पोखरीमा डुबेर बालकको मृत्यु

मोरङ, । मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । शुक्रबार दिउसो पथरी शनिश्चरे–५ का अनिश आचार्यको अढाई बर्षीय छोरा आईस आचार्यको खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।  पोखरीको डुबेको अवस्था फेला परेका आचार्यको अरनिको अस्पताल उर्लाबारी लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि एड्भान्स अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया