फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा

मोरङ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रहरी सहायक निरीक्षक वाग्लेलाई गस्तीको क्रममा धनकुटाको साँगुरीगढी–६ बाट ७० किलोग्राम गाँजा र साँगुरीगढी–८ को सडक खण्डमा को. १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम गाँजा बरामद गर्न सफल रहेको र प्रहरी हवल्दार दाहालले बुढीगंगा गाउँपालिका–२ मा नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारको हत्यामा संलग्न संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको, सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी रायको हत्यामा संलग्न उनकै श्रीमान शैलेन्द्र रायलाई पक्राउ गर्न सफल भएको भन्दै फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

तपाईको प्रतिक्रिया