बन्द गर्न गएकालाई मेयरले उल्टै सम्झाएर पठाइदिए

धरान । पहिचानवादीहरुको आन्दोलनलाई समर्थन गदै एक दिन स्थानीय तह बन्द गरिदिन आग्रह गर्न पुगेका आन्दोलनकारीहरुलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उल्टै सम्झाएर पठाउनुभएको छ । कोशी प्रदेश नामाकरण  खारेजीको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले स्थानीय तह मातहतका सबै कार्यालय बन्द गराउन नगरप्रमुख साम्पाङलाई आग्रह गर्न पुगेका उनीहरुलाई कोशी प्रदेश नामाकरणको विषयमा स्थानीय तहको भूमिका केही नरहने बताउनुभएको थियो ।


नगर प्रमुखको कुर्सीमा बसेर स्थानीय तह बन्द गराउने परिकल्पना गर्न नसकिने नगरप्रमुख साम्पाङको जवाफ थियो । आन्दोलनकारीसमेत जनताको आवाज बोकेर आन्दोलन गरिरहेको र आफू पनि जनताकै कामका लागि नगरपालिकामा बसेकाले आफ्नो ध्यान जनताको काम गर्नेमै  रहेको जानकारी गराउनुभयो ।  नगरप्रमुखको जवाफपछि संघर्ष समितिका अमर इजमले आमहड्तालका विषयमा स्थानीय सरकारलाई जानकारी गराउनु पर्ने भएकाले आन्दोलनकारीको दायित्व  पूरा गरेको बताउनुभयो । उहाँले मेयर साम्पाङले भनेको कुरा सही भएको बताउदै उहाँले आफ्नो ठाउँबाट दिने जवाफ त्यही हुने बताउनुभयो । प्रदेश न १ पुनः नामाङ्कन संघर्ष समिति बन्द कार्यक्रमका संयोजक किरात राई यायोक्खाका सुनसरी अध्यक्ष राजेन्द्र राई, लिम्बुवान मन्च सुनसरीका अध्यक्ष अमर इजम लगायतका संघर्ष समितिका कार्यकर्ता नगरप्रमुखको कार्यकक्षमा पहिचानवादीको बन्दमा सहयोग गर्न एक दिन स्थानीय सरकार मातहतका सम्पूर्ण कार्यालय बन्द गरिदन आग्रह गर्दै पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया