मोरङ । मोरङको बिराटनगर महानगरपालिका– १६ दक्षिण गट्र स्थितबाट अवैध औषधी प्रहरीले बरामद गरेको छ । आइतबार बेलुका १२ बजे ईलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपाल भिœयाउँदै गरेको अवस्थामा मेमोफेन ३५ प्याकट्र, एक्यापाम ३५ प्याकट्र, डेक्सटोमिड ४ प्याकट्र, इरीपेग ५० इरिपट्र ५० एम्जीको १० पिस, डुभाडिलन १० पिस, स्टपेश २ प्याकट्र, वेभाक २ प्याकट्र र टारगोसिट १५ प्याकट्र औषधी प्रहरीले बरामद गरेको हो । बरामद भएका औषधि ३ लाख ९० हजार ७ सय ५२ रुपैया बराबरको रहेको औषधी ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
