मुलुकको राजनीति अस्थिरतातर्फ उन्मुख

नेपालको राजनैतिक दलहरुको् सत्ता लोलुपताका कारण मुलुकको सम्पूर्ण संयन्त्र अस्थिरतातर्फ उन्मुख भएको छ । राजनीतिमा थोरै नैतिकतासम्म देखाउन नसक्ने, मुलुकको सार्वभौमिकता, अखण्डता, स्वाधीनताप्रति गैर जिम्मेवार दलहरुले परिवर्तन र व्यवस्थाप्रति नै आम नेपालीमा चरम घृणा पैदा गरिदिएका छन् । जब नागरिकमा आफूलाई परिवर्तनको सम्वाहक हौ भन्ने दलहरुप्रति चरम घृणा र असन्तोष पैदा हुन्छ त्यसबाट सिर्जित परिस्थिति कहिल्यै सुखद हुँदैन भन्ने दृष्टान्त विगतका घटनाक्रमले पुष्टि गरिसकेको छ ।
पछिल्लो पटक एउटा आलंकारिक राष्ट्रपतिको पदलाई लिएर जुन प्रकारको खेल भएको छ त्यो राजनैतिक झेल मात्र हो । राष्ट्रपति पद हत्याउनैका लागि परिस्थितिले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएको नेपाली काँग्रेसले निर्लज्जतापूर्वक प्रधानमन्त्रीलाई विश्वासको मत दियो । आफू बाहेक अरुलाई सत्ताको बागडोर सम्हाल्न नदिने काँग्रेसको स्वभाव राजनैतिक कलंक को । परिस्थितिले जुन जिम्मेवारी सुम्पन्छ त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ । प्रजातन्त्र पुर्नस्थापना भए पश्चात अधिकांश समय काँग्रेसले सत्ताको माड खाँदै आएको छ ।
लामो समय प्रधानमन्त्रीको कुर्सीमा आसिन भइरहने अस्थिर राजनीतिका पर्याय माओवादी केन्द्रका अध्यक्ष र काँग्रेस सभापतिले पौष १० गते अगाडिका दश दिनको समेत दरदर्शिता देख्न सकेनन् । मुलुकको बागडोर लिन आतुर एउटा राजनैतिक दलको नेतृत्ले दश बर्ष अगाडिको परिस्थितिको आंकलन गर्नुपथ्र्यो । तर त्यो ल्याकत यिनीहरुमा पटक्कै देखिएन । काँग्रेसले दिएको विश्वासको मतबाट माओवादी केन्द्रका अध्यक्ष ऋषि बन्न पुगे भने त्यही विश्वासको मतलाई भँजाएर काँग्रेसले सत्ता समीकरणको मार्ग प्रसस्त ग¥यो र गर्दैछ । राष्ट्रपतिमा एउटा सर्वसम्मत व्यक्तित्वलाई खडा गर्ने प्रधानमन्त्रीले भनेजस्तो काँग्रेसले अगाडि सारेका राष्ट्रपतिका प्रत्यासी सर्वसम्मत व्यक्तित्व हुँदै होइनन् । ससदमा रहेका सम्पूर्ण दल, स्वतन्त्र सांसदको मूल्यांकनमा ती उपयुक्त पात्र हुँदै होइनन् ।
राजनैतिक ठीक भएमा मुलुक अगाडि बढ्न सक्छ । तर गोलमालको, सत्ता लुछाचुँडीको, लाभको खेलो फड्को, नातावाद, भ्रष्टाचारले मुलुक अनिश्चयको भूमरीमा जाकिने निश्चित छ । महगाी, बेरोजगारी, अभावले नागरिकहरुले सार्वजनिक स्थानमै आत्महत्या गर्न थालेका छन्, आत्महत्याको बाटोतर्फ उन्मुख भएका छन् । वर्तमानको विकराल र भयंकर यावत समस्याको समयमै निराकरण गर्ने हो भने मलुकुल पनि ः परिर्वतनको दिशातर्फ आन्दोलित हुनेछ । अब हुने आन्दो्लनको मुख्य माग नै दलका नेताहरु हुनेछन् । हात्तीछाप चप्पल उधारो वा अरुको जडौरी लगाएर राजधानी छिरेकाहरुको जीवन शैलीमा आकाश जमिनको परिवर्तन रातारात आउँछ भने त्यसलाई अब आम नागरिकहरुले अब टुलुटुलु हेरेर बस्ने छैनन् । परिस्थिति सिर्जना हुनु अगावै त्यसको सही विश्लेषण गर्न नसके त्यसबाट उत्पन्न हुने घट्नाक्रम भयानक हुने निश्चित छ । समयमै चेतना भया ।

तपाईको प्रतिक्रिया