धमकेदार इन्ट्री
पद बिना लामो समयदेखि डुकु भएर बसेका रामचन्द्रे बाजेले नौ वटा थांग्ना ओगटेकाले लाज छोपेर राष्ट्रपतिको बुटे जामा पहिरिएछन् । राष्ट्रपतिको बुटे जामा पहिरिएकै दिन सडक जाम गरेर धमकेदार इन्ट्री पशुपतिमा गरेछन् । माने बुट्टे जामा पहिरिएर सडक रित्तै बनाएर पशुपतिको दर्शन गर्न पुगेछन् । राष्ट्रपति कस्तो हुनुपर्छ म देखाउँछु भन्थे बाजे सुरुमै देखाइहालेछन् । हुन त हाम्रा देशको रोग हो ठाममा नपुगुन्ज्याल साधु विरालो भन्ने पदमा पुगेसी धमाधम औकात देखाउने । बाजेले यस भन्दा अगाडिकी राष्ट्रपतिको कम्ता खोइरो खन्या होइन । राष्ट्रपति हिँड्दा सर्वसाधारणलाई दुःख दिनु लोकतन्त्रको उपहास हो भन्थे । अन्तेमा त बाजे पनि उही ड्याङको मुला नै निस्किए । विचरा शितल निवास छि¥या छन् बल्ल वल्ल सक्तो सराप गर्नेहरुको ओइरै लागि सक्या छ । अब कुन दिन एक पाने वक्तव्य निकालेर जाम आफूले नभएर प्रोटोकलले गराएको हो भन्न बेर लगाउँदैनन् ।
फेरि बलिदान दिनुपर्छ रे
हिसिालाको पाइको हिजोआज दिमागले काम गर्न छोड्या जस्तो छ । हिजोसम्म प्रचण्डाउको उछितो काढ्ने हिसिालाको जोई रातारात पर्लक्कै पल्टिएका छन् । प्रचण्डाउले क्यान्टोमेन्टका लडाकुको ९ अर्ब झ्याम पारेकै कारण आफूले माउवादी छोडेको भनेर खुल्ला मञ्चमा बुरुक बुरुक उफ्रन्थे । ९ अर्ब झ्याम पारेको प्रमाणित गर्न नसके म झुण्डिएर मर्न तयार छु सम्म भन्या थिए । यतिबेला आएर प्रचण्डाउका लागि फेरि निमुखा जनताले बलिदान दिनुपर्छ भन्दै भट्याउँदै हिड्या छन् । अदालतले हिजो मानव सिकार गरेको आरोपमा प्रचण्डाउलाई गोर्खेलौरी ठोक्ने संकेत पाएसी आफू पनि त्यसैमा पिसिने त्रासले तिनको दिमागले काम गर्न छोड्या रे ।

जसपालाई गुए“लाको फूल
उपराष्ट्रपतिको दिउँसै सपना देखेर गठबन्धनभित्र छिरेका उपिन्दर जादवलाई मुख्य घटक काँग्रेसले नाकै टट्याउने गन्ध आउने गुएँलाको फूल सुघाइदेला जस्तो छ । कहिले एमालेसँग लगनगाँठो कस्ने, कहिले काँग्रेससँग हमिमुन मनाउने जादवले अब पाँच बर्ष गुएँलाको फूलको वास्ना लिएर बस्लान् जस्तो छ । संसद छिर्न नपाएको कुण्ठाले विचरालाई यतिबेला भतभती पोल्या छ । बाराका राम एकवाल यादवललाई उपराष्ट्रपतिमा थन्क्याउन पाए पुन ः हुने निर्वाचनमा जितेर संसद प्रवेश गरुम्ला भन्ने जादवको कत्रो धोको छ । तर काँग्रेसले तिनका साइंसदलाई उपराष्ट्रपतिमा सहयोग गर्ला जस्तो छैन । भुइँको टिप्न खोज्दा गोजीको पोखिएला जस्तो छ ।
फेरि वन जाने ध्वा“स
सत्ताको सिनो खाएर डम्म सुन्निएकाहरु फेरि वन जान्छम भनेर ध्वाँस पिटेको देख्दा घण्टाघरलाई कुरी कुरी लाग्न थाल्या छ । सत्ताको सिनो खाने बानी परेकाहरु वनमा हड्डी चुस्न सकसै पर्छ । सर्वोच्च अदालतमा मुद्दा परेदेखि कहिले हतियार उठाउँछम भनेर डाम्नाहरु ध्वाँस पिट्छन्, कहिले मुद्दा दायर गर्नेलाई ठेगान लगाइदिन्छम् भन्छन् । अबचाहिँ यिनका मालसिरी सिलोक बढी नै भयो । जनता जागेका दिन कहाँ जुठे कहाँ जुठेकी आमा हुन्छन् पत्तो छैन । यति बर्ष कहिले सिंहदरबार, कहिले कहाँ छिर्दा पनि पहिलाको वन मान्छेको स्वभाव परिवर्तन हुन सक्या छैन, अब हुँदा हुँदा हिजैको धङधङ्ती चल्न थालेछ । हतियार उठाउँछम रे । अब त यिनले आफ्नै हतियार उठाए त हो नि † त्यो पनि काँग्रेसले भरथेग गर्दियो भने । बात करता है ।
जता मल्खु उतै ढल्कु
मुलुकाँ राष्ट्रिय स्वतन्त्र पार्टीले केही गर्ला कि जस्तो घण्टाघरलाई लाग्या थियो । अहँ त्यो पनि बोराभित्रको कुहेकै आलुमा दरिएछ । एकपटक सत्ताको स्वाद पाएपछि छोड्न गाह«ै पर्छ । अब हेरम न एक पटक मुख बिटुलो बनाएको रास्वपा नयाँ गठबन्धनबाट मन्त्रीमा जान खुट्टा उचालेर बस्या छ । नयाँ गठबन्धनलाई विश्वास दिलाउन राष्ट्रपतिमा रामचन्द्रे बाजेलाई मतदान सम्म गर्न पुग्यो । हुन त नयाँ जोगीले अधिक खरानी घस्छ । रास्वपाले जता सरकार उतै लम्पसार पर्ने नीति लिएछ । बल्ल तल्ल अधिक खरानी धसेर चुनाव जित्या छन् । पाँच बर्षे जुनीमा मन्त्री पड्काउन नपाए नरककै बास हुने उसको ठम्याई छ ।
लिम्बुवान नदी राख्दिम
अघि राण मानिन पछि राणले जानिन बाघ लाग्यो घिस्याउन राण लागि चिच्याउन भनेजस्तै भा’छ पहिचानवादीहरुलाई प्रदेश नं.े १ को नाम । एउटा पहिचानवादीलाई किराँत चाहियो, अर्कोलाई लिम्बुवान चाहियो, अर्कोलाई लिम्बुवान, खम्बुवान चाहियो, पहिलादेखि नै सबैका थुतुनोले एउटै नाम भट्याइ द्या भए अहिलकोे काउँछो त व्यहोर्नु पर्ने थिएन । एकले अर्कोलाई देख्दा गुर्रर्र गर्ने, बोलचालै बन्द गर्नैै अनि फुइøयाँ हुन्छ । अब न्वारान भइसक्यो् । सडकमा उफ्रिएर छाती पिटेर लछारपाटो लाग्ला जस्तो छैन । बरु घण्टाघर पहिचानवादीहरुलाई सुझाउ दिन्छ कोशी नदीको नाम
फेरिएन । कोशी नदीको नाम लिम्बुवान नदी, किरात नदी, लिम्ुवान किरात नदी राख्देसी लण्ठै साफ । बरु यसतर्फ सहमति जुटाउने हो कि ? घण्टाघरको सुझाउमात्र हो माने मान नमाने लुतो न कन्याई ।
गठबन्धनका खटपटी
खप्रओको गाँठबन्धनबाट उछिटिएर बनको नयाँ गाँडबन्धन भित्र भाँडभैलो मच्चिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा गाँडबन्धनबाट तीनजना उमेद्वार भएसी भाँडमैलो बाहिरिएको हो । उपिन्दर जादवले रामसहाय जादव र प्रमिला जादवलाई मनोनयन गर्न लगाएको छ । सिके राउतले ममता झालाई उभ्याएको छ । अहिलेको गाँडबन्धनमा जसपा जनमत, लोसपा, सबै सामेल छन् । झालेमालेले अष्टलक्ष्मीलाई खडा गरेको छ । गाँडबन्धन भित्र सहमति नहुँदा तीन जना उमेद्वार भा’छन् । उपराष्ट्रपतिमा दह«ै मुकावला हाला जस्तो छ । हेरम कस्का खप्पराँ श्री लेखिएको छ ।
अन्तेमा
नेपालमा चैत वैसाख लागेसी बन्द हड्तालको सिजन शुरु हुन्छ । यस अघिका सबै परिवर्तन चैत्र वैसाखकै आन्दोलनहरुले ग¥या थे । यसपटकको बन्दमा दुर्गा प्रसाई पनि थपिएका छन् । बित्तिय सस्था, लघुवित्त विरुद्धको आन्दोलन गर्दै आ’का प्रसाईले यस पटक संघीयता खारेजी, हिन्दु धर्मको स्थापना, राजसस्थाको पुर्नवहालीका बुँदाहरु पनि थपेछन् । चैत्र १ देखि १९ गतेसम्म आम सभा र कोणसभा, चैत्र २४ गतेदखि अनिश्चितकालीन बन्दको घोषणा । क्या वात ! आखिरी दुर्गा प्रसाई न परे । कहिले प्रचण्डाउलाई मार्सी चामलको भात खिलाउँछन्, कहिले खप्रओलाई हजुरबुबा भन्दै अघिपछि गर्छन् । कहिले के गर्छन, कहिले के गर्छन । प्रसाईको बखान गर्न हजार जिब्रा भएका शेषनागले पनि नसक्ला जस्तो पो देखियो । कि कसो हौ ?
