भारतीय भूपू सैनिकहरुको उपचारका लागि भोजपुरमा एम्बुलेन्स सहित पोलिक्लिक सञ्चालन हुँदै रक्षा सहचरी शर्माद्वारा वीर नारीको सम्मानसँगै वीर पदक पाउने सैनिकहरुको सूचि बोर्ड उद्घाटन

धरान । काठमाण्डौस्थित भारतीय राजदूतावासका रक्षा सहचरी कर्णेल अमितकुमार शर्माले बीर नारी पदक प्राप्त गर्ने भारतीय भूतपूर्व सैनिकहरुको सूचिबोर्ड उद्घाटन गर्दै राष्ट्रपति प्रमाणपत्र, अशक्तहरुलाई ह्विल चियर, वाकिङ एड , भूपू परिवारमा सामेल हुनु भएकाहरुलाई फस्ट पेमेन्ट भौचर र बीर नारीहरुलाई सम्मान गर्नुभएको छ ।

रक्षा सहचरी शर्माले भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानद्वारा विहीबार आयोजित भूपू सैनिकहरुको ¥यालीलाई सम्बोधन गर्नु अगाडि सम्मान तथा उद्घाटन गर्नुभएको हो । त्यसभन्दा अगाडि रक्षा सहचरी शर्माले मंगलबार भोजपुरस्थित भारतीय डिष्ट्रिक सोल्जर बोर्डको भ्रमण गर्नुभएको थियो । उहाँले भोजपुरमा निर्माण हुदै गरेको पोलिक्लिन इनफ्रास्टचरको निरीक्षण गर्नुभएको थियो । भोजपुरमा एक महिना पछि दक्ष चिकित्सक र अत्याधुनिक एम्बुलेन्स सहितको पोलिक्लिन सञ्चालन हुने भएको छ ।

 

विश्वमा वीरताको रुपमा चिनिएका गोरखाा सैनिकहरुको नाम सुन्नासाथ आज पनि वैरीहरुको शरीर काँप्ने गर्दछ । रौँ ठाँडा हुने गर्दछ । युद्धका क्रममा विभिन्न कालखण्डमा बैरीहरुलाई परास्त गर्ने वीर सैनिकहरुको पहिलो पटक पेन्सन वितरण कार्यालय धरानले कार्यालय हातमा तयार गरेको सूचि बोर्डको रक्षा सहचरी शर्माले औपचारिक रुपमा समुद्घाटन गर्नुभएको थियो ।  सूचीबोर्डमा सूचिकृत वीर सैनिकहरुलाई उहाँले दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो । त्यसरी सम्मानित हुनेहरुमा 6/5 Gr का किर्तिचक्र विजेता सुवेदार जगतबहादुर घलेकी श्रीमति अम्बिका घले, वीर चक्र विजेता 1/11 Gr का सुवेदार होनरेरी क्याप्टेन तिलबहादुर राई, वीर चक्र विजेता 7/11 GR  का नायक धनबहादुर राई, सूर्य चक्र विजेता 3/11 Gr का ज्ञानबहादुर लिम्बुकी श्रीमति तेजकुमारी लिम्बु, सूर्यचक्र विजेता 5/11 Gr का सोरमान राई, सूर्य चक्र विजेता १८ आसाम राइफल्सका लेफ्टिनेन्ट कर्णेल कर्णबहादुर राई रहनु भएको थियो । यसैगरी चारजना अशक्त भूपू तथा तिनका आश्रित परिवारलाई ह्विल चियर र वाकिङ एड प्रदान गरिएको थियो ।

यसैगरि रक्षा सहचरी कर्णेल शर्माले जेसिओ र अनेरी कमिशन अफिसरको पदोन्नतिमा भूपूहरुको उच्च कदर गर्दै भारत सरकारको सर्वोच्च पदमा आसिन राष्ट्रपतिद्वारा प्रदान गरिने राष्ट्रपति प्रमाणपत्र पाँच जनालाई प्रदान गर्नुभएको थियो । त्यसरी राष्ट्रपति प्रमाणपत्र प्राप्त गर्नेहरुमा 6/11 Gr का सुवेदार धनबहादुर तामाङ, 1/11 Gr  का सुवेदार होनेरी लेफ्टिनेन्ट लालबहादुर राई, 3/11 Gr का सुवेदार गोपालबहादुर ब्लोन, 11Gr का सुवेदार उत्तमसिंह राई, डिएससी नायव सुवेदार अमृतकुमार तामाङ्ग हुनुहुन्थ्यो । त्यसैगरि भारतीय सेनामा रहँदा कडा मेहनत गरी हालै सेवा निवृत्त हुनु भएका ५ जनालाई रक्षा सहचरी शर्माले First Payment Voucher प्रदान गर्नुभएको थियो । First Payment Voucher ग्रहण गर्नेहरुमा 1/11 Gr का  सुवेदार क्षितिज श्रेष्ठ, 4/1 Gr का सुवेदार हरिकाजी गुरुङ, 1/5 Gr का स्व. हरिमान मगरकी श्रीमति पदमकुमारी थापा, 5/11  Gr का उदयबहादुर राईकी  छोरी गंगा राई, 1/11 Gr कै उदयबहादुर राईकी श्रीमति सेतीमाया राई रहनु भएको थियो । यसैगरि ¥यालीमा सहभागी वीर नारीहरुलाई श्रीमति सारिका शर्माले उपहार सहित उच्च सम्मान गर्नुभएको थियो । त्यसरी उपहार सहित उच्च सम्मान पाउने वीर नारीहरुमा 11 Gr का जिआरका भक्तबहादुर लिम्ब्ुकी श्रीमति सुखमाया लिम्बुनी, 3/8 Gr का नरबहादुर क्षेत्रीकी श्रीमति धनमायाँ क्षेत्री, 4 Gr का गम्भीरबहादुर गुरुङकी श्रीमति तिलककुमारी गुरुङ, 1/11 Gr का कर्णबहादुर लिम्बुकी श्रीमति विष्णुमाया लिम्बु, 2/11 Gr  जनक राईका श्रीमति मायाँ राई, 1/11 Gr का जितबहादुर लिम्बुकी श्रीमति दिलकुमारी लिम्बु, 3/1 Gr पर्शुराम गुरुङकी श्रीमति चन्द्रकला गुरुङ, 3/11 Gr ज्ञानबहादुर लिम्बुकी श्रीमति तेजकुमारी लिम्बु, 1/9 Gr का अमरबहादुर कटुवालकी श्रीमति भुमादेवी कटुवाल, 11 Gr का विमल तामाङ्गकी श्रीमति नरमायाँ तामाङ र 7/8 Gr का नरबहादुर श्रेष्ठकी श्रीमति कृष्णकुमारी श्रेष्ठ रहनु भएको थियो ।

सो अवसरमा पेन्सन वितरण कार्यालय धरानको प्रांगणमा जम्मा हुनु भएका भारतीय भूतपूर्व सैनिकहरुलाई सम्बोधन गर्दै रक्षा सहचारी कर्णेल अमितकुमार शर्माले भन्नुभयो मेरो लागि आज धेरै सौभाग्यको दिन हो । तपाईहरुसँग भेट्ने इच्छा थियो, समयले जुराई दियो । आफ्नो अमूल्य समयको प्रवाह नगरी उपस्थित हुनु भएकोमा सबैलाई धन्यवाद छ । उहाँले आफ्नो धरान भ्रमण तेस्रो भएको समेत बताउनु भयो । सन २०२१, २०२२ र २०२३ मा यहाँ आउन पाएँ । फेरि पनि दुई पटक आउने इच्छा छ । उहाँले भन्नुभयो विगत एक बर्ष यता हामीले तपाईहरुका लागि धेरै सेवा सुविधा उपलब्ध गराएका छौं । तपाईहरुले आफ्ना गुनासाहरु प्रभारी अधिकारी मेजर भरत कनौजिया, इसिएचएस डाक्टर मुरलीकृष्ण समक्ष राख्दा त्यसमा हामीले पहल गर्न सकेका हौं । तपाईहरुका कुनै प्रकारका गुनासा भएमा निर्धक्क आफूलाई जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो । भूपूहरुका लागि भारत सरकारले इसिएचएस बाट धेरै सुविधा उपलब्ध गराएको छ । औषधि कहाँ पाउने, उपचार कसरी गर्ने भन्ने कुरा तपाईहरुलाई लागेको होला । पूर्वी नेपालका भूपूहरुलाई अलिकति अप्ठेरो छ । पहिला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इम्पाइमेन्ट थियो । हाल विराट मेडिकल कलेज र निकट भविष्यमा नोबल मेडिकल कलेजबाट सम्पूर्ण उपचार सुविधान पाउनु हुनेछ ।

उहाँले भन्नुभयो धरानमा एउटामात्र पोलिक्लिनिक छ । टाढाबाट आउँदा तपाईहरुलाई समस्या भएको होला । अब पोलिक्लिनक विस्तार गर्दै लैजाने योजना अनुसार भोजपुरमा एक महिना भित्रमा सञ्चालन हुने उहाँले  जानकारी दिनुभयो । अत्याधुनिक एम्बुलेन्सको सुविधासहित भोजपुरबाट पोलिक्लिनिक सुविधा पाउने उहाँले सुनाउनु भयो । भोजपुरको पोलिक्लिनिकमा इलामका भूपूहरुलाई पुग्न कठिन हुन्छ, तेह्रथुमका भूपूहरुलाई पनि अप्ठेरो हुन्छ । उहाँले अब धरानमा भएको इसिएचएस मा भूपूहरुले ७ः३० बजे नै प्रि फास्टिङको ब्लड टेष्ट गर्न सक्नुहुन्छ । पहिला ९ बजे मात्र ल्याब शुरु हुन्थ्यो । रक्षा सहचरी शर्माले भन्नुभयो पेन्सन पेइङ्ग कार्यालय धरानले भूपू र भूपूका परिवारको क्षमता अभिवृद्धिमा धेरै काम गर्दैै आएको छ । व्युटिसियन, टेलरिङ्गको तालिमसँगै हाल कम्प्युटरको कोर्ष गर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो भारतमा पेन्सन लिने भूपूहरुले पेन्सन एप आफ्नो मोवाइलमा डाउनलोड गरेर हेर्नुहुन्छ । नेपालमा हामीले पेन्सन मोवाइल एपको स्वीकृति लिइसकेका छौं । चाडै नै यो एपबाट तपाईहरुको आफ्नो पेन्सनको अवस्था, डकुमेन्ट, लाइफ सर्टिफिकेट सबै घरैमा बसेर प्राप्त गर्न सक्नुहुनेछ । उहाँले भन्नुभयो काम विशेषले काठमाण्डौ जाने भूपूहरुका लागि भारत सरकारले सोह« खुट्टेमा आवासको व्यवस्था गरेको जानकारी दिनुभयो ।

¥यालीका क्रममा भारतीय भूतपूर्व सेनाहरु देशकुमार राई, गोपाल तामाङ, केके राई, श्रीप्रसाद राई लगायतले रक्षा सहचरी शर्मासँग केही जिज्ञासाहरु राख्नु भएको थियो । भारतमा फौजमा रहँदा लिएको भारतीय लाइसेन्स नेपालमा हाल क्यान्सिल गरेर नेपाली लाइसेन्स लिन गाह«ो भएको भूपूको जिज्ञासामा पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले नेपाल सरकारमार्फत प्रक्रिया अगाडि बढिसकेको बताउनु भएको थियो । आसाम राइफल्स र भारतीय सेनामा पेन्सन फरक रहेको प्रति शर्माले यसमा हामीले केही गर्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो भारतीय सेना चाँडै सेवा निवृत्त हुन्छ भने आसाम राइफल्समा ६० बर्ष सम्म काम गर्न पाइन्छ । विगत दुई बर्ष देखि रिक्रुट भर्ति बन्द भएको प्रति राखिएको अर्को जिज्ञासामा रक्षा सहचरी शर्माले भन्नुभयो भारतीय सेनामा जानेहरुले अब सरकारको निर्णय अनुसार अग्नी वीर मार्फत जानुपर्छ । जसमा नेपाल सरकारले हालसम्म कुनै निर्णय दिएको छैन । निर्वाचन पछि आउने सरकारले यसमाथि निर्णय गर्ने भनिएको थियो, सरकारले निर्णय गरेपछि चाडै प्रक्रिया वा शुरु हुन्छ उहाँले भन्नुभयो । ¥यालीको सञ्चालन पेन्सन वितरण कार्यालय धरानका एडम्स कृष्णकुमार राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया