जनताको सम्पत्ति जोगाउन मेयर साम्पाङद्वारा प्राइम बैंकको खाता फुकुवा

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को प्राइम कमर्सियल बैंक लिमिटेडमा बन्द रहेको खाता आइतबार खोलिदिने निर्णय गर्नुभएको छ ।
बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका प्रबन्ध निर्देशक मानबहादुर विश्वकर्मा दियालीले धराने जनताको धितोमा राखेको ६६८३ ग्राम सुन प्राइम कमर्सियल बैंकमा धितोमा राखेको र बैंकले १५ दिनभित्रमा लिलामीको सूचना प्रकाशित गरेपछि जनताको सम्पत्ति जोगाउन आग्रह गरेपछि हाललाई प्राइम बैंकको खाता खालिदिने निर्णय गर्नुभएको थियो ।


बराह ज्वेलरीका प्रबन्ध निर्देशकले मेयर साम्पाङ्गलाई कार्यकक्षमा भेटी ग्राहकहरुले आफ्नो सुन आफै उकास्न लागेकोले जनताको सम्पत्ति जोगाइदिन मेयर साम्पाङ्गसँग आग्रह गर्नुभएको
थियो । सञ्चालक दियालीको आग्रह पश्चात मेयर साम्पाङले धेरै मानिसले सेभ गरेका रहेछन् । जनताको सुन राखेर ४ करोड ७७ लाख ऋण लिनुभएको रहेछ । लिलामीको सूचना समेत जारी भएको र जनताले बराहको अवस्थामा सहज भएपछि कानुनी प्रक्रियामा जाउँला हाललाई हामी आफै आफ्नो सुन निकालेर लैजान्छौ भन्नु भएकोले प्राइम बैंकको खातामात्र खोलिदिने मेयर साम्पाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो हामी जनप्रतिनिधि हौ, जनताले दुःख नपाउन भन्ने तर्फ हामी सचेत हुनुपर्छ । बैंकले प्राइम बैंकको खाता खोल्ने निर्णय गरेपछि खुशी व्यक्त गर्दै प्रबन्ध निर्देशक एवम् सञ्चालक मानबहादुर विश्वकर्मा दियालीले भन्नुभयो बराहको अवस्थामा सुधार भएपछि जनताको सम्पत्ति हामी दिने नै छौं । प्राइम कमर्सियल बैंकले माघ ५ गते ऋण असुली क्रममा धितोमा रहेको सुन तथा सुनका गरगहना लिलामी सम्बन्धी १५ दिने सार्वजनिक सूचना विश्वकर्माको नाममा प्रकाशित गरेको थियो । जसमा बैंकसँग गरेको शर्त तथा सम्झौता बमोजिम बुझाउनुपर्ने कर्जाको सावा, ब्याज, किस्ता, पेनल व्याज समेत तोकिएको म्यादभित्र बुझाउन ल्याउनु हुन पटक पटक मौखिक, लिखित तथा कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सार्वजनिक सूचना भदौै २७ गते पत्रिकामा प्रकाशित गरी जानकारी गराउँदा समेत आलटाल गरी बसेको हुँदा धितोमा रहेको सुन तथा सुनका गरगहना लिलामी बिक्री सम्बन्धी १५ दिने सार्वजनिक सूचना माघ ५ गते प्रकाशित गरेको थियो । सूचनामा तोकिएको दिनमा शिलबन्दी बोलपद्वारा धितोमा रहेको सुन तथा सुनका गरगहनाहरु लिलाम गरिने हुँदा आफू स्वयम् वा आफ्नो प्रतिनिधिमार्फत उपस्थित भई आफ्नो सम्पत्तिको सम्बन्धमा परेको बोलपत्र र मूल्य अवलोकन गर्न बैंकले सूचना प्रकाशित गरेको थियो ।

तपाईको प्रतिक्रिया