बराहक्षेत्र । छैटौँ अन्तर्राष्टिूय आमन्त्रिम गोल्डकपको फाइनलमा काठमाण्डौको डिवाइन व्याइज युनियन फाइनलमा प्रवेश गरेको छ । न्यु स्टार क्लबको आयोजनामा सोमबार जगन्नाथ डेजराज जनता माविको खेल मैदानमा भएको दास्रो सेमि फाइनलमा पाहुना टोली भारतको कञ्चनजंघा क्लबलाई १ गोलका विरुद्ध ४ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हापको ३ औँ मिनेटमा ब्वाइज युनियन काठमाडौँका खेलाडी हरि कठायतले पाएको सुनौलो अवसर गोलमा परिणत गदै आफ्नो टिमको खाता खोलेका थिए । यस्तै १५ मिनेटमा युनियनका खेलाडी रुपेश क्षेत्रीले थप एक गोल गरी टिमलाई दुई गोलको अग्रता दिलाएका थिए भने खेलको ३६ औं मिनेटमा हरि कठायतले थप १ गोल गरि ३ गोलको अग्रता दिलाएका थिए । यस्तै युनियनको तर्फबाट क्याप्टेन सुशान्त लामाले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए भने पाहुना टोली कञ्चनजंघा क्लबको तर्फबाट ४७ औ मिनेटमा अनिष राईले एक गोल गरेर आफ्नो टिमको खाता खोलेका थिए । सोमबार भएकोको खेलको म्यान अफ द म्याच ब्वाइज युनियनका २ गोल गर्ने खेलाडी हरि खठायत घोषित भए । । उनले नगद रु ५ हजार प्राप्त गरे । चैत्र २२ गते बुधबार ब्वाइज युनियन र प्लानिङ ब्वाइज युनाइटेटबीच हुने आयोजकले जनाएको छ । प्रतियागितामा विजेता टिमले ४ लाख नगद, उपविजता हुने टिमले २ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
