झापा । झापाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भिœयाउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । झापाको सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय काँकरभिट्टा, प्रहरी चौकी सतिघट्टा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भिœयाउदै गरेको अवस्थामा घर्रामा प्रयोग हुने १५० जोर स्लाईड च्यानल, २५ के.जि. सुपाडी, कपडा र खाधान्नका सामान समेत गरको हो । बराद गरेको सामानको मूल्य २ लाख ४० लाख ५ सय रुपैया बराबरको रहको प्रहरीले जनाएका छ । बरामद गरेको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

