जमिन्दारलाई चुनौति दिदा चैट
मुलुकमा केही गर्र्न र मुलुकलाई केही गर्छु भन्नेहरुको यहाँ खैरियत छैन । मुलुकमा केही गर्छु भन्ने प्रेमप्रसाद आचार्यले ससद भवन अगाडि देशकै पर्धानमन्तरीको स्कर्टिङ्ग चल्दै गर्दा बीच सडकमा पेट्रोल खन्याएर प्राण त्यागे भने देशलाई केही गर्छु भन्ने रवि छामिछानेलाई अनागरिक घोषणा गरे । हाय मेरो देश † भ्रष्टाचार गर्दिन, सुशासन दिन्छु भन्दा यहाँ अनागरिक घोषित हुनुपर्र्छ । हुन त लामिछानेले पुरानो जमिन्दार पार्टीहरुलाई दह«ै चुनौति दिएका ्रथिए । जमिन्दार पार्टीहरुका मुखियाहरु हायल कायल भा’थे । के निउँ पाउँ कनिका बुक्याउँ भन्ने ताकमा जन्दिारका मुखियाहरु गौण ढुकेर बस्या थिए । भ्रष्टाचार गर्दिन, सुशासन दिन्छु भन्यो भने लामिछानेमात्र होइन अरु पनि चैट हुन्छन् । भ्रष्टाचार गरेर बर्षौदेखि हात चाट्दै आएका जमिन्दार पार्टीका मुखियाहरुले अन्तत ः लामिछानेको नागरिकताको प्वाँल फेला पारेछन् । त्यसपछि त सिद्धिगयो नि । लामिछाने पनि बुद्धु नै हुन् । दृष्टिविहीनहरुको बीचमा जाँदा दृष्टि भएकाले पनि दृष्टि नभएको नाटक गर्नुपर्छ, विकलांगको बीचमा जाँदा खुट्टा खोच्याउनुपर्छ । भ्रष्टाचार गर्छु,सुशासन दिन्छु भन्या भए विचराले ३२ दिनमै घरेलुमन्तरी छोड्नुपर्ने थिएन ।

सुजो रेणुको छानबिन होला ?
गिर्जाउपुत्री सुजो आच्या सुजाता जोष्ठ र प्रचण्डाउपुत्री रेणु दाहालको नागरिकता छानबिन होला कि नहोला भनेर यतिखेर सर्वत्र चर्चा चल्या छ । बात त ठीकै हो । रवि लामिछानेको नागरिकता छानबिन हुन्छ भने ती दुई महारानीको किन नहुने ? आखिरी कानुनले सबैलाई बराबरी अधिकार द्या छ क्यारे । तर घण्टाघरलाई ती दुई महारानीको नागरिकता छानबिन होला भनेर फुट्टीकौडी विश्वास छैन । बिरालाको घाँटीमा घण्टी बाध्ने आँट कसले गर्ला ? एउटी महारानी पूर्व पर्धानमन्तरीकी पुत्री परिन् अर्की महारानी बहालवाला पर्धानमन्तरीकी पुत्री परिन् । एउटी दक्षिणतिरकी पाण्डे थरकी जोइ हुन भने अर्की जर्मनतिरका जोष्ठकी । यता बाउहरु भूपू र वर्तमान जमिन्दार पार्टीका मुखिया । कसले छुने ती दुई महारानीलाई ? छुने भन्या त दायाँबायाँ आगेपिछे कोही नभएकबाहरुलाई पो त ? कि कसो हौ ?
संघीयताको विरोध नगर्न निर्देशन
अस्तिका दिन पर्धानमन्तरी प्रचण्डाउको मथिंगल खुब रन्ेके छ । हुन त उनको मथिंगल अरुबेला पनि रन्किने नै हो । अस्तिका दिन रन्कनुको कारणचाहिँ अर्कौ परेछ । कुरो के परेछ भने देशमा भएको संघीय संरचना खरोज हुनुपर्छ भनेर केही सांसदहरुले मन्त्रीहरुले संसदमा काइ काइँ गर्न थालेछन् । त्यसपछि उनको मथिंगल रन्क्या रै’छ । संघीयता खारेज हुनुपर्छ भन्नेहरुलाई कार्बाही गर्न थालेछन् । त्यसपछि उनको मथिंगल रन्क्या रै’छ । सघीयता खारेज हुनुपर्छ भन्नेहरुलाई कार्वाही गर्छु भनेर बुरुक बुरुक उफ्रेछन् । प्रचण्डाउ किन नउफ्रिउन आफ्ना नन्दीभृंगी, भुत पिसाचहरुलाई प्रदेशमा व्यवस्थापन गर्न पा’छन् । गरिब जन्ताले कर तिरिदिएकै छन्, कर तिर्नेहरुको हालत जेसुकै होस् । आगोमा झोसिएर मरुन कि, किलकिलेमा पासो लगाएर मरुन । त्यही करबाट उठेको पैसोले आफन्तलाई बुझो लगाउन पाएका छन् । अनि खारेज हुनुपर्छ भन्नेदेखि कन्पारो नतातेर अर्थोक के तात्छ त ?
क्या गजब
हाम्रो देशको सर्वोच्च अदालतले नि कहिलेकाँही गज्जब गर्छ । रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले हतार हतार मुद्दाको छिनोफानो गर्दिएछ । न्याये प्रणालीमा सुधार भा’को हो कि क्या हो ? यस भन्दा अगाडि माकुनेको १४ जना सांसदको बर्खास्तीको मुद्दामा लछारपाटो केही लगाएन, ललिता निवास लग्गा प्रकरणमा तै चूप मै चूप बस्यो । यस्ता मुद्धा त अदालतले हेर्नै भ्याएन । गृहमन्त्री रवि लामिछानेको मुद्धामाचाहिँ हतार हतार निर्णय गरेछ । घण्टाघरले केही बुझ्न सकेन । बुझ्नु पनि खै के बुझ्नु ? हुन त न्यायाधीशहरु कोही काँग्रेसले नियुक्ति ग¥या छन्, कोही एमालेले नियुक्ति ग¥या छन्, कोही माउवादीले नियुक्ति ग¥या छन् । अब रवि लामिछाने कसैको परेनन् । जे भयो ठीकै भयो । भोलिका दिनमा मुद्धा फैसला गर्न बर्षै नलाग्ने, हेर्दा हेदैमा नराख्ने कामको शरुवात भा’ हो कि ?
कोइरी कता ?
एमाले आच्या झालेमालेका सांसद लक्ष्मी कोइरी यतिबेला लापत्ता भएका छन् । विचरालाई पूर्व घरेलु मन्तरीले अँठ्याउन कम्ता जोरबल ग¥या हैन । जोर बल गर्ने विचरा अनागरिक भए । त्यसै हाम्रो देशलाई सतिले सराप्या छ भनेर भन्या होइन । राम्रो काम ग¥यो कि चिलिम । ती कोइरीलाई कस्ले अँठ्याउने ? प्रहरी नै सुइँक्याई दिएका कोइरी महत्वपूर्ण कार्जेक्रममा झुलुक्क झुल्कन्छन् फेरि बेपत्ता हुन्छन् । प्रकट हुनु र बिलाउनु कोइरीको नियति नै भा’छ । पर्धानमन्तरीको विश्वासको मत दिने दिन संसद भवनमा देखिएका थे । सबैले उनलाई देखे । देखेर क्यार्नु ? अँठ्याउने हुति कसैको भएन । तिन्लाई ठूलै छत्रछायाँ प्राप्त भा’छ रे । हुन त छत्रछायाँ बिनाका मान्छेहरुले प्रहरी नै सुइक्याई दिने हिम्म नै गर्दैनन् । फेरि यतिबेला कोइरी सत्ता पक्षेका सांसद परे । त्यसमाथि झालेमालेका अध्येक्षे खप्रओले कोइरीको थाप्लामा हात ्रराखिदिया छन् भन्छन् । खप्रओले नै हात राखिदिएसी’ कोइरीलाई अँठ्याउने हिम्मत चन्द्रको बाबु इन्द्रेको नि हुँदैन । कि कसो हौ ?
प्रचण्डको गन्ध सुघ्दै
देउवा–आरजु कम्पनीका थाँग्रेसहरुलाई यतिबेला अपानवायु समेत मगमगाउन थाल्या छ । राष्ट्रपतिको लोभमा उसले गन्धपुरी अपानवायुलाई समेत स्वाँक–स्वाँक वास्नादार सम्झेर पान गरिरहेको छ । पोइल गइसकेकी जोइको अपानवायुलाई देउवा–आरजु कम्पनीका थाँग्रेसहरुले पान गरेको यो नौलो होइन । पदका लागि यिनीहरु जस्तोसुकै अपानवायु पनि पान गर्न सक्छन् । आफैले सबै पद भिर्न खोज्दा प्रचण्डाउ पोइल हिडिदिए । प्रचण्डाउ हिडिदिएसी थाँग्रेस सुख्खा भयो । राज्येका महत्वपूर्ण मात्र होइन चप्रासीको पद समेत पाउन नसक्ने भएसी हार गुहार गर्दै, डाको छोडेर कम्पनीका मुखिया मुखिनी, तिनका अगुवा पछुवा, भान्से, धुपौरेहरुको दौडधूप चल्या छ । पाँच बर्ष प्रतिपक्षीमा बस्न सक्ने धैर्यता थाँग्रेसमा देखिदैन । जसरी भए नि प्रचण्डाउको त्यो अथि मोलेर भएपनि राष्ट्रपति पद फुत्काउन विचराहरु दौडिया छन् दौडिया छन् । लाजको पसारो । दुःख पाइस मंगले आफ्नै ढंगले भन्या यही हो ।
राष्ट्रपति दलको गन्ध….
अबको राष्ट्रपति दलको गन्ध नआउने खालको हुनुपर्छ रे । स्वाँठहरुको गफ सुन्दा नि कहिलेकाँही घण्टाघरको कन्सिरी त्यसै त्यसै तातिएर आउँछ । पहिला खप्रओको पछि दौडिएका अनि अहिले माकुनेको पछि हिड्ने रामनारायण विडारीले अस्तिका दिन ताइ न तुईको गफ हान्दिएछन्् । दलको गन्ध नआउने मान्छे नेपालमा को चाहिँ होला र ? दलको गन्ध नआउनेलाई राष्ट्रपति कस्ले बनाउँछ र ? हुन त बिडारी भन्या जहिल्यै नि फाउमा पद खाने मनुवा न परे । अहिले राष्««पतिका लागि घ्याक थापेर दौडधूप गर्ने नै थिएनन् । हुन त नमच्चिने पिङको सय झड्का त्यसै भन्या हो्इन । बिडारी आफै मगन्ते परे ।
अन्तेमा
सत्ता गठबन्धन झालेमाले र माउवादी बीचमा लफडा पर्ला पर्ला जस्तो छ । लफडा पर्नु स्वभाविक हो । यी दुई बीचमा यसभन्दा अगाडि पनि भयंकर लफडा परेकै हो । लफडाको प्रमुख कारणचाहिँ उही त हो भागबण्डा । पहिला पनि भागबण्डा नमिल्दा दुवै एक अर्कालाई सक्तो सराप गरेर छुटिदा अर्र्कैले भाग खाइदिएको थियो । यसपटक पनि त्यस्तै हुन्छ कि क्या हो । भाग खोज्ने विरालोको चालमा अर्के सल्बलाई रहेको छ । एकातिर राष्ट्रपति कस्लाई बनाउने भन्ने लफडा छ भने अर्कोतर्फ चितौन २ मा रिक्त भएको सांसदमा एक्ला एक्लै लड्ने कि साझा उमेद्वार बनाउने भन्ने कुरामा दन्त बझान शुरु भएको छ । एउटै जात धर्मको भए पनि दन्त बझान गर्न र कुस्ती खेल्न दुबै खप्पिस छन् ।
