धरान । प्रदेश नं. १ को नाम वहुमतले कोशी पारित भएपछि पहिचानवादीहरु शशक्त आन्दोलनमा उत्रिएका छन् । उनीहरुको एक सुत्रीय माग कोशी नाम खारेज हुनुपर्ने रहेको छ । पहिचानवादीहरुलाई पाखा लगाएर लगाएको नाम आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलन चर्काउदै आएका छन् । उनीहरु प्रदेश सरकारमाथि नै आक्रमक शैलीमा उत्रिएका छन् । अझ प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ओखलढुंगामा पुगेर कोशी प्रदेश नामको विकल्प नभएको, यो नाम वहुमतले पारित गरेको भन्ने अभिव्यक्तिप्रति आक्रोसित मुख्यमन्त्रीप्रति आक्रमण्क बनेका थिए ।
एक कार्यक्रममा सहभागी आइतबार खोटाङ पुगेका मुख्यमन्त्री हिकमत कार्कीले सार्वजनिक कार्यक्रममा प्रदेशको पुनः नामकरणबार कुनै छलफलसमेत हुन नसक्ने अभिव्यक्ति दिएपछि पहिचानवादीहरु आक्रोसित बनेका थिए ।

प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुष्ट पक्षले मुख्यमन्त्री कार्कीले सार्वजनिक स्थलमा पुन ः नामाकरणबारे केही नहुने अभिव्यक्ति दिएपछि सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले कार्कीको गाडीमा राखेको झण्डा थुत्न भ्याएका थिए । कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेका दिए । त्यसबेला उनीहरुले मुख्यमन्त्री मुर्दाबाद, प्रदेशको नाम कोशी खारेज गर लगायतका नारा लगाएका थिए भने प्रदर्शनकारीहरुले कालो झण्डा समेत देखाएका थिए । मुख्यमन्त्रीमाथि आक्रमणको प्रयास भएपछि प्रहरी प्रशासनले प्रदर्शनकारीहरुलाई तितरवितर बनाएको थियो । विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदेशको पुनः नामकरण गरि पहिचान कायम गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले प्रदर्शन गरिरहेको बेला मुख्यमन्त्री कार्कीले कोशी नाममा सबैको पहिचान र अपनत्व रहेको भन्दै त्यसबारे अब छलफलसमेत नहुने अभिव्यक्ति दिएपछि आन्दोलनकारी आक्रोशित भएका थिए । उनले दिएको प्रतिक्रिया पछि ओलखढुंगाबाट फर्कने क्रममा उनी सवार गाडीमाथि आक्रमणको प्रयास भएको हो । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेका थिए् । आन्दोलनकारीले मुख्यमन्त्री चढेको गाडीमा आक्रमण प्रयास गरेपनि प्रहरीले उनीहरुको प्रयास विफल बनाएको थियो । आन्दोलनकारीले गाडीमा प्रहार गर्नुको साथै झण्डा थुतेर फालिदिएका थिए । प्रहरीले सुरक्षा दिएर मुख्मन्त्रीलाई अगाडि बढाएको थियो । रुम्जाटारमा भएको एक कार्यक्रममा कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नाम कोशी सर्वस्वीकार्य नाम भएको र यसलाई परिवर्तन गर्न नसकिने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए–‘कोशी नाम मानव जीवनसँग जोडिएको नाम हो, यसलाई सबैलै स्वीकारिसकेका छन् यो परिवर्तन हुन सक्दैन ।’ उनले सो अवसरमा पहिचानवादीहरुले नै जिताएर पठाएका संसदहरुको वहुमतले कोशी प्रदेश नाममा समर्थन जनाएको बताउँदै कोशी प्रदेशको नाममा विरोध जनाउँदै गरिएको आन्दोलन औचित्यहीन भएको बताएका थिए । मुख्यमन्त्रीको अभिव्यक्ति पछि उनीहरु आक्रोशित बन्दै आएका हुन् । प्रदेश नं. १ को नाम कोशी प्रदेश भएपछि सम्पूर्ण पहिचानवादीहरु एक ठाउँमा उभिएर प्रदेश नं. १ पुन ः नामाकरण संयुक्त समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् । प्रदेशको नाम खारेजीको माग राख्दै आएका उनीहरुलाई मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले अझ रुष्ट बनाएको छ । उनीहरुले सरकारले जति जति आन्दोलन दबाउने प्रयास गर्छ त्यति त्यति आन्दोलन सशक्त हुने चेतावनी दिँदै आएका छन् । निरन्तर आन्दोलनमा होमिएका पहिचानवादीहरुले आइतबार विराटनगरमा विशाल प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदर्शन रोक्न निषेधाज्ञा समेत जारी गरेको थियो । तर, उक्त निषेधाज्ञा तोडेर उनीहरूले प्रदर्शन गरे । ढुंगामुढा भएको थियो भने प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो ।
