धनकुटा–धरान एकता समाजद्वारा वृहत स्वास्थ्य शिविर सञ्चालन : एकसय दश जनाको परीक्षण

धरान । हाम्रो अभियान स्वस्थ नागरिक समुन्नत समाजको नारा लिएर एक बर्ष अगाडि गठन भएको धनकुटा–धरान एकता समाजले शनिवार वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पक्षघात समूह (Stroke team ) का बरिष्ठ चिकित्सक, स्टाफ नर्सको सहयोगमा आयोजक धनकुटा–धरान एकता समाजद्वारा सञ्चालित स्वास्थ्य शिविरमा १ सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।


विभिन्न कालखण्डमा अवसर,  रोजगारी तथा अन्य कारणले आफ्नो पैतृक थाँतथलो धनकुटाका विभिन्न स्तानबाट धरान आई स्थायी बसोबास गर्दै आएका धनकुटेलीहरुको साझा मञ्च धनकुटा–
धरान एकता समाजले स्वास्थ्य शिविर लगायतका सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । स्वास्थ्य शिविर सञ्चालन हुनुभन्दा अगाडि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका न्यूरो फिजिसिएन डा. भुपेन्द्र साह, न्यूरो सर्जन डा. आलोक दाहाल, न्यूरो साइक्रियाटिक्स डा. सञ्जिवकुमार मिश्र, जनरल फिजिसियन,फेलोसिप इन डाइबिटिज डा. अजय यादव, बरिष्ठ नशाा रोग विशेषज्ञ (अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स एम्सबाट पिएचडी गर्नुभएका) डा. निशान्त मिश्र, डा. ऊर्जा भट्टराई लगायतका चिकित्सकहरुले पक्षघातको लक्षण, उपचार, पद्धति लगायतका सम्बन्धमा जानकारी गराउनु भएको थियो । सो अवसरमा न्यूरो फिजियसियन डा. भुपेन्द्र साहले भन्नुभयो, पक्षघात धेरै कारणबाट हुन्छ । यदि कसैलाई प्रेसर छ उसले प्रेसर नापिरहनु पर्छ । प्रेसर १४० वा १५० भएमा नियमित चिकित्सकसँग सम्पर्क राख्नुपर्छ । प्रेसर कोल्डस्टोर, डाइबेटिज, चुरोट, बिडी, हुक्का, अल्कोहल सेवन गर्नेहरुमा पक्षघातको उच्च जोखम रहन्छ । नियमित एक्सरसाइज नगर्नेहरुमा पनि पक्षघातको जोमिख रहन्छ । यी यावत कारणले मस्तिस्कमा रहेको कोसिकाहरु ब्लक हुने, फुट्ने हुन्छ जसका कारण मानिसमा पक्षघात हुन्छ । उहाँले भन्नुभयो रगतको नली ब्लक भएमा चारदेखि साढे चार घण्टाभित्रमा अस्पताल पुग्नेहरुको औषधिद्वारा उपचार सम्भव हुन्छ । रगतको नली फुटेर ३० एमएल रगत मस्तिस्कमा जम्मा भएमा त्यसको अप्रेसन नै गर्नुुपर्ने हुन्छ । पक्षघातको उपचार गर्न एउटा सिटिस्क्यान गर्दा हुन्छ । बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सम्पूर्ण सुविधा छ । दैनिक १५–२० वटा सिटिस्क्यान हुँदै आएको, अस्पताल प्रशासनले पक्षघातका  विरामीहरुको सुविधालाई ध्यान दिएर प्रतिष्ठानको फार्मेसीमा पर्याप्त औषधिको व्यवस्था गरेको सुनाउँदै डा. साहले पक्षघात भएकमा लकुवा लागे छ निको हुँदैन भन्ने भ्रम नराख्न समेत आग्रह गर्नुभयो । न्यूरो सर्जक डा. आलोक दाहालले कुनैपनि पक्षघातका विरामीहरु नली नै फुटेर आउन नपरोस भन्दै त्यस्तो अवस्थामा अप्रेशनको विकल्प नरहने बताउनुभयो । खानपिन लगायतका कुरामा ध्यान दिएमा पक्षघातको सम्भावना न्यून हुने भन्दै BEFAET अर्थात ब्यालेन्स, आँखा एक्कासी धमिलो हुने, कुरा गर्दा गर्दै मुख बाँगिने, हातखुट्टा लुला भएर साइड नचल्ने, बोली लर्बराउने भएमा समयको ख्याल गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो रक्त नली फुटेर आएका विरामीहरुको सम्भवत अप्रेशन नै गर्नुपर्छ । त्यसपछि उसलाई आइसियुमा राख्नुपर्छ । खर्चपनि त्यस्तै हुन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्त नली फुटेका  विरामीहरुको अप्रेशन खर्च करिब ३५ हजार रहेको तर अन्यत्र अढाई तीनलाख रहेको समेत उहाँले जानकारी  गराउनुभयो । चालु महिनामा मात्र आफूले १४ जना पक्षघातका  विरामीहरुको अप्रेशन गरेको उहाँले सुनाउनुभयो । यस्ता विरामी प्राय ः सबै खरायाबाट आएका थिए । कोशी प्रदेशको एकमात्र बरिष्ठ न्यूरोलोष्जिष्ट, अल इन्डिया मेडिकल साइन्स एस्म्बाट पिएचडी गर्नुभएका डा. निशान्त मिश्रले भन्नुभयो गलत खानपिन पक्षघात नियन्त्रणको उपाय हुन्छ । प्रत्येक मिनेटमा २० लाख नशाहरुको मृत्यु हुन्छ । जति ढिलो ग¥यो त्यति नै नशाहरु नष्ट हुँदै जान्छ । जति छिटो अस्पताल पुग्यो् त्यति नै छिटो औषधिले नसाहरु खोल्न सकिन्छ । उहाँले भन्नुभयो नशा ब्लक भएर वा नशा फुटेमा पक्षघात हुन्छ । सिटिस्क्यान गरेपछि फुटेको ठाउँ सेतो देखिन्छ, ब्लक भएर नसा सुकेको ठाउँ कालो  हुन्छ । उहाँले कामना गर्नुभयो सिटिस्क्यानमा सेतो भाग पक्षघात भएका विरामीहरुको नदेखियोस् । पक्षघातका विरामीहरुको टाउकोमा मर्न लागेका नशा र मरेका नाशा गरी दुईप्रकारका हुन्छन् । मर्न लागेकालाई उपचारले, औषधिले ठीक गर्न सकिन्छ तर मरिसकेकाको हकमा यो सम्भव हुँदैन । सो अवसरमा धरान उपमहानगरपालिका वडा न. १२ का वडाध्यक्ष टंकबहादुर राईले नेपालमा पछिल्ला दिनमा सामाजिक संघ संस्थाहरु राजनीतिको अखडा बन्दै गएको छ । धनकुटा–धरान एकता समाज सामाजिक गतिविधिमा मात्र केन्द्रित रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो जातजातिका नाममा खुलेका संघ संस्थाहरुमा आफू कहिल्यै उपस्थित नहुने दोहो¥याउँदै वडाध्यक्ष राई समाज  राजनीतिबाट अलग भएर आगामी दिनमा यस्ता स्वास्थ्य शिविर दुरदराजसम्म सञ्चालन गर्न सकोस् भन्दै शुभकामना दिनुभयो । समाजका अधयक्ष गंगाप्रसाद रेग्मीको सभभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चाल समाजका उपाध्यक्षले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया