउनु भएको थियो ।
